प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ४/८ पृ. २९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रगतबाट एड्‌स?
  • दिल्लीमा हराउने मानिसहरू
  • टिभी हिंसाको मापदण्ड
  • विश्‍वव्यापी कुपोषण
  • क्युबामा यहोवाका साक्षीहरू
  • पर्यटन—विश्‍वव्यापी उद्योग
    ब्यूँझनुहोस्‌!—२००२
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
  • भकभके बोलीबाट मुक्‍त!
    ब्यूँझनुहोस्‌!—१९९८
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ४/८ पृ. २९

विश्‍वदर्शन

रगतबाट एड्‌स?

रक्‍तक्षेपण वा रक्‍तनिर्मित पदार्थहरूबाट एड्‌स लाग्नसक्ने सम्भावना कति छ? जोहनसबर्गको द स्टार-अनुसार एड्‌स रोग पत्ता लागेदेखि यता सारा संसारमा ६,००,००० मानिसहरू अथवा कुल एड्‌स रोगीहरूको १५ प्रतिशत मानिसहरू रगत वा रक्‍तनिर्मित पदार्थद्वारा एड्‌स भाइरसले संक्रमित भए। हाल रगतलाई एचआइभी परीक्षण गर्नु समय खाने र खर्चिलो छ। केही मानिसहरू रगतको कम्तीमा पनि भिन्दाभिन्दै सात परीक्षणहरू गर्नुपर्छ भन्‍ने निष्कर्षमा पुगेका छन्‌। प्रायः विकासोन्मुख देशहरूसित यस्ता परीक्षणहरू गर्ने पैसा वा तालिम हुँदैन। सम्पन्‍न देशहरूमा परीक्षण गरिने भए तापनि गल्तीहरू हुन्छन्‌। डच रक्‍तक्षेपण सेवाका प्रमुख चिकित्सक पल स्ट्रेन्जर यसो भनेर मानि लिन्छन्‌: “कुनै रक्‍तनिर्मित वस्तु एचआइभी भाइरस वा हेपाटाइटिसबाट शत प्रतिशत सुरक्षित छ भनेर हामी भन्‍न सक्दैनौं।” (g95 3/22)

दिल्लीमा हराउने मानिसहरू

भारतको राजधानी दिल्लीमा वर्षेनी १०,००० मानिसहरू हराएको रिपोर्ट लेखाइन्छ। तर यीमध्ये एक तिहाइ मात्र फेला पारिन्छन्‌। हराउनेहरूमध्ये ५० प्रतिशत १८ वर्षमुनिका छन्‌ र स्त्रीहरूभन्दा पुरुषहरू दुइ गुना बढी छन्‌। द टाइम्स अफ इन्डिया-मा रिपोर्ट गरिएअनुसार स्वेच्छापूर्वक आफ्नो घर छाडेर जाने यी मानिसहरूलाई खोज्न निकै गाह्रो हुने कुरा दिल्ली प्रहरी कमिस्नर एम. बि कौशलले बताए। तथापि, तिनीहरू स्वेच्छापूर्वक हराएका हुन्‌ वा होइनन्‌ भनेर निकै गम्भीरतापूर्वक प्रश्‍न उठाइएको छ। हजारौं केटीहरू वेश्‍यालयमा पुग्छन्‌। अपराधीहरूको दलले केटाहरूलाई जबरजस्ती भीख माग्न लगाउँछन्‌ वा सानातिना भोजनालयहरूमा कम पैसा दिएर अचाक्ली काम गराउँछन्‌। सन्‌ १९९१ मा दिल्लीमा १२,५४० मानिसहरू हराएको रिपोर्ट गरिएको थियो भने सन्‌ १९९२ मा ११,९३६ को रिपोर्ट गरियो। र सन्‌ १९९३ मा हराएका १०,३४८ मध्ये ७,५८३ मानिसहरू पत्ता लाग्न बाँकी नै छ भनेर सोही पत्रिकाले रिपोर्ट दिन्छ। यी हराएका मानिसहरूलाई खोज्न प्रायः त्यति गम्भीर प्रयास नगरिने कुरा एक जना वरिष्ठ प्रहरी अधिकृतले बताए। (g95 4/8)

टिभी हिंसाको मापदण्ड

अमेरिकी टिभीमा देखाइने हिंसाप्रति निकै आपत्ति व्यक्‍त गरिएको र हिंसामाथि रोक लगाउन टिभी नेटवर्कले थुप्रै वचनहरू दिएको भए तापनि गत दुइ वर्षभित्र टिभीमा देखाइने हिंसा वास्तवमा बढेको छ भनी विवादास्पद नयाँ सर्वेक्षणले दाबी गर्छ। सेन्टर फर मिडिया एन्ड पब्लिक अफेर्सद्वारा उक्‍त सर्वेक्षण गरिएको थियो र दशवटा टिभी केन्द्रले दिनभरि प्रसारण गर्ने कार्यक्रमहरू हेरेपछि सोही दिन दुइ वर्षअघि प्रसारित कार्यक्रमहरूसित तुलना गर्दा उक्‍त नतिजा प्राप्त भएको थियो। शारीरिक हानि पुऱ्‍याउन वा अर्काको सम्पत्ति तहसनहस गर्न जानाजानी शारीरिक बल प्रयोग गरिएको दृश्‍यजस्ता हिंसात्मक कार्यहरू दुइ वर्षभित्र ४१ प्रतिशत बढेको पाइयो। गम्भीर हिंसात्मक कार्यहरूलाई ज्यान जोखिम पार्ने वा गम्भीर चोटपटक पुऱ्‍याउने किसिमले देखाइन्छ र यस्ता दृश्‍यहरूमा ६७ प्रतिशतले वृद्धि भएको छ। टिभी गाइड-अनुसार “हिंसात्मक घटनाहरूको औसत दर १० देखि झन्डै १५ दृश्‍य प्रतिच्यानल प्रतिघण्टाको दरमा बढेको छ।” (g95 3/22)

विश्‍वव्यापी कुपोषण

विश्‍वव्यापी तवरमा हेर्ने हो भने कुपोषणबारे असल र खराब दुवै प्रकारका समाचारहरू सुन्‍न पाइन्छन्‌। ग्लोबल चाइल्ड हेल्थ न्युज एन्ड रिभ्यु-अनुसार (विश्‍व बाल स्वास्थ्य समाचार तथा समीक्षा) पाँच वर्षमुनिका सबै कुपोषित केटाकेटीहरूको संख्या सन्‌ १९७५ मा ४२ प्रतिशत थियो भने सन्‌ १९९० मा घटेर ३४ प्रतिशत पुग्यो। तथापि, कुपोषित केटाकेटीहरूको कुल संख्यामा भने वृद्धि भएको छ। विकासोन्मुख देशहरूमा पाँच वर्षमुनिका झन्डै १९.३ करोड केटाकेटीहरूको वजन सामान्यभन्दा कम वा ज्यादै कम छ र यीमध्ये एक तिहाइ केटाकेटीहरू असाध्यै कुपोषित छन्‌। बच्चा कम कुपोषित हुँदा रोग लागेर मृत्यु हुनसक्ने खतरा दुइ गुना बढ्‌छ भनेर समाचारपत्रले उल्लेख गर्छ। त्योभन्दा अझ कुपोषित हुने बच्चामा यो खतरा तीन गुना बढी हुन्छ भने ज्यादै कुपोषित बच्चामा ११ गुना बढी हुन्छ। औद्योगिक मुलुकहरूमा कुपोषणको सबैभन्दा सामान्य रूप असाध्यै मोटो हुनु हो। उदाहरणको लागि, उत्तर अमेरिकामा केटाकेटीहरूले आफूलाई चाहिने ५० प्रतिशत शक्‍ति चिल्लो पदार्थबाट प्राप्त गर्छन्‌। यो दर “निर्दिष्ट परिमाणभन्दा दुइ गुना बढी छ।” (g95 3/22)

क्युबामा यहोवाका साक्षीहरू

क्युबामा यहोवाका साक्षीहरूले आफ्नो सेवकाईको काम गर्न अझ धेरै स्वतन्त्रता पाइरहेका छन्‌। फलतः तिनीहरूले मानिसहरूसित परमेश्‍वरको राज्यको सुसमाचार बाँड्‌न सकेका छन्‌। साक्षीहरूको कामले आधिकारिक तथा कानुनी मान्यता नपाएको भए तापनि तिनीहरूलाई आफ्नो पुराना कार्यालयहरू प्रयोग गर्न र उपासनाका लागि एक ठाउँमा भेला हुने अनुमति दिइएको छ। यहाँसम्म कि तिनीहरूले साना सम्मेलनहरूसमेत सम्पन्‍न गर्न सके। तिनीहरूलाई आफ्नो पत्रिका छाप्ने अधिकार पनि दिइएको छ। हालैका यी घटनाहरूले गर्दा आनन्दित र उत्साही भएका साक्षीहरू प्रचार-कार्यमा लाग्दै बाइबलले प्रदान गर्ने आशाको समाचार सुनाउन प्रयत्नरत छन्‌। (g95 4/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने