प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. २-३
  • जनवरी ६-१२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ६-१२
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. २-३

जनवरी ६-१२

भजन १२७–१३४

गीत १३४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. आमाबुबाहरू—आफ्नो बहुमूल्य सम्पत्तिको ख्याल राख्नुहोस्‌

(१० मि.)

आमाबुबाहरू, आफ्नो परिवारको ख्याल राख्न यहोवाको डोऱ्‍याइ खोज्नुहोस्‌ (भज १२७:१, २)

छोराछोरीहरू यहोवाले दिनुभएको विशेष उपहार हुन्‌ (भज १२७:३; w२१.०८ पृ. ५ अनु. ९)

प्रत्येक छोराछोरीलाई तिनको आवश्‍यकताअनुसार तालिम दिनुहोस्‌ (भज १२७:४; w१९.१२ पृ. २६ अनु. २०)

एक जना बुबाले “मेरो बाइबल पाठ” पुस्तिका चलाएर छोराछोरीलाई अध्ययन गराउँदै छन्‌। छोराछोरी चाहिँ प्रमोदवनमा हात्ती र गोरिल्लासित खेलेको कल्पना गर्दै छन्‌।

आमाबुबाहरूले यहोवामा भर पर्दै छोराछोरीको ख्याल राख्न सक्दो गर्दा यहोवा खुसी हुनुहुन्छ

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १२८:३—भजनरचयिताले किन छोराहरूलाई जैतुनका मुनाहरूसित तुलना गरे? (w०० ५/१५ पृ. २७ अनु. ३-५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १३२:१-१८ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ १ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। एक व्यक्‍तिले बाइबलको शिक्षासित मेल नखाने कुरा बताउँछन्‌। (lmd पाठ ५ बुँदा ४)

६. चेला बनाउनुहोस्‌

(५ मि.) lff पाठ १६ बुँदा ४-५। तपाईँ अर्को हप्ता बाहिर जानुपर्ने भएकोले त्यतिबेला अध्ययन गर्न सकिने प्रबन्धबारे विद्यार्थीलाई बताउनुहोस्‌। (lmd पाठ १० बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १३

७. आमाबुबाहरू—के तपाईँहरू यो प्रभावकारी सामग्री प्रयोग गर्दै हुनुहुन्छ?

(१५ मि.) छलफल।

यहोवाको सङ्‌गठनमा छोराछोरीलाई उहाँबारे सिकाउन मदत गर्ने थुप्रै स्रोत-सामग्री उपलब्ध छन्‌। तर छोराछोरीलाई सिकाउने सबैभन्दा प्रभावकारी तरिका तपाईँहरूकै असल उदाहरणद्वारा हो।—व्य ६:५-९.

येसुले चेलाहरूलाई यही प्रभावकारी तरिका अपनाएर सिकाउनुभयो।

युहन्‍ना १३:१३-१५ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • आफ्नो उदाहरणद्वारा सिकाउने येसुको तरिका तपाईँलाई किन प्रभावकारी थियो जस्तो लाग्छ?

तपाईँले गर्ने कामद्वारा तपाईँले भन्‍नुभएका कुराहरू किन फाइदाजनक छन्‌ भनेर छोराछोरीले बुझ्नेछन्‌। तपाईँले छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नुभयो भने तिनीहरूले तपाईँको कुरा सुन्‍नेछन्‌ र तपाईँप्रति आज्ञाकारी हुनेछन्‌।

चित्रहरूको सङ्‌गालो: “असल उदाहरण बसालेर छोरीहरूलाई सिकायौँ” भिडियोको दृश्‍यहरू। १. गार्सियास परिवार कारमा बसेर सभा जाँदै छन्‌। २. सभाबाट फर्केपछि पूरै परिवार टेबुल वरपर बसेर रमाइलो कुराकानी गर्दै खानेकुरा खाँदै छन्‌। ३. भाइ गार्सियास आफ्नो अध्ययनबाट समय निकालेर एक जना छोरीसित कुरा गर्दै हुनुहुन्छ। ४. गार्सियास दम्पती मिलेर एक जना छोरीलाई बाइबलबाटै जवाफ दिँदै छन्‌।

असल उदाहरण बसालेर छोरीहरूलाई सिकायौँ भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌:

  • गार्सियास दम्पत्तिले आफ्ना छोरीहरूलाई कस्ता महत्त्वपूर्ण पाठहरू सिकाए?

  • आफ्नो छोराछोरीको लागि राम्रो उदाहरण बसाल्ने सन्दर्भमा तपाईँले यस भिडियोबाट कस्तो प्रोत्साहन पाउनुभयो?

आफ्नो उदाहरणद्वारा छोराछोरीलाई सिकाउन सकिने कुराहरू:

  • मनोरञ्जन, रक्सी र सामाजिक सञ्जालको प्रयोगबारे सही निर्णय गर्न

  • आध्यात्मिक कुरालाई प्राथमिकता दिन

  • आफ्नो विवाहित जोडीलाई प्रेम र आदर गर्न

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २० अनु. १३-२०

समापन टिप्पणी (३ मि.) | गीत ७३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने