प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख ४६
  • के दियाबल साँच्चै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के दियाबल साँच्चै छ?
  • बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • कुनै खराब भावना मात्र होइन
  • दियाबलबारे अन्य गलत धारणाहरू
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • दियाबल—अन्धविश्‍वास मात्रै होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • शैतानको विरोध गर र त्यो भाग्नेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यो संसारको शासक वास्तवमा को हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ
ijwbq लेख ४६

के दियाबल साँच्चै छ?

बाइबलको जवाफ

हो, दियाबल साँच्चै छ। दियाबल नै त्यो स्वर्गदूत थियो, जो पछि दुष्ट भयो र परमेश्‍वरको विद्रोह गऱ्‍यो। त्यो नै “यस संसारको शासक” हो। (युहन्‍ना १४:३०; एफिसी ६:११, १२) बाइबलमा उल्लिखित निम्न नामहरू र जानकारीबाट दियाबल कस्तो किसिमको व्यक्‍ति हो भन्‍ने कुरा हामी थाह पाउन सक्छौँ:

  • सैतान जसको अर्थ “विरोधी” हो।—अय्युब १:६.

  • दियाबल जसको अर्थ “निन्दक” हो।—प्रकाश १२:९.

  • सर्प, बाइबलमा चलाइएको यो शब्दको अर्थ “छली” हो।—२ कोरिन्थी ११:३.

  • प्रलोभक।—मत्ति ४:३.

  • झूटा।—युहन्‍ना ८:४४.

कुनै खराब भावना मात्र होइन

कोही-कोही सैतान अर्थात्‌ दियाबल हामीभित्र हुने कुनै खराब भावना हो भनेर सोच्ने गर्छन्‌। तर बाइबलमा परमेश्‍वर र सैतानबीच कुराकानी भएको विवरण पाइन्छ। परमेश्‍वर त्रुटिरहित हुनुहुन्छ। त्यसैले उक्‍त विवरणमा उहाँ आफैले आफूभित्रको कुनै खराब भावनासित कुराकानी गरिरहनुभएको हुनै सक्दैन। (व्यवस्था ३२:४; अय्युब २:१-६) त्यसैगरि सैतानले पापरहित येसुलाई प्रलोभनमा पार्न खोज्यो। (मत्ति ४:८-१०; १ युहन्‍ना ३:५) तसर्थ, दियाबल साँच्चै छ र यो कुनै काल्पनिक व्यक्‍ति होइन भन्‍ने कुरा बाइबलबाट स्पष्ट बुझ्न सकिन्छ।

धेरै मानिसले दियाबल साँच्चै छ भन्‍ने कुरामा विश्‍वास नगरेको देख्दा के हामीले अचम्म मान्‍नुपर्छ? पर्दैन। किनभने सैतानले आफ्नो इच्छा पूरा गर्न छली कामहरू गर्छ भन्‍ने कुरा बाइबलले बताएको छ। (२ थिस्सलोनिकी २:९, १०) आफ्नो अस्तित्व छ भन्‍ने कुरा मानिसहरूले थाह पाउन नसकून्‌ भनेर तिनीहरूको समझशक्‍तिलाई अन्धो तुल्याउन त्यो सफल भएको छ।—२ कोरिन्थी ४:४.

दियाबलबारे अन्य गलत धारणाहरू

मिथ्या: दियाबलको अर्को नाम लुसिफर हो।

तथ्य: केही बाइबलमा “लुसिफर” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “चम्किलो तारा” हो। (यसैया १४:१२) यसैयाको विवरणलाई ध्यान दिने हो भने उक्‍त शब्दले बेबिलोनको राजकुल वा वंशलाई सङ्‌केत गर्छ, जुन वंशलाई परमेश्‍वरले अहङ्‌कारी भएको कारण पतन गराउनुभएको थियो। (यसैया १४:४, १३-२०) बेबिलोनी राजाको पतनपछि तिनको लागि व्यङ्‌ग्यात्मक ढङ्‌गमा “चम्किलो तारा” भन्‍ने अभिव्यक्‍ति प्रयोग गरिएको थियो।

मिथ्या: सैतानले परमेश्‍वरको तर्फबाट “अभियोजक”-को रूपमा काम गर्दै छ।

तथ्य: दियाबल परमेश्‍वरको शत्रु हो, सेवक होइन। सैतान अर्थात्‌ दियाबलले परमेश्‍वरको सेवा गर्ने व्यक्‍तिहरूको विरोध गर्छ र तिनीहरूमाथि झूटो आरोप लगाउँछ।—१ पत्रुस ५:८; प्रकाश १२:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने