युवा जनहरू सोध्छन् . . .
किन परमेश्वारबारे कुरा गर्ने?
“सबैको आफ्नै धर्म छ। आफ्नो परमेश्वारमा विश्वास गर्न तपाईंले अरूलाई कर गर्न सक्नुहुन्ना।” —१४ वर्षीय रशेस, गायना
“म परमेश्वारबारे कुरा गर्न हिचकिचाउँछु किनभने मेरो खिल्ली उडाउला भनेर मलाई लाज लाग्छ।” —१७ वर्षीय रोहन, गायना
“हामीले परमेश्वारबारे कुरा गर्नुपर्छ किनभने उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँ नै हाम्रो जीवनदाता पनि हुनुहुन्छ।”—१३ वर्षीय मार्को, जर्मनी
जवानहरूको कुरा ध्यान दिएर सुन्नुहोस् र शायद तपाईं पनि यही दुःखलाग्दो निष्कर्षमा आउनुहुन्छ होला: निश्चय पनि जवानहरू बीच कुरा गर्ने लोकप्रिय विषय परमेश्वार होइन। खेलकुद, लुगाफाटा, हालै निस्केका सिनेमाहरू वा विपरीत लिङ्गको उल्लेख गर्नुहोस् र तपाईंले प्राय: रूचिकर वार्तालाप सुरु गरी दिनुहुन्छ। परमेश्वारबारे कुरा गर्ने साहस गरिहाल्नु भयो भने पनि कुहिरो जस्तो बाक्लो मौनता छाउँछ।
केही जवानहरू परमेश्वारमा विश्वासै गर्दैनन्। उहाँ अदृश्य हुनुभएकोले उहाँको अस्तित्व नै छैन भनेर तिनीहरू तर्क गर्नसक्छन्। अत: उहाँबारे कुरा गर्नु समयको फजूल खर्चजस्तो देखिनसक्छ। तर यसो भए तापनि, जवानहरूबीच निश्चय नै कम अनिश्वारवादीहरू छन्। ग्यालपको सर्वेक्षणअनुसार, ९५ प्रातिशत जति अमेरिकी जवानहरू परमेश्वारमाथि विश्वास गर्छन्। यथार्थमा, ग्यालपले निष्कर्षमा यसो भने: “धेरै जवानहरूको विश्वासमा परमेश्वार कुनै अस्पष्ट काल्पनिक सिद्धान्त नभई त्यस्तो व्यक्तिविशेष परमेश्वार हुनुहुन्छ जसले उनीहरूको काम निरीक्षण गर्नुहुन्छ र त्यहीअनुसार इनाम वा दण्ड दिनुहुन्छ।” त्यसो भए, किन धेरै जवानहरू आफूले विश्वास गर्ने परमेश्वारबारे कुरा गर्न हिचकिचाउँछन्?
केही जवानहरू किन पछि हट्छन्
विश्वासको विषयमा कुरा गर्नु नराम्रो बानी हो र धार्मिक विचारहरूलाई आफैमा सीमित राख्नु सबैभन्दा राम्रो हो भनेर धेरैलाई लाग्न सक्छ। परमेश्वारबारे छलफल गर्ने विचारले मात्र पनि केही जवानहरूलाई अप्ठ्यारो लाग्न सक्छ। ‘त्यसो गर्नु स्वीकारयोग्य छैन,’ भनेर उनीहरू तर्क गर्छन्।
तपाईंका साथीहरूको जस्तोसुकै विचारधारा भएपनि, यस सम्बन्धमा तपाईंको जवाफ के छ? यहोवाको साक्षीको रूपमा तपाईंलाई हुर्काइएको हो भने यो प्राश्न विशेषगरि तपाईंका लागि अझ प्रासङ्गिक छ। किन? किनभने साक्षी दिनु, अरूहरूलाई परमेश्वारबारे भन्नु यहोवाका साक्षीहरूको विश्वासको आधारभूत कुरा हो!—यशैया ४३:९, १०; मत्ती २४:१४
तापनि, कहिलेकाहीं वैमनस्यताको मुकाबिला गर्नु परेकोले निरुत्साहित हुँदै, केही जवान साक्षीहरू सार्वजनिक प्राचार–कार्यबाट पछि हट्छन् वा आमाबाबुको करमा मात्र भाग लिन्छन्। अरू केही जवानहरू भाग त लिन्छन् तर विद्यालयका साथीहरू कसैले पनि नदेखोस् भनेर मनमनै आशा गर्छन्। विद्यालयमा केही जवानहरू आफ्नो धार्मिक विश्वासलाई गोप्य राख्ने कोसिस गर्छन्। प्राय: कक्षाका साथीहरूले धज्जी उडाउलान् भन्नो डरले गर्दा तिनीहरूले त्यसो गर्छन्। “म साथीहरूसगँ परमेश्वार- बारे कुरा गर्न डराउँथे,” जवान रायन स्वीकार्छन्, “किनभने मेरा साथीहरूले नाम राखेर बोलाउँथे र त्यसले गर्दा वार्ता जारी राख्ने मसँग साहस हुँदैन थियो।”
त्यस्तैगरि, बाइबलको स्तरअनुसार पूर्ण रूपमा बस्न सक्दिनँ होला भन्नो डरले गर्दा अरू केही जवानहरू पछि हट्छन्। “जवानीका अभिलाषाहरूबाट,” आफू प्रालोभित भएको महसुस गरेकोले उनीहरू के तर्क गर्छन् भने आफूले गल्ती गर्न सक्ने सम्भावना भएको हुँदा मसीही भनेर चिनारी नदिनु नै सबैभन्दा राम्रो हो।—२ तिमोथी २:२२
आफू त्यति दक्ष नभएकोले केही जवानहरू परमेश्वारबारे कुरा गर्दैनन्। उन्नाइस वर्षीय विल्टन यसो भन्छ: “मलाई आफ्नो सहकर्मीहरूसगँ परमेश्वारबारे कुरा गर्न गाह्रो लाग्थ्यो किनभने उहाँबारे मैले भनेका कुराहरूको प्रातिवाद गर्ने योग्यता मसँग छ जस्तो मलाई लाग्दैन थियो। यदि कसैले मेरो विश्वासलाई चुनौती दिएमा मैले चित्तबुझ्दो जवाफ दिन सक्दिन कि जस्तो मलाई लाग्थ्यो।”
मसीही कर्तव्य
के तपाईं पनि यस्तै कारणहरूले गर्दा परमेश्वारबारे कुरा गर्न पछि हटिरहनु भएको हो? यदि हो भने, तपाईं एक्लै हुनुहुन्ना। अरू जवानहरूले पनि यस्तै भावनाहरूसित सङ्घर्ष गरेका छन्। तथापि, धेरैले के महसुस गरेका छन् भने, निरूत्साहित हुने थुप्रौ कुराहरू भएपनि, परमेश्वारबारे कुरा गर्ने जोरदार कारणहरू छन्। यिनीहरूमध्ये केही के के हुन्?
यस लेखको प्रारम्भमा उल्लेख गरिएको जवान मार्को एउटा कारण यसरी बताउँछन्, परमेश्वार “हाम्रो सृष्टिकर्ता र हाम्रो जीवनदाता हुनुहुन्छ।” (प्राकाश ४:११) हो, जीवन एउटा बहुमूल्य उपहार हो। भजनरचयिताले परमेश्वारबारे यसो भने: “जीवनको मूल तपाईंसँग छ।” (भजनसंग्रह ३६:९) यस्तो उपहार पाएकोमा के तपाईंले कृतज्ञता जाहेर गर्नु पर्दैन र?
कृतज्ञता देखाउने एउटा तरिका अरूसमक्ष यहोवा परमेश्वारको प्राशंसा गर्नु हो। उहाँ सूर्य, चन्द्र, वर्षा, हामीले सास फेर्ने हावा, र हामीले खाने खानाको स्रोत हुनुहुन्छ। (प्रोरित १४:१५-१७) “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो,” चेला याकूबले भने। (याकूब १:१७) यी उपहारहरूको लागि के तपाईं परमेश्वारलाई धन्यवाद दिनुहुन्छ? (कलस्सी ३:१५) धन्यवाद व्यक्त गर्न परमेश्वारबारे कुरा गर्नुभन्दा अरू कुन उपाय राम्रो होला?—लूका ६:४५.
वास्तवमा, परमेश्वारले उहाँबारे कुरा गर्नु भनी आज्ञा दिनुहुन्छ। उहाँको पुत्र, येशू ख्रीष्टले, मसीहीहरूलाई यस्तो आज्ञा दिनुभयो: “यसैकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९, २०) जवानहरू यस जिम्मेवारीबाट वञ्चित छैनन्। भजनरचयिताले यस्तो आज्ञा दिन्छन्: “परमप्राभुको प्राशंसा गर. . .जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटा-केटीहरू तिनीहरू सबैले परमप्राभुको नाउँको प्राशंसा गरून्, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ।” (भजनसंग्रह १४८:७, १२,१३) तर तपाईंहरूले यो कामलाई एउटा बोझको रूपमा हेर्नुपर्दैन। वास्तवमा, यो एउटा सुअवसर हो—तपाईं साँच्चै नै “परमेश्वारका सहकर्मी[हरू]” मध्ये एक हुनुहुनेछ।—१ कोरन्थी ३:९.
यदि तपाईंलाई आफू योग्य छैन जस्तो लाग्छ भने नि? बाइबलकालीन भविष्यवक्ता यर्मियालाई यस्तै लाग्थ्यो: “हे परमप्राभु परमेश्वार, हेर्नुहोस्, मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।” यहोवाको प्रात्युत्तर? “‘मता बच्चै छु,’ भनी नभन्, किनभने जसकहाँ म तँलाई पठाउनेछु ती सबै कहाँ जानैपर्छ। औ जे जे म तँलाई आज्ञा गर्छु, ती तैंले भनैपर्छ।” (यर्मिया १:६, ७) यहोवाको मदत पाएर यर्मियाले ४० वर्षसम्म ठीक त्यसै गरे!
त्यसैगरि आज मसीहीहरूको सम्बन्धमा भन्नो हो भने, “हाम्रो प्राशस्त योग्यता परमेश्वारतर्फबाट हो।” (२ कोरिन्थी ३:५ न्युव) तपाईं स्वभावैले लज्जालु, पछि हट्ने खालको हुनुहुन्छ भनेपनि परमेश्वारले तपाईंलाई बोल्ने साहस दिनसक्नु हुन्छ। परमेश्वारको वचनको शिक्षकको हैसियतमा तपाईंलाई ‘प्राशस्त मात्रामा योग्य’ बन्नो मदत दिन मसीही मण्डलीभित्र प्राबन्धहरू गरिएका छन्। तपाईंलाई व्यक्तिगत मदत चाहिन्छ भने मण्डलीका प्राचीनहरूसँग कुरा गरे कसो होला? शायद तपाईंले व्यक्तिगत बाइबल अध्ययन कार्यक्रम वा अनुभवीहरूसँग काम गरे मात्र पुग्नसक्छ।
तपाईंले के हासिल गर्नसक्नुहुन्छ
परमेश्वारबारे कुरा गर्दा तपाईंमा साँचो सफलताको भाव आउनसक्छ। एउटा कुरा, तपाईंका साथीहरू जीवनसम्बन्धी प्राश्नहरूक जवाफहरूको खोजीमा छन् र भनौं भने मदतको लागि तिनीहरू चिच्याइरहेका छन्। तिनीहरूमा निर्देशनको अभाव छ र भविष्यको लागि कुनै स्पष्ट आशा छैन। ‘हामी यहाँ किन छौं? हामी कहाँ जान्छौं? किन संसार समस्याले भरिएको छ?’ भनेर तिनीहरू अन्योलमा छन्। एक मसीही भएको हुनाले तपाईंसँग ती प्राश्नहरूको जवाफ छ र यो कुरा तपाईंका साथीहरूलाई बताउन सक्ने सबैभन्दा राम्रो स्थितिमा तपाईं नै हुनुहुन्छ। तपाईंहरू जवान हुनु भएकोले तपाईंहरूको कुरा आपसमा मिल्न सक्छ र एक वयस्कसँग भन्दा शायद तिनीहरू तपाईं जस्तो आफ्नै उमेरको व्यक्तिसँग कुरा गर्न रूचाउला।
हो, समय समयमा तपाईंले तिरस्कारको सामना गर्नुपर्ला। तर तपाईंले बाइबलको समाचार स्वीकार्ने व्यक्तिहरू पनि भेटाउन सक्नुहुन्छ। एक जवान साक्षी बसमा क्वेश्चन्स् यङ्ग पिपल आस्क्—आनसर्स द्याट वर्कa पढ्दैथिइन्। यो देखेर सँगै बसेको केटाले पनि सँगैसँगै ठूलो स्वरले पढ्न थाल्यो। “कति राम्रो किताब!” भनी यो केटा करायो। “यो किताबले परमेश्वारबारे धेरै कुरा बताउँदो रहेछ। धेरै मानिसहरू आज धर्ममा चासो नै लिंदैनन्।” त्यस जवान साक्षीले यस्तो मौकालाई परमेश्वारको नामबारे विस्तृत छलफल गर्न चलाए।
हो, एक मसीही भनेर चिनारी दिएपछि सोहीअनुसार व्यवहार गर्न तपाईं बाध्य हुनुहुन्छ। (१ पत्रुस २:१२) तर मसीही चालचलनले तपाईंको समाचारलाई अझ प्राभावकारी बनाउनेछ। एरिक नाम गरेको जवानको अनुभव विचार गर्नुहोस्। आफ्नो विद्यालयका जवान साक्षीहरूको चालचलन देखेर तिनी प्राभावित भएका थिए। यसले गर्दा परमेश्वारबारे अझ बढी जान्नो इच्छा तिनमा जाग्यो। तिनीसँग बाइबल अध्ययन सुरु गरियो र आज तिनी एक समर्पित साक्षीको रूपमा यहोवाका साक्षीहरूको मुख्यालय न्यु योर्कमा सेवा गर्दैछन्।
परमेश्वारबारे कुरा गर्नु तपाईंका लागि पनि मदतकारी हुनसक्छ। तपाईंको लागि त्यसले सुरक्षाको रूपमा काम गर्नसक्छ। तपाईंका साथीहरूले तपाईं यहोवाको एक साक्षी हुनुहुन्छ भनेर थाहा पाउँदा धेरैले तपाईंको आदर गर्नेछ। तपाईंको उच्च नैतिक स्तर छ र तपाईंलाई गलत काम गर्ने दबाब दिने कोसिस गरेमा उल्टो तपाईंले साक्षी दिन सक्ने सम्भावना छ भन्नो कुरा तिनीहरूलाई थाहा छ भने तिनीहरूले तपाईंलाई गलत काम गर्ने दबाब दिनेछैनन्।
तर त्यसो भन्दैमा, हरेक पल्ट मुख खोल्ने बित्तिकै शास्त्रपद उद्धरण गरिहाल्नु पर्छ भनेको होइन। तपाईंले खेलकुद, लुगाफाटा, वा सङ्गीतमा चासो राख्नु सक्नुहुन्छ र समय समयमा यसबारे कुरा पनि गर्नसक्नु हुन्छ। तर यो कुरा नबिर्सनुहोस्: “हृदयमा भरिएको कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) यदि तपाईं हृदयदेखि परमेश्वारलाई प्रोम गर्नुहुन्छ भने, स्वत: तपाईं उहाँबारे कुरा गर्नुहुन्छ। तपाईंले यो काम प्राभावकारी ढङ्गमा कसरी गर्न सक्नु हुन्छ, आउँदो अङ्कमा त्यसको छलफल गरिनेछ। (g94 9/22)
[फुटनोट]
a वाच टावर बाइबल एण्ड ट्रयाक्ट सोसाइटी अफ न्यु योर्क इङ्क.द्वारा प्राकाशित।
[पृष्ठ १९-मा भएको चित्र]
जन प्राचार–कार्यमा जानुहुँदा के तपाईं आफ्ना साथीहरूले देख्ला भनी शर्माउनु हुन्छ?