बाइबलमा पाइने अनमोल धन | प्रस्थान १-३
“म जे बन्न चाहन्छु, त्यही बन्नेछु”
यहोवाले मोसालाई आफूबारे रोचक कुरा बताउनुभयो। उहाँ आफ्नो उद्देश्य पूरा गर्न आफ्नो सिद्ध स्तर नतोडीकन जे पनि बन्न सक्नुहुन्छ। मानव बुबाले छोराछोरीको ख्याल राख्न फरक-फरक भूमिका निर्वाह गरेझैँ उहाँ आफ्ना सेवकहरूको ख्याल राख्न जुनसुकै भूमिका निर्वाह गर्न सक्नुहुन्छ।
यहोवाले मेरो जीवनमा के-कस्तो भूमिका निर्वाह गर्नुभएको छ?