जनवरी १९-२५
यसैया २४–२७
गीत १५९ र प्रार्थना | परिचय (१ मि.)
१. “उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ!”
(१० मि.)
यहोवा हाम्रा परमेश्वरमा गर्व गर्ने हरकारण हामीसित छ (यसै २५:९; cl पृ. १५ अनु. २१)
उहाँले हामीलाई नयाँ संसारमा प्रशस्त खानेकुराका साथै थुप्रै असल कुरा दिने वाचा गर्नुभएको छ (यसै २५:६; w२४.१२ पृ. ७ अनु. १४)
उहाँले हामीलाई अनन्त जीवन दिनुहुनेछ (यसै २५:७, ८; w२५.०१ पृ. २८-२९ अनु. ११-१२)
आफैलाई सोध्नुहोस्: ‘यो हप्ता म कसलाई यहोवाका प्रतिज्ञाहरूबारे बताउन सक्छु?’
२. बहुमूल्य रत्न
(१० मि.)
यसै २४:२—नयाँ संसार अनुवाद-मा यस पदको लेखनशैली किन पुरानो अनुवादको भन्दा फरक छ? (w१५ १२/१५ पृ. १७ अनु. १-३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै २५:१-९ (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले कुरा गरिरहेको व्यक्तिलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस् र हाम्रो वेबसाइट jw.org बारे बताउनुहोस्। (lmd पाठ १ बुँदा ३)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस् पुस्तिकाको अतिरिक्त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्। (lmd पाठ ९ बुँदा ४)
६. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) प्रदर्शन। ijwbq लेख १६०—विषय: येसुलाई किन परमेश्वरको छोरा भनिएको हो? (th बुँदा ३)
गीत १४४
७. कुनै उपचार वा शल्यक्रिया गर्नुपर्ने अवस्थामा यहोवामा पूरा भरोसा गर्नुहोस्
(१५ मि.) छलफल।
यहोवामा “पूरै भर पर्नेहरूलाई” उहाँ जोगाउनुहुन्छ। (यसैया २६:३ पढ्नुहोस्।) स्वास्थ्य समस्याको सामना गर्नको लागि तयार रहन यहोवाले आफ्नो सङ्गठनमार्फत विभिन्न कुराहरूको प्रबन्ध मिलाउनुभएको छ। ती प्रबन्धहरूअनुसार चलेर हामी यहोवामा पूरा भर परेको देखाउन सक्छौँ।
के तपाईँ आकस्मिक स्वास्थ्य समस्याको सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
आकस्मिक स्वास्थ्य समस्याको सामना गर्न हामीलाई कुन तीन कुराले मदत गर्छ?
उपचारसम्बन्धी जानकारी भएका कागजातहरूलेa हामीलाई कसरी मदत गर्छ?
हामीले अस्पताल सम्पर्क समितिलाई कहिले खबर गर्नुपर्छ?
यहोवाले गर्नुभएका यी मायालु प्रबन्धहरू तपाईँलाई कस्तो लाग्छ?
यहोवाले यसैया २६:३ मा “निरन्तर शान्ति” दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको छ। तर यसको मतलब उहाँले हामीलाई सबै स्वास्थ्य समस्याबाट जोगाउनुहुनेछ भन्ने होइन। बरु आफ्नो सङ्गठनबाट मायालु प्रबन्धहरू गरिदिनुभएर हामीलाई गाह्रो अवस्थामा सुरक्षित र शान्त महसुस गर्न मदत गर्नुहुन्छ।
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ५४-५५
समापन टिप्पणी (३ मि.) | र प्रार्थना
a गर्भवती महिलाहरूको लागि जानकारी (S-401), शल्यक्रिया वा केमोथेरापी गराउनुपर्ने बिरामीहरूको लागि जानकारी (S-407), र छोराछोरीको उपचार गराउनुपर्ने आमाबुबाको लागि जानकारी (S-55)-जस्ता कागजातहरू आवश्यक परेमा एल्डरहरूसित माग्नुहोस्।