प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या ३ पृ. १५
  • तपाईँ कस्तो भविष्य चाहनुहुन्छ, आफै रोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कस्तो भविष्य चाहनुहुन्छ, आफै रोज्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी कसरी यहोवा परमेश्‍वरको कुरा सुन्‍न र उहाँलाई प्रेम गर्न सक्छौँ?
  • तपाईँको भविष्य, तपाईँकै रोजाइ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • “नम्रहरूले देश अधिकार गर्नेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या ३ पृ. १५
क्याफेमा एक पुरुष आफ्नो साथीलाई स्मार्टफोनमा केही देखाउँदै छन्‌।

तपाईँ कस्तो भविष्य चाहनुहुन्छ, आफै रोज्नुहोस्‌

लगभग ३,५०० वर्षअघि यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूलाई भविष्य उज्ज्वल बनाउन के गर्नुपर्छ भनेर बताउनुभयो। उहाँले भन्‍नुभयो: “आज म तिमीहरूसामु एउटा छनौट राख्दै छु: तिमीहरू कि त जीवन र आशिष्‌ रोज कि मृत्यु र सराप। . . . तिमीहरूले जीवनै रोज, तब तिमीहरू र तिमीहरूका सन्तान जीवित रहनेछौ।”—व्यवस्था ३०:१९.

तिनीहरूले आफ्नो भविष्य उज्ज्वल बनाउन सही छनौट गर्नुपर्थ्यो। आज हामीसामु पनि छनौट गर्ने मौका छ। हामी कसरी सही छनौट गर्न सक्छौँ भनेर बाइबलमा यसरी बताइएको छ: ‘तिमीहरूले यहोवा परमेश्‍वरको कुरा सुन्‍नू र उहाँलाई प्रेम गरिरहनू।’—व्यवस्था ३०:२०.

हामी कसरी यहोवा परमेश्‍वरको कुरा सुन्‍न र उहाँलाई प्रेम गर्न सक्छौँ?

बाइबलबाट सिक्नुहोस्‌: यहोवा परमेश्‍वरलाई प्रेम गर्न सुरुमा तपाईँले उहाँबारे सिक्नुपर्छ। उहाँबारे सिक्दै जाँदा उहाँ मायालु परमेश्‍वर हुनुहुन्छ र तपाईँको सर्वोत्तम हित चाहनुहुन्छ भनेर थाह पाउनुहुनेछ। उहाँ तपाईँलाई प्रार्थना गर्न पनि आग्रह गर्नुहुन्छ ‘किनकि उहाँले तपाईँको ख्याल राख्नुहुन्छ।’ (१ पत्रुस ५:७) उहाँसित नजिक हुने प्रयास गर्नुभयो भने उहाँ पनि तपाईँसित “नजिक हुनुहुनेछ।”—याकुब ४:८.

सिकेको कुरा लागू गर्नुहोस्‌: परमेश्‍वरको कुरा सुन्‍नु भनेको उहाँले बाइबलमा दिनुभएको सल्लाहअनुसार जीवन बिताउनु हो। त्यसो गर्नुभयो भने तपाईँ ‘सफल हुनुहुनेछ र बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नुहुनेछ।’—यहोसु १:८.

थप जानकारी पाउन हाम्रो वेबसाइट jw.org/ne हेर्नुहोस्‌। यस वेबसाइटमा तपाईँ बाइबल अनलाइन पढ्‌न सक्नुहुन्छ, अनलाइन बाइबल अध्ययन कोर्स लिन सक्नुहुन्छa वा कुनै एक जना यहोवाको साक्षीसित बाइबलबारे छलफल गर्न अनुरोध पठाउन सक्नुहुन्छ।

भविष्य उज्ज्वल बनाउन अहिल्यै सही छनौट गर्नुहोस्‌!

a चिनियाँ र अङ्‌ग्रेजीलगायत विभिन्‍न भाषामा उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने