प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 नोभेम्बर पृ. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • मोर्दकै र एस्तर
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • एस्तर विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • एस्तरको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 नोभेम्बर पृ. ३१

के तपाईँलाई थाह थियो?

के मोर्दकै वास्तविक व्यक्‍ति थिए?

बाइबलको एस्तरको किताबमा उल्लेख गरिएका घटनाहरूमा मोर्दकै नाम गरेका यहुदीले महत्त्वपूर्ण भूमिका खेलेका छन्‌। तिनी निर्वासित यहुदी थिए। ईसापूर्व पाँचौँ शताब्दीको सुरुतिर “राजा आहासुरसको शासनकालमा” तिनी फारसी दरबारमा काम गर्थे। (यी राजा जारसेज प्रथम हुन्‌ भन्‍ने मान्यता छ।) राजालाई मार्ने षड्यन्त्रको मोर्दकैले पर्दाफास गरिदिए। तिनीप्रति आभारी हुँदै राजाले तिनलाई सबै प्रजासामु सम्मान दिए। मोर्दकै र यहुदीहरूका शत्रु हामानको मृत्युपछि राजाले मोर्दकैलाई बढुवा गरेर प्रधानमन्त्रीको पदमा नियुक्‍त गरे। त्यसपछि मोर्दकैले फारसी साम्राज्यमा यहुदीहरूको जातीयसंहार हुनदेखि रोक्ने उर्दी जारी गर्न सके।—एस्त. १:१; २:५, २१-२३; ८:१, २; ९:१६.

बीसौँ शताब्दीको सुरुतिरका केही इतिहासकारले एस्तरको किताबमा उल्लिखित घटनाहरू काल्पनिक हुन्‌ र मोर्दकै कहिल्यै अस्तित्वमा थिएनन्‌ भनेर दाबी गरे। तर १९४१ मा पुरातत्त्वविद्‌हरूले मोर्दकैबारे बाइबलमा उल्लेख गरिएको विवरण सत्य हो भनेर प्रमाणित गर्न सकिने केही कुरा भेट्टाए। त्यो के थियो?

अनुसन्धानकर्ताहरूले मार्डुका (नेपालीमा मोर्दकै) नाम भएको एउटा फारसी कीलाक्षर लेखोट भेट्टाए। तिनी सुसनको राजमहलमा एक जना प्रशासक, सम्भवतः लेखापालको रूपमा काम गर्थे। पूर्वी एसियाली इतिहासका विज्ञ अर्थर अन्‍नादका अनुसार “बाइबलमा बाहेक मोर्दकैको नाम उल्लेख गरिएको” यही कीलाक्षरमा मात्र हो।

अन्‍नादको रिपोर्टपछि विज्ञहरूले अरू हजारौँ फारसी कीलाक्षर लेखोटहरू अनुवाद गरेका छन्‌। तीमध्ये केही लेखोट पर्सेपोलिस सहरको पर्खालनजिकै भएको ढुकुटीको भग्नावशेषमा भेटिएका थिए। ती लेखोटहरू राजा जारसेज प्रथमको शासनकालका थिए। एलामी भाषामा लेखिएका ती लेखोटहरूमा एस्तरको किताबमा पाइने थुप्रै नाम उल्लेख गरिएको छ।a

फारसी कीलाक्षर लेखोटमा मोर्दकैको (मार्डुका) नाम

केही पर्सेपोलिस लेखोटमा मार्डुका नाम उल्लेख गरिएको छ, जो राजा जारसेज प्रथमको शासनकालमा सुसनको राजमहलमा सचिवको काम गर्थे। एउटा लेखोटमा मार्डुका-लाई अनुवादक भनिएको छ। त्यो जानकारी मोर्दकैबारे बाइबलमा पाइने विवरणसित मेल खान्छ। तिनी राजा आहासुरसको (जारसेज प्रथम) राजमहलमा अफिसरको रूपमा काम गर्थे र तिनी कम्तीमा दुई वटा भाषा बोल्न सक्थे। मोर्दकै हरेक दिन सुसनको राजमहलको ढोकामा बस्थे। (एस्त. २:१९, २१; ३:३) यो ढोका वास्तवमा एउटा ठूलो भवन थियो, जहाँ राजमहलका अधिकारीहरू काम गर्थे।

लेखोटहरूमा उल्लेख गरिएको मार्डुका र बाइबलमा उल्लेख गरिएको मोर्दकैबीच रोचक समानताहरू छन्‌। तिनीहरू एउटै समय र ठाउँका थिए अनि तिनीहरूको ओहदा र काम गर्ने ठाउँ पनि एउटै थियो। यी समानताहरू विचार गर्दा मार्डुका र एस्तरको किताबमा उल्लेख गरिएको मोर्दकै एउटै व्यक्‍ति हुन्‌ जस्तो देखिन्छ।

a सन्‌ १९९२ मा प्राध्यापक एड्‌विन एम. यामाउचीले पर्सेपोलिस लेखोटहरूबाट १० वटा नाम प्रकाशित गरे, जुन नामहरू एस्तरको किताबमा पनि पाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने