नोभेम्बर २६–डिसेम्बर २ को हप्ताको तालिका
प्रेषित ६-८
गीत १२४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“नयाँ ख्रिष्टियन मण्डलीको परीक्षा हुन्छ”: (१० मि.)
प्रे ६:१—मण्डलीमा ग्रीकभाषी विधवाहरूमाथि भेदभाव भइरहेको थियो (bt पृ. ४६-४७ अनु. १७)
प्रे ६:२-७—प्रेषितहरूले समस्या सुल्झाउन कदम चाले (bt पृ. ४७ अनु. १८)
प्रे ७:५८–८:१—मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
प्रे ६:१५—कुन अर्थमा स्तिफनसको अनुहार “स्वर्गदूतको जस्तै” थियो? (bt पृ. ५० अनु. २)
प्रे ८:२६-३०—फिलिपले गरेको प्रचारकार्य र आज ख्रिष्टियनहरूले गर्ने प्रचारकार्यबीच कस्ता समानताहरू छन्? (bt पृ. ६६ अनु. १६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रे ६:१-१५
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस् अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ३८ अनु. १६-१७
ख्रिष्टियन जीवन
“यहोवालाई भेटी चढाउनुहोस्”: (१५ मि.) एल्डरद्वारा छलफल। सुरुमा ‘यहोवालाई भेटी चढाउनुहोस्’ भन्ने भिडियो देखाउनुहोस्। गत सेवा वर्ष प्राप्त भएको अनुदानको लागि कृतज्ञता व्यक्त गर्दै शाखा कार्यालयले पठाएको पत्र पढ्नुहोस्। अनुदान दिँदा कस्ता फाइदाहरू हुन्छन्, बताउनुहोस्। मण्डलीको मासिक खर्च बताउनुहोस्। हामी कसरी अनुदान दिन सक्छौँ र ती अनुदानहरू कसरी प्रयोग गरिन्छ, छलफल गर्नुहोस्। उदारता देखाएकोमा मण्डलीको प्रशंसा गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १६ अनु. ९-१४, “सैतानको धुर्त्याइँदेखि होसियार!” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ६७ र प्रार्थना