बाइबलमा पाइने अनमोल धन | प्रेषित ६-८
नयाँ ख्रिष्टियन मण्डलीको परीक्षा हुन्छ
भर्खरै बप्तिस्मा गरेका र यरुसलेममा आफूले योजना गरेभन्दा लामो समय बसेका ग्रीकभाषी विधवाहरूमाथि भेदभाव गरिँदै थियो। के यस्तो अन्यायले गर्दा तिनीहरूले ठेस खाए? वा यहोवाले समस्या सुल्झाउनुहुनेछ भन्ने आशा राख्दै धैर्य गरेर उहाँको बाटो हेरे?
स्तिफनसलाई ढुङ्गाले हानेर मारियो र यरुसलेममा भएका ख्रिष्टियनहरूको अत्यन्तै खेदो गरियो। त्यसैले त्यहाँका ख्रिष्टियनहरू यहुदिया र सामरियाभरि तितरबितर भए। तर के यस्तो अवस्थामा तिनीहरू प्रचारकार्यमा सेलाए?
यहोवाको मदतले गर्दा नयाँ ख्रिष्टियन मण्डलीले परीक्षाहरू सहन सक्यो र सङ्ख्यामा बढ्दै गयो।—प्रे ६:७; ८:४.
आफैलाई सोध्नुहोस्, ‘परीक्षाहरू आइपर्दा म कस्तो प्रतिक्रिया देखाउँछु?’