प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या २ पृ. १०-१२
  • नयाँ संसारमा जीवन बिताउन तपाईँ के गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ संसारमा जीवन बिताउन तपाईँ के गर्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरलाई ‘चिन्‍नुहोस्‌’ र जोगिनुहोस्‌
  • बाइबल दिनहुँ पढ्‌नुहोस्‌
  • मदतको लागि ईश्‍वरलाई प्रार्थना गर्नुहोस्‌
  • साँचो ईश्‍वरले के गर्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • तपाईँ कसरी सधैँभरि बाँच्न सक्नुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरको शान्तिमय नयाँ संसार​—⁠तिमी त्यहाँ बाँच्न सक्छौ
    महान्‌ शिक्षकबाट सिकौं
  • के अनन्त जीवन साँच्चै सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या २ पृ. १०-१२

नयाँ संसारमा जीवन बिताउन तपाईँ के गर्न सक्नुहुन्छ?

यसअघिका लेखहरूबाट ईश्‍वरले चाँडै यस दुष्ट संसार र यसमा भएका सबै समस्यालाई अन्त गर्नुहुनेछ भनेर बुझ्यौँ। यी सबै हुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। किन? किनभने परमेश्‍वरको वचन बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ:

“संसार बितेर जाँदै छ।”—१ युहन्‍ना २:१७.

यस संसारको विनाश हुँदा जोगिनेहरू पनि हुनेछन्‌ भनेर हामी पक्का हुन सक्छौँ किनभने माथि उल्लेख गरिएको बाइबल पदमा यस्तो प्रतिज्ञा पनि गरिएको छ:

“जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैँभरि रहिरहन्छ।”

त्यसैले बच्न चाहन्छौँ भने हामीले परमेश्‍वरको इच्छाअनुसार गर्नै पर्छ। उहाँको इच्छा के हो भनेर बुझ्न हामीले पहिला उहाँलाई चिन्‍नुपर्छ।

ईश्‍वरलाई ‘चिन्‍नुहोस्‌’ र जोगिनुहोस्‌

तस्बिरहरूको सँगालो: १. एउटी थकित र निराश नर्स अस्पतालको भूँइमा बस्छिन्‌। २. क्यानटिनमा आराम गरिरहेकी बेला उनले आफ्नो एक सहकर्मी मुस्कुराउँदै पत्रिका पढिरहेकी याद गर्छिन्‌। ३. ती सहकर्मीले उनलाई बाइबलबाट एउटा पद पढेर सुनाउँछिन्‌ र jw.org कार्ड दिन्छिन्‌।

येसुले यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई . . . चिन्‍नुपर्छ।” (युहन्‍ना १७:३) संसारको विनाश हुँदा जोगिन र सधैँभरि बाँच्न हामीले ईश्‍वरलाई “चिन्‍नुपर्छ।” उहाँलाई चिन्‍नु भनेको ईश्‍वरको अस्तित्व छ भनेर मानिलिनु अनि उहाँबारे एउटा-दुइटा कुरा थाह पाउनु मात्र होइन। हामीले उहाँसित मित्रता गाँस्नुपर्छ। कोही व्यक्‍तिसितको मित्रतालाई बलियो बनाउन चाहन्छौँ भने हामीले तिनीसित समय बिताउनुपर्छ। ईश्‍वरसितको मित्रताको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। आउनुहोस्‌, बाइबलबाट केही महत्त्वपूर्ण सत्य विचार गरौँ, जसले हामीलाई ईश्‍वरसित मित्रता विकास गर्न र त्यसलाई कायम राख्न मदत गर्नेछ।

बाइबलमा पाइने सत्यहरू

घर पुगेर ती नर्स jw.org वेबसाइट हेर्दै छिन्‌।

हामीले सुन्दर पृथ्वीमा जीवन बिताएको ईश्‍वर चाहनुहुन्थ्यो।

उहाँले प्रथम मानव दम्पती आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूलाई अदनको बगैँचा भनिने सुन्दरमा ठाउँमा राख्नुभयो। तिनीहरू त्रुटिरहित थिए र उहाँले तिनीहरूलाई सुखी जीवन बिताउन आवश्‍यक सबै कुरा दिनुभयो। तिनीहरू सधैँभरि बाँच्न सक्थे। ईश्‍वरसितको मित्रता कायम राखिरहेसम्म तिनीहरू कहिल्यै मर्ने थिएनन्‌। तर तिनीहरू ईश्‍वरले दिनुभएको एउटा साधारण आज्ञा समेत पालन गर्नदेखि चुके।

हामीले अहिले दुःख भोगिरहनुपरेको कारण।

ईश्‍वरको आज्ञा पालन नगरेर प्रथम पुरुष आदमले सधैँभरि बाँच्ने मौका गुमाए। अनि तिनको त्यस छनौटले गर्दा सारा मानिसजातिले पनि त्यो मौका गुमायो। बाइबल यसो भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो।” (रोमी ५:१२) कुनै मानिसले आफ्नो आमाबुबाबाट जन्मजात कुनै खोट पाएजस्तै आदमको सबै सन्तान पनि जन्मजात त्रुटिपूर्ण भए। फलस्वरूप हामी बूढाबूढी हुन्छौँ र मर्छौँ।

हामीलाई मदत गर्न ईश्‍वरले कदम चालिसक्नुभएको छ।

बाइबल यसो भन्छ: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युहन्‍ना ३:१६) हामीले जीवन पाओस्‌ भनेर ईश्‍वरले येसुलाई पृथ्वीमा आफ्नो जीवन दिन पठाउनुभयो। यस्तो प्रेमबारे भारतको ८६ वर्षीय प्रभाकर यसो भन्छन्‌: “यसबाट यहोवाa मलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर प्रस्ट हुन्छ। उहाँले देखाउनुभएको प्रेमले गर्दा मैले अनन्त जीवनको आशा पाउन सकेको छु।”

ईश्‍वरले हाम्रो लागि जे-जति गर्नुभयो, त्यसको लागि कृतज्ञता देखाउन सक्छौँ।

‘उहाँका आज्ञाहरू पालन गरेर’ उहाँले हाम्रो लागि जे-जति गर्नुभयो, त्यसको लागि कृतज्ञता देखाउन सक्छौँ भनेर बाइबलमा बताइएको छ। (१ युहन्‍ना २:३) अहिले हामी कसरी आनन्दित जीवन बिताउन सक्छौँ भनेर यहोवाले मायालुपूर्वक बताउनुभएको छ। (यसैया ४८:१७, १८) ईश्‍वर हामीले दुःख भोगेको चाहनुहुन्‍न। हामीले उहाँका आज्ञाहरू पालन गऱ्‍यौँ भने अहिले आनन्दित जीवन बिताउन सक्ने मात्र नभई भविष्यमा सधैँभरि बाँच्ने मौका पनि पाउनेछौँ भनेर उहाँ प्रतिज्ञा गर्नुहुन्छ।

बाइबल दिनहुँ पढ्‌नुहोस्‌

ती नर्स खाजा खाने समयमा बाइबल पढ्‌दै स्वर्गतिर हेर्दै छिन्‌।

मदतको लागि ईश्‍वरलाई प्रार्थना गरेर र उहाँको इच्छाअनुसार जीवन बिताएर तपाईँ यस संसारको विनाश हुँदा जोगिन सक्नुहुन्छ

जिउनको लागि हामी हरेक दिन खानेकुरा खान्छौँ। येसुले यसो भन्‍नुभयो: “मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।”—मत्ति ४:४.

ईश्‍वरले भन्‍नुभएका कुराहरू बाइबलका पानाहरूमा पाइन्छन्‌। यो पवित्र किताब पढ्‌नुहुँदा ईश्‍वरले हाम्रो लागि विगतमा के गर्नुभयो, अहिले के गर्दै हुनुहुन्छ र भविष्यमा के गर्नुहुनेछ भनेर थाह पाउन सक्नुहुन्छ।

मदतको लागि ईश्‍वरलाई प्रार्थना गर्नुहोस्‌

तपाईँ ईश्‍वरको निर्देशनअनुसार जीवन बिताउन चाहनुहुन्छ तर उहाँले खराब भन्‍नुभएका कुराहरू छोड्‌न गाह्रो भइरहेको छ भने के गर्न सक्नुहुन्छ? तपाईँले ईश्‍वरलाई साँच्चै राम्ररी चिन्‍नुभएको छ भने यस्तो अवस्थामा मदत पाउन सक्नुहुन्छ।

साकुरा नाम गरेकी एक बहिनीको अनुभव विचार गर्नुहोस्‌। उनी अनैतिक जीवन बिताउँथिन्‌। बाइबल अध्ययन गर्न थालेपछि उनले “अवैध यौनसम्बन्धदेखि भाग” भन्‍ने ईश्‍वरको आज्ञाबारे थाह पाइन्‌। (१ कोरिन्थी ६:१८) साकुराले बलको लागि ईश्‍वरलाई प्रार्थना गरिन्‌ र यस खराब आचरणबाट मुक्‍त हुन सकिन्‌। तर उनी अझै पनि प्रलोभनहरूसित सङ्‌घर्ष गर्छिन्‌। उनी भन्छिन्‌: “अनैतिक विचारहरूले सताउन थाल्यो भने म यहोवालाई सबै कुरा पोखाउँछु किनकि म यो सङ्‌घर्ष आफ्नै बलमा जित्न सक्दिनँ। प्रार्थनाले गर्दा म यहोवासित अझ नजिक हुन सकेकी छु।” साकुराले जस्तै अरू लाखौँ मानिसले ईश्‍वरलाई चिन्‍न सकेका छन्‌। आफ्नो जीवनमा परिवर्तन गर्न र उहाँको इच्छाअनुसार जीवन बिताउन ईश्‍वर तिनीहरूलाई बल दिनुहुन्छ।—फिलिप्पी ४:१३.

तपाईँ ईश्‍वरलाई जति राम्ररी चिन्‍नुहुन्छ, उहाँले तपाईँलाई पनि त्यति नै घनिष्ठ साथीको रूपमा ‘चिन्‍नुहुनेछ।’ (गलाती ४:९; भजन २५:१४) त्यसपछि तपाईँ ईश्‍वरले ल्याउनुहुने नयाँ संसारको लागि योग्य हुनुहुनेछ। तर नयाँ संसार कस्तो हुनेछ? यसबारे यसपछिको लेखमा छलफल गरिनेछ।

a यहोवा बाइबलमा उल्लेख गरिएको ईश्‍वरको नाम हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने