प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 डिसेम्बर p. ३०
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • वफादार स्वर्गदूतहरूको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 डिसेम्बर p. ३०

पाठकहरूको प्रश्‍न

पहिलो तिमोथि ५:२१ मा उल्लेख गरिएका “चुनिएका स्वर्गदूतहरू” को हुन्‌?

प्रेषित पावलले सङ्‌गी एल्डर तिमोथिलाई यस्तो लेखे: “परमेश्‍वर, ख्रिष्ट येसु र चुनिएका स्वर्गदूतहरूसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु कि यी निर्देशनहरू कुनै पूर्वाग्रह नराखी वा पक्षपात नगरी पालन गर्नू।” (१ तिमो. ५:२१) यी “चुनिएका स्वर्गदूतहरू” को हुन्‌?

सुरुमा तिनीहरू को होइनन्‌, त्यो विचार गरौँ। तिनीहरू १ लाख ४४ हजार अभिषिक्‍त जनहरू होइनन्‌। किनभने पावलले तिमोथिलाई पत्र लेखेको समयमा अभिषिक्‍त जनहरूलाई स्वर्गमा फेरि जीवित पार्ने काम सुरु भइसकेको थिएन। प्रेषितहरू र अरू अभिषिक्‍त जनहरू अदृश्‍य व्यक्‍ति भइसकेका थिएनन्‌। त्यसैले तिनीहरू “चुनिएका स्वर्गदूतहरू” हुन सक्दैन।—१ कोरि. १५:५०-५४; १ थिस्स. ४:१३-१७; १ युह. ३:२.

“चुनिएका स्वर्गदूतहरू” नुहको समयमा यहोवाको विद्रोह गरेका स्वर्गदूतहरू पनि होइनन्‌। ती दुष्ट स्वर्गदूतहरूले सैतानलाई साथ दिए र प्रेतहरू बने। यसरी तिनीहरूले आफूलाई येसुको शत्रु बनाए। (उत्प. ६:२; लुका ८:३०, ३१; २ पत्रु. २:४) भविष्यमा तिनीहरूलाई एक हजार वर्षको लागि अगाध खाडलमा बाँधेर राखिनेछ र पछि सैतानसँगसँगै तिनीहरूलाई पनि नाश गरिनेछ।—यहु. ६; प्रका. २०:१-३, १०.

पहिलो तिमोथि ५:२१ मा ‘परमेश्‍वर र ख्रिष्ट येसुबारे’ उल्लेख गरिएको छ। त्यसैले पावलले सोही पदमा बताएको “चुनिएका स्वर्गदूतहरू” उहाँहरूलाई साथ दिने स्वर्गदूतहरू हुनुपर्छ।

वफादार स्वर्गदूतहरू लाखौँलाख छन्‌। (हिब्रू १२:२२, २३) यहोवाले तिनीहरूलाई फरक-फरक काम सुम्पनुभएको छ। (प्रका. १४:१७, १८) जस्तै: एकचोटि एउटा स्वर्गदूतले १ लाख ८५ हजार अस्सेरियाली सिपाहीहरूलाई मार्ने काम पाएका थिए। (२ राजा १९:३५) केही स्वर्गदूतहरूले भने “ठेस लाग्ने सबै कुरा र कुकर्मीहरूलाई [येसुको] राज्यबाट बटुल्ने” जिम्मेवारी पाएका छन्‌। (मत्ति १३:३९-४१) केही स्वर्गदूतहरूलाई “परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई . . . जम्मा गर्ने” काम दिइएको छ। (मत्ति २४:३१) अनि अरू कतिपयले भने ‘हाम्रा सबै मार्गमा हाम्रो रक्षा गर्ने’ जिम्मेवारी पाएका छन्‌।—भज. ९१:११; मत्ति १८:१०; तुलना गर्नुहोस्‌: मत्ति ४:११; लुका २२:४३.

साक्षीकार्यमा स्वर्गदूतले एक दम्पतीलाई एउटा घरतर्फ डोऱ्‍याउँदै छ। घरभित्र एक पुरुष प्रार्थना गर्दै छन्‌।

पहिलो तिमोथि ५:२१ मा उल्लेख गरिएका “चुनिएका स्वर्गदूतहरू” मण्डलीलाई विभिन्‍न तरिकामा मदत गर्ने जिम्मेवारी पाएका स्वर्गदूतहरू हुन सक्छन्‌। त्यस पदको प्रसङ्‌ग विचार गर्ने हो भने पावलले एल्डरहरूबारे बताएका छन्‌ र मण्डलीले तिनीहरूको आदर गर्नुपर्छ भनेर सल्लाह दिएका छन्‌। एल्डरहरूले आफ्नो जिम्मेवारी “कुनै पूर्वाग्रह नराखी वा पक्षपात नगरी” पूरा गर्नुपर्छ अनि तिनीहरूले सोचविचार नगरी निर्णय गर्नु हुँदैन भनेर पनि पावलले सल्लाह दिएका छन्‌। त्यसपछि तिनले एल्डरहरूले यो सल्लाह लागू गर्नुपर्ने एउटा महत्त्वपूर्ण कारण बताए। त्यो हो, एल्डरहरू “परमेश्‍वर, ख्रिष्ट येसु र चुनिएका स्वर्गदूतहरूसामु” मण्डलीको सेवा गर्छन्‌। यसको मतलब, एल्डरहरूले कसरी मण्डलीको हेरचाह गरिरहेका छन्‌ भनेर परमेश्‍वर, येसु र स्वर्गदूतहरूले हेरिरहनुभएको छ। स्पष्ट छ, केही स्वर्गदूतहरूले मण्डलीलाई मदत गर्ने जिम्मेवारी पाएका छन्‌, जसमा मण्डलीको रक्षा गर्ने, साक्षीकार्यको निरीक्षण गर्ने र यहोवालाई रिपोर्ट दिने कामहरू पनि पर्छन्‌।—मत्ति १८:१०; प्रका. १४:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने