बाइबलमा पाइने अनमोल धन | जकरिया १-८
“एक जना यहूदीको लुगा च्याप्प समात्नुहोस्”
विभिन्न भाषा बोल्ने जातिजातिका दस जना मानिसले एक जना यहूदीको लुगा च्याप्प समातेर यसो भने: “हामी तपाईंसितै जानेछौं।” यस अन्तको दिनमा अभिषिक्त ख्रीष्टियनहरूसँगै सबै जातिका मानिसहरू यहोवाको उपासना गर्न ओइरिरहेका छन्
अरू भेडाले के-कस्ता तरिकामा अभिषिक्त ख्रीष्टियनहरूलाई साथ दिइरहेका छन्?
तिनीहरू तनमनले प्रचारकार्यमा भाग लिइरहेका छन्
तिनीहरूले अनुदान दिएर तनमनले सहयोग गरिरहेका छन्