जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
अप्रिल ६-१२
बाइबलमा पाइने अनमोल धन | यसैया ५०–५१
परमेश्वरबाट सिक्नुभएको व्यक्तिको कुरा सुन्नुहोस्
cf-E पृ. १३३ अनु. १३
“म बुबालाई प्रेम गर्छु”
१३ पृथ्वीमा आउनुअघि येसुले यहोवाबाट थुप्रै कुराहरू सिक्नुभएको थियो। यसैया ५०:४-६ मा गरिएको भविष्यवाणीअनुसार यहोवाले येसुलाई मसीहको भूमिकाबारे विस्तृत रूपमा सिकाउनुभएको थियो। त्यतिबेला यहोवाले येसुलाई उहाँले भोग्नुपर्ने विभिन्न चुनौतीहरूबारे पनि बताउनुभयो। ती कुराहरूसमेत येसुले उत्सुक हुँदै सिक्नुभयो। पछि पृथ्वीमा आएर वयस्क हुनुभएपछि पनि येसुले उत्सुक भई यहोवाबाट सिकिरहनुभयो। उहाँ आफ्नो बुबाको घरमा जान र उहाँको उपासना गर्न सधैँ उत्सुक हुनुहुन्थ्यो। बाइबलमा बताइएअनुसार येसु नियमित रूपमा मन्दिरमा र सभाघरमा जानुहुन्थ्यो। (लुका ४:१६; १९:४७) हामी पनि यहोवाप्रतिको प्रेमलाई अझ प्रगाढ बनाउन चाहन्छौँ भने मण्डलीका सभाहरूमा नियमित रूपमा उपस्थित हुनुपर्छ। किनभने त्यहाँ हामी यहोवाको उपासना गर्न, उहाँबारे अझ धेरै सिक्न र उहाँप्रतिको कृतज्ञता बढाउन सक्छौँ।
अप्रिल २७–मे ३
बाइबलमा पाइने अनमोल धन | यसैया ५६–५७
यहोवाको सेवा गर्न पाएकोमा हामी खुसी छौँ
ip-2-E पृ. २६९ अनु. १४-१६
यहोवा कमजोरहरूलाई बल दिनुहुन्छ
१४ यहोवा परमेश्वरले लामो समयदेखि यहुदा राष्ट्रलाई धैर्य गरेर सहँदै आउनुभएको छ। तर निकट भविष्यमा उहाँले ल्याउनुहुने समयबारे उहाँ यसो भन्नुहुन्छ: “तिम्रो देखावटी धर्मकर्म र तिम्रो कामको म पर्दाफास गरिदिनेछु। तिम्रा ती कामहरूबाट तिमीलाई केही फाइदा हुनेछैन। तिमीले गुहार माग्दा तिमीले थुपारेका मूर्तिहरूले तिमीलाई बचाउनेछैनन्। बतासले ती सब उडाइदिन्छ, एकै सासले ती सबै उडेर जान्छ।” (यसैया ५७:१२, १३क) उहाँले यहुदा राष्ट्रको देखावटी धर्मकर्मको पर्दाफास गरिदिनुहुनेछ। ढोङ्गी भई तिनले गरेका कामहरूबाट तिनलाई केही फाइदा हुनेछैन। तिनले थुपारेका मूर्तिहरूले तिनलाई बचाउनेछैनन्। विपद् आइपर्दा तिनले भरोसा गरेका देवताहरू केवल एकै सासले उडेर जान्छन्।
१५ यहोवाको यो वचन ईसापूर्व ६०७ मा पूरा भयो। त्यतिबेला बेबिलोनका राजा नबुकद्नेजरले यरुसलेम विनाश गरे, त्यहाँको मन्दिर जलाए र धेरैजसो मानिसहरूलाई बन्दी बनाएर लगे। “यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।”—२ राजा २५:१-२१.
१६ त्यसैगरि चर्चजगत्ले थुपारेका मूर्तिहरूले तिनीहरूलाई यहोवाको क्रोधको दिनबाट बचाउनेछैन। (यसैया २:१९-२२; २ थिस्सलोनिकी १:६-१०) “महान् बेबिलोन” अर्थात् झूटो धर्मको विश्व साम्राज्यसँगसँगै चर्चजगत् पनि पूर्णतया नाश हुनेछ। प्रतीकात्मक चहकिलो रातो रङ्गको जङ्गली जनावर र त्यसका १० वटा सिङले महान् बेबिलोनलाई “घृणा गर्नेछन् र त्यसलाई उजाड र नाङ्गो पार्नेछन् अनि त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पार्नेछन्।” (प्रकाश १७:३, १६, १७) तर हामी भने निकै खुसी छौँ किनभने हामीले यो आज्ञा पालन गरेका छौँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।” (प्रकाश १८:४, ५) हामी कहिल्यै महान् बेबिलोनमा फर्केर नजाऔँ र त्यसका तौरतरिकाहरू नअपनाऔँ!