प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ७४
  • ‘बर्न-आउट’ नहुन के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘बर्न-आउट’ नहुन के गरूँ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘बर्न-आउट’ किन हुन्छ?
  • किन सचेत हुनुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • पर्याप्त मात्रामा सुत्न के गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • म कसरी समयको सदुपयोग गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • घरमै बसेर पढाइ गर्ने—के तपाईँ सफल हुन सक्नुहुन्छ?
    युवाहरू सोध्छन्‌
युवाहरू सोध्छन्‌
ijwyp लेख ७४
प्रविधि, खेलकूद, मनोरञ्जन र स्कुलको कामले गर्दा एक युवक तनाव महसुस गर्दै

युवाहरू सोध्छन्‌

‘बर्न-आउट’ नहुन के गरूँ?

‘बर्न-आउट’ हुनु भनेको तनाव वा चिन्ताले शारीरिक, भावनात्मक र मानसिक रूपमा थकित हुनु हो। के तपाईँ पनि त्यस्तै महसुस गर्दै हुनुहुन्छ? यो लेख पढेर मदत पाउन सक्नुहुन्छ।

  • ‘बर्न-आउट’ किन हुन्छ?

  • किन सचेत हुनुपर्छ?

  • तपाईँ के गर्न सक्नुहुन्छ?

  • तपाईँका साथीहरू के भन्छन्‌?

‘बर्न-आउट’ किन हुन्छ?

  • दबाब: जुली नाम गरेकी युवती भन्छिन्‌, “हामीलाई सधैँ उन्‍नति गर्न, ठूलठूला लक्ष्यहरू राख्न र हासिल गर्दै जान दबाब दिइन्छ। हरेक दिन यस्तो दबाबको सामना गर्न निकै गाह्रो हुन्छ!”

  • प्रविधि: स्मार्टफोन, ट्याब्लेट र अरू इलेक्ट्रोनिक साधनहरू सातै दिन चौबीसै घण्टा हाम्रो हातमा हुन्छन्‌। घरीघरी आउने मेसेज, मेल वा फोनले गर्दा तनाव हुन सक्छ र तनाव बढ्‌दै गएपछि ‘बर्न-आउट’ हुन्छ।

  • निद्राको कमी: मिरान्डा नाम गरेकी युवती यसो भन्छिन्‌, “स्कुल, काम र मनोरञ्जनको लागि धेरै युवायुवती बिहान सबेरै उठ्‌छन्‌ र राती अबेरसम्म बस्छन्‌। यसो गर्नु राम्रो त होइन। तर के गर्ने, अरू उपाय नै छैन।” दिनदिनैको यस्तो तालिकाले ‘बर्न-आउट’ हुन्छ।

किन सचेत हुनुपर्छ?

बाइबलले मेहनती मानिसको प्रशंसा गर्छ। (हितोपदेश ६:६-८; रोमी १२:११) तर यसले स्वास्थ्य र अरू कुराहरूमा असर पर्नेगरि काम गर्न प्रोत्साहन दिँदैन।

“सबै काम भ्याउने धुनमा दिनभरि केही खाएको थिइनँ भनेर चालै पाइनँ। आफ्नो स्वास्थ्य नै बिग्रिने गरी काम गर्न खोज्नु राम्रो होइन रहेछ। त्यसैले भएभरको सबै काम गर्ने जिम्मा लिनु हुन्‍न भनेर सिकेँ।”—एस्ली

त्यसैले बाइबलमा यस्तो लेखिएको पाउँछौँ: “जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो।” (उपदेशक ९:४) सिंहजस्तै बलियो छु भन्ठानेर तपाईँ सक्नेभन्दा धेरै काम गर्न खोज्नुहोला। तर गाह्रो हुँदाहुँदै अझै काम गर्न खोज्दा ‘बर्न-आउट’ हुन्छ, जसले गर्दा गम्भीर स्वास्थ्य समस्या देखा पर्न सक्छ।

तपाईँ के गर्न सक्नुहुन्छ?

  • नाइँ भन्‍न सिक्नुहोस्‌। बाइबल भन्छ: “नम्रताले बुद्धि ल्याउँछ।” (हितोपदेश ११:२, पवित्र बाइबल—नयाँ संशोधित संस्करण) नम्र मानिसले आफ्नो सीमितता राम्ररी बुझेको हुन्छ र आफ्नो क्षमताभन्दा बढी गर्न खोज्दैन।

    “कहिल्यै नाइँ भन्‍न नसक्ने र सबै काम गर्न खोज्ने व्यक्‍तिहरू खासगरि ‘बर्न-आउट’ हुन्छन्‌। त्यसो गर्नु नम्र हुनु होइन।”—जोर्डन

  • प्रशस्त आराम गर्नुहोस्‌। बाइबल भन्छ: “दुवै मुठी भएर व्यर्थको परिश्रम गरेको भन्दा एक मुठी विश्राम असल हो।” (उपदेशक ४:६, नयाँ संसार अनुवाद) स्वस्थ दिमागको लागि प्रशस्त निद्रा चाहिन्छ। विशेषगरि किशोरकिशोरीहरू हरेक रात आठदेखि दस घण्टा सुत्नुपर्छ तर अधिकांश किशोरकिशोरीहरू त्यसो गर्दैनन्‌।

    “व्यस्त तालिकाले गर्दा म राती अबेरसम्म काम गर्थेँ। राम्ररी नसुतेकोले भोलिपल्ट काम गर्न गाह्रो हुन्थ्यो, दिनभरि दिक्क लाग्थ्यो।”—ब्रुक्लन

  • व्यवस्थित हुनुहोस्‌। बाइबल भन्छ: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।” (हितोपदेश २१:५) आफ्नो समय र गतिविधिलाई व्यवस्थित पार्न सक्नु राम्रो सीप हो। यस्तो सीपले जीवनभर फाइदा पुऱ्‍याउँछ।

    “राम्रोसँग योजना बनाउने बानीले गर्दा तनाव निकै कम हुन्छ। राम्रो तालिका बनायौँ भने कहाँ छाँटकाँट गर्नुपर्ने हो, सो ठम्याउन सक्छौँ। यसले ‘बर्न-आउट’ हुनदेखि जोगाउँछ।”—भनेसा

तपाईँका साथीहरू के भन्छन्‌?

जिआना

“केही मानिसहरू ‘बर्न-आउट’ हुन्छन्‌ किनभने तिनीहरू धेरै पैसा कमाउन रातदिन खट्‌छन्‌। तर १ तिमोथी ६:८ ले आधारभूत कुराहरूमा सन्तुष्ट हुन सम्झाउँछ। सरल जीवन बिताउन अनि अनावश्‍यक कुराहरूको लागि मरिमेटी काम नगर्न यो सल्लाहले मदत गर्छ।”—जिआना

वालन

“हप्ताभरिको तालिका बनाउँदा निकै सजिलो भएको छ। तालिका नबनाउँदा म सबै काममा हात हाल्ने गर्थेँ। त्यसपछि निकै तनाव हुन्थ्यो र काम पनि सिध्याउन सक्दिनथेँ।”—वालन

कारा

“साथीभाइले रमाइलो गर्न निम्तो दिन्छन्‌। सबैको निम्तो स्विकारेमा मात्र खुसी हुन सकिन्छ जस्तो तपाईँलाई लाग्ला। तर त्यसो होइन। आराम गर्न पर्याप्त समय छुट्ट्याउनुभयो भने त्यत्ति थकाइ लाग्दैन, जसले गर्दा तपाईँ खुसी हुन सक्नुहुन्छ।”—कारा

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने