प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 ७/८ पृ. १८-१९
  • नक्षत्रमा तपाईंको लागि अवश्‍य सन्देश छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नक्षत्रमा तपाईंको लागि अवश्‍य सन्देश छ!
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी नक्षत्रबाट के सिक्न सक्छौं
  • नक्षत्र र मानिस—ती दुईबीच के कुनै सम्बन्ध छ?
    ब्यूँझनुहोस्‌!—१९९४
  • सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • ग्रह-नक्षत्रहरूमा तपाईंको लागि के लेखिएको छ?
    ब्यूँझनुहोस्‌!—१९९४
  • ताराहरूमा देखिने परमेश्‍वरको शक्‍ति
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९४
g94 ७/८ पृ. १८-१९

नक्षत्रमा तपाईंको लागि अवश्‍य सन्देश छ!

अघिल्ला लेखहरूमा देखाइएझैं नक्षत्रले महिमा प्रकट गर्ने भए तापनि ती जे छन्‌, मानिसले तिनीहरूलाई त्यस्तै सम्झनु पर्नेथियो अर्थात्‌ आफ्नो उद्देश्‍यको लागि सृष्टिकर्त्ताले स्वर्गमा राखेका निर्जीव वस्तुहरू। ती उपासना गर्न सृजिएका थिएनन्‌। यहोवाका नियमहरू अधीनस्थ अद्‌भुत सृष्टिको अभिन्‍न भागको हैसियतमा ताराहरूले ‘परमेश्‍वरको महिमाको वर्णन’ गर्नु पर्थ्यो। साथै, मानिसहरूले सृष्टिकर्त्ताको उद्देश्‍य पूरा गर्नको लागि प्रकाशको स्रोत पनि हुनु पर्नेथियो।—भजनसंग्रह १९:१; व्यवस्था ४:१९.

बाइबलमा हामी यसो पढ्‌छौं: “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने, अथवा बिजुवा, झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” (व्यवस्था १८:१०-१२) यशैयाले यसो भने: “अब ज्योतिषीहरू, ग्रह हेर्नेहरू, हरेक औंसीका भविष्य बताउनेहरू खड़ा होऊन्‌, र [तेरा सल्लाहकारहरूले] तँमाथि आइपर्ने कुराहरू तँलाई बताऊन्‌। हेर, तिनीहरू भूसजस्तै हुनेछन्‌।”—यशैया ४७:१३, १४.

हामी नक्षत्रबाट के सिक्न सक्छौं

तर, हामी सुन्‍न इच्छुक छौं भने ती निर्जीव ताराहरूले पनि हामीलाई केही भन्‍न सक्छन्‌। एन्न्रीन वे टेलले यसप्रकार लेखे: “समयको लामो अनन्तमा ताराहरूले मानिसको तुच्छता बताउँछ।” हो, हाम्रो नाङ्‌गो आँखाले स्वच्छ रात आकाशमा देखिने थुप्रै ताराहरू हाम्रा पुर्खाहरूले शताब्दीऔं पहिले देखी सके भनी थाहा पाउँदा के यसले हामीलाई नम्र महसुस गराउँदैन र? “आदिमा” ती सृष्टि गर्नुहुने र पछि मानवजाति बनाउनुहुने प्रतापी व्यक्‍तिप्रति के हामी श्रद्धा महसुस गर्दैनौं र? इस्राएलका राजा दाऊदले श्रद्धापूर्वक यो लेखे: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईंले त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?” आकाशले हामीलाई नम्र तुल्याउनुपर्छ र हाम्रो जीवनसित के गरिरहेका छौं भनी हामीलाई प्रश्‍न गर्न लगाउनुपर्छ।—उत्पत्ति १:१; भजनसंग्रह ८:३, ४.

एक अवसरमा दाऊदले यसो भनी प्रार्थना गरे: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।” (भजनसंग्रह १४३:१०) उनका प्रार्थनाहरू उत्तरित भए भनी दाऊदको जीवनको रिकर्डले सङ्‌केत गर्छ। उनले परमेश्‍वरको व्यवस्थामा उल्लेख गरिएअनुसार उहाँको इच्छामुताविक गर्न सिके। मानवजातिको निम्ति सृष्टिकर्त्ताको उद्देश्‍य पनि उनले थाहा पाए र त्यसबारे लेखे। “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌। . . . खराबी गर्न छोड़, र भलाइ गर, र सदा सर्वदै रहिरहो। . . . धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” त्यो उद्देश्‍यको ज्ञान सङ्‌गसङ्‌गै जिम्मेवारी पनि आयो। मानिसले ‘खराबी गर्न छोडेर भलाइ गर्नुपर्थ्यो।’ पृथ्वीमा परमेश्‍वरको उद्देश्‍य पूरा गर्न मानिस सृजिएको थियो।—भजनसंग्रह ३७:१०, ११, २७-२९; उत्पत्ति १:२८.

ताराहरूमा सारा मानवजातिको लागि एउटै सन्देश पाइन्छ। त्यसको उपासना अथवा तिनीहरूसित “सरसल्लाह” नगरिकनै हामी तिनीहरूमा सृष्टिकर्त्ताको प्रेम, बुद्धि र शक्‍ति प्रतिबिम्बित भएको देख्न सक्छौं। ज्योतिषशास्त्रको विपरीत खगोलविद्याले हाम्रो हृदयमा श्रद्धा जगाउनु पर्ने हो। तर यस अतिरिक्‍त, के त्यसले हामीमा उहाँबारे अझ बढी जान्‍ने इच्छा जगाउँदैन र? त्यही उद्देश्‍य पूर्तिको लागि उहाँले आफ्नो वचन, बाइबल प्रबन्ध गरिदिनुभएको छ। ताराहरूबाट तपाईंले यो समाचार बुझिसक्नुभएको छ भने मानवजातिको निम्ति यहोवाले अझ के गर्नुहुनेछ र सबैभन्दा महत्त्वपूर्ण, ती आशिष्‌हरूमा तपाईं कसरी भागी हुन सक्नुहुन्छ भनेर तपाईंले सिक्न सक्नुहुन्छ। परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे तपाईंसित प्रश्‍नहरू छन्‌ भने तपाईंको क्षेत्रका यहोवाका साक्षीहरूलाई सम्पर्क राख्न अथवा पृष्ठ ५ मा उल्लिखित ठेगानाहरूमध्ये नजिकको ठेगानामा पत्राचार गर्न नहिचकिचाउनुहोस्‌। (g94 7/8)

[पृष्ठ १९-मा भएको चित्र]

ताराहरूले हामीलाई विनम्रता सिकाउन सक्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने