प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या १ पृ. १४-१५
  • प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या १ पृ. १४-१५

प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?

गम्भीर स्वास्थ्य समस्याको सामना गरेकी पामेलाले थुप्रै उपचारविधि अपनाइन्‌। गाह्रो अवस्थाको सामना गर्न तिनले ईश्‍वरसित बल पनि मागिन्‌। के प्रार्थनाले तिनलाई मदत गऱ्‍यो?

पामेला भन्छिन्‌, “क्यान्सरको उपचार गराउँदा एकदमै डर लाग्थ्यो। तर यहोवा परमेश्‍वरलाई प्रार्थना गरेपछि मन शान्त हुन्थ्यो र मेरो डर हट्‌थ्यो। अहिले पनि गाह्रो त हुन्छ तर प्रार्थनाले मलाई सहन मदत गर्छ। मानिसहरूले मेरो हालखबर सोध्दा म यसो भन्छु, ‘बिरामी त छु तैपनि म खुसी छु!’”

गम्भीर रोग लागेपछि वा अन्य समस्या आइपरेपछि मात्र प्रार्थना गर्नुपर्छ भन्‍ने छैन। हामी सबैले साना-ठूला चुनौतीहरूको सामना गर्छौँ र त्यसको सामना गर्न हामीलाई अक्सर मदत चाहिन्छ। त्यसोभए के प्रार्थनाले मदत गर्न सक्छ?

बाइबल यसो भन्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।” (भजन ५५:२२) कस्तो सान्त्वनादायी कुरा! त्यसोभए प्रार्थनाले कसरी तपाईँलाई मदत गर्न सक्छ? तपाईँले ईश्‍वरलाई उचित तरिकामा प्रार्थना गर्दा उहाँले तपाईँलाई चुनौतीहरूको सामना गर्न आवश्‍यक मदत दिनुहुनेछ।—“प्रार्थना गरेपछि तपाईँ के पाउन सक्नुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।

प्रार्थना गरेपछि तपाईँ के पाउन सक्नुहुन्छ?

मनोशान्ति

पहिला जागिर गुमाएका व्यवसायी मुस्कुराउँदै निर्धक्क भएर हिँड्‌दै छन्‌।

“आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। तब परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले ख्रिष्ट येसुद्वारा तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) आफ्नो मनको बह ईश्‍वरलाई पोखाउँदा उहाँले तपाईँलाई तनावमा पनि शान्त रहन र बुद्धिमानी कदम चाल्न मदत गर्नुहुनेछ।

बुद्धि

पहिला किताबबाट प्रार्थना दोहोऱ्‍याएकी स्त्री आफ्नै घरमा बाइबल पढ्‌दै छिन्‌।

“यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन दिनुहुन्छ।” (याकुब १:५) चिन्ताले सताउँदा हामी कहिलेकाहीँ गलत निर्णय गर्न पुग्छौँ। बुद्धिको लागि प्रार्थना गर्नुभयो भने ईश्‍वरले तपाईँलाई उहाँको वचन बाइबलबाट थुप्रै मदतकारी सिद्धान्त सम्झाउनुहुनेछ।

बल र सान्त्वना

पहिला अस्पतालमा भएको दम्पती अहिले सँगै पार्कमा हिँड्‌दै छ। पतिले बिस्तारै-बिस्तारै पत्निलाई लौरो टेकेर हिँड्‌न मदत गर्दै छन्‌।

“किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलिप्पी ४:१३) यहोवा सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुभएकोले उहाँले तपाईँलाई चुनौतीहरूको सामना गर्न वा परीक्षाहरू सहन आवश्‍यक बल दिन सक्नुहुन्छ। (यसैया ४०:२९) बाइबलमा यहोवालाई “सबै सान्त्वनाका परमेश्‍वर” पनि भनिएको छ। उहाँले “हाम्रा सबै परीक्षामा” सान्त्वना दिन सक्नुहुन्छ।—२ कोरिन्थी १:३, ४.

के तपाईँ प्रार्थनाबाट मदत पाउन चाहनुहुन्छ?

यहोवा तपाईँलाई प्रार्थना गर्न पक्कै पनि कर गर्नुहुन्‍न। बरु उहाँ मायालुपूर्वक त्यसो गर्न आग्रह गर्नुहुन्छ। (यर्मिया २९:११, १२) तर विगतमा आफूले गरेका प्रार्थनाहरूको जवाफ नपाएको जस्तो तपाईँलाई लाग्छ भने नि? हरेस नखानुहोस्‌। मायालु आमाबुबाले छोराछोरीलाई उनीहरूले चाहेकै तरिका वा समयमा मदत नगर्न पनि सक्छन्‌। सायद आमाबुबासित अझ राम्रो उपाय हुन सक्छ। तर एउटा कुरा भने पक्का छ: मायालु आमाबुबाले छोराछोरीलाई पक्कै मदत गर्छन्‌।

यहोवा परमेश्‍वर सबैभन्दा मायालु बुबा हुनुहुन्छ र उहाँ तपाईँलाई पनि मदत गर्न चाहनुहुन्छ। यस अङ्‌कमा छलफल गरिएका बाइबलका सल्लाहहरू होसियारीपूर्वक विचार गर्नुभयो र ती लागू गर्नुभयो भने ईश्‍वरले सबैभन्दा उत्तम तरिकामा तपाईँका प्रार्थनाहरूको जवाफ दिनुहुनेछ!—भजन ३४:१५; मत्ति ७:७-११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने