प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 फेब्रुअरी पृ. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • उहाँ हाम्रो सीमितताप्रति विचारशील हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • स्थानान्तरणका रहस्यहरू केलाउँदै
    ब्यूँझनुहोस्‌!—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 फेब्रुअरी पृ. ३१

के तपाईँलाई थाह थियो?

भेटीको रूपमा किन ढुकुर वा परेवामध्ये जुन पनि चढाउन सकिन्थ्यो?

व्यवस्थाअनुसार यहोवालाई भेटीको रूपमा ढुकुर वा परेवामध्ये जुन पनि चढाउन सकिन्थ्यो। व्यवस्थामा भेटीसम्बन्धी नियमहरू दिइँदा यी दुवै चरा सँगसँगै उल्लेख गरिएका छन्‌ र एउटाको सट्टामा अर्को चढाउन मिल्थ्यो। (लेवी १:१४; १२:८; १४:३०) यस्तो प्रबन्ध किन गरियो? एउटा कारण हो, ढुकुर सजिलै पाइँदैनथ्यो।

ढुकुर

ढुकुरहरू भनेको बसाइँ सर्ने चराहरू हुन्‌। गर्मी महिनाहरूमा ती चराहरू इजरायलभरि जहाँ पनि पाइन्छ। तर हरेक वर्ष अक्टोबर महिनामा ती चराहरू दक्षिणतिर न्यानो ठाउँहरूमा जान्छन्‌ र वसन्त ऋतुमा मात्र इजरायलमा फर्कन्छन्‌। (श्रेष्ठ. २:११, १२; यर्मि. ८:७) त्यसैले पुरातन इस्राएलमा जाडो महिनाहरूमा भेटी चढाउनको लागि ढुकुर भेट्टाउन गाह्रो हुन्थ्यो।

परेवा

अर्कोतर्फ परेवाहरू भने बसाइँ सर्ने चराहरू होइनन्‌। त्यसैले ती चराहरू इस्राएलमा वर्षभरि नै पाइन्थे। त्यति मात्र होइन, परेवाहरू घरपालुवा हुन्छन्‌। (युहन्‍ना २:१४, १६ तुलना गर्नुहोस्‌।) बाइबलका बोटबिरुवा तथा जनावरहरू (अङ्‌ग्रेजी) भन्‍ने किताबअनुसार “प्यालेस्टाइनका सबैजसो गाउँ र सहरहरूमा घरपालुवा परेवाहरू हुन्थे अनि प्रत्येक घरधनीले परेवाहरू बस्नको लागि आफ्नो घरको भित्तामा प्वालहरू बनाउँथे।”—यसैया ६०:८ तुलना गर्नुहोस्‌।

प्वालमा बसिरहेको परेवा

यसरी यहोवाले इस्राएलमा वर्षभरि नै पाइने चराहरू भेटीको रूपमा स्विकार्नुभएर आफू मायालु र व्यावहारिक छु भन्‍ने कुरा देखाउनुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने