प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर पृ. ११
  • निराश भएकाहरूलाई यहोवाले बचाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निराश भएकाहरूलाई यहोवाले बचाउनुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • तपाईँ नकारात्मक भावनाहरू काबूमा राख्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • “परमेश्‍वरको नजिक जानु उत्तम छ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर पृ. ११

ख्रिष्टियन जीवन

निराश भएकाहरूलाई यहोवाले बचाउनुहुन्छ

हामी सबै कहिलेकाहीँ दुःखी हुन्छौँ। तर दुःखी हुनु भनेको आध्यात्मिक तवरमा कमजोर हुनु होइन। यहोवाले पनि आफू कहिलेकाहीँ दुःखी भएको कुरा बाइबलमा बताउनुभएको छ। (उत्प ६:​५, ६) तर हामी अक्सर दुःखी हुन्छौँ वा धेरैजसो समय नै दुःखी भइरहन्छौँ भने के गर्न सकिन्छ?

प्रार्थना गरेर यहोवासित मदत माग्नुहोस्‌। हाम्रो मानसिक र भावनात्मक स्वास्थ्यमा यहोवा ध्यान दिनुहुन्छ। हामी खुसी छौँ कि दुःखी, यहोवालाई थाह हुन्छ। अनि हामी जे सोच्छौँ र जस्तो महसुस गर्छौँ, त्यसको कारण पनि यहोवा बुझ्नुहुन्छ। (भज ७:९ख) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा हाम्रो ख्याल राख्नुहुन्छ अनि उहाँ हामीलाई निराशासित मात्र होइन, डिप्रेसनजस्तो समस्यासित जुझ्न पनि मदत गर्नुहुन्छ।—भज ३४:१८.

आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुहोस्‌। नकारात्मक भावनाहरूले हाम्रो आनन्द खोस्छ अनि यहोवासितको सम्बन्धमा पनि असर गर्छ। त्यसैले ह्रदयलाई अर्थात्‌ आफ्नो सोचाइ र भावनालाई सुरक्षित राख्ने प्रयास गर्नुपर्छ।—हित ४:२३.

हाम्रा दाजुभाइ दिदीबहिनी डिप्रेसनको बाबजुद कसरी शान्ति अनुभव गर्दै छन्‌? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • डिप्रेसनसित जुझ्न निक्कीले कस्ता व्यावहारिक कदमहरू चालिन्‌?

  • डाक्टरको मदत चाहिन्छ जस्तो निक्कीलाई किन लाग्यो?—मत्ति ९:१२

  • मदतको लागि निक्की कसरी यहोवामा भर परिन्‌?

“मानसिक सुस्वास्थ्य​—⁠तर कसरी?” शीर्षकको “प्रहरीधरहरा” सङ्‌ख्या १, २०२३

के तपाईँ प्रहरीधरहरा जनसंस्करण सङ्‌ख्या १, २०२३ बाट लाभ उठाउन सक्ने कसैलाई चिन्‍नुहुन्छ?

आफ्नो भावनात्मक स्वास्थ्यको ख्याल राख्न हामी कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौँ?

(तपाईँ कुन-कुन बानी सुधार्न चाहनुहुन्छ, त्यसमा चिन्ह लगाउनुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने