पाठकहरूको प्रतिक्रिया
खेलौनाहरू मैले भर्खरै मात्र “आमा-बाबु हो—बुद्धिमानीपूर्वक आफ्ना छोराछोरीका निम्ति खेलौना छान्नुहोस्” (सेप्टेम्बर ८, १९९४) नामक लेख पढ्न सिध्याएँ। अभिभावकको हैसियतले म यस जानकारीको गहिरो मूल्यांकन गर्छु। तथापि, सावधान रहन म एउटा सुझाव दिन चाहन्छु। कृपया यसबारे सबै पाठकहरूलाई सचेत गराइदिनुहोला, बाल्टिनमा थोरै मात्र तरल पदार्थ छ भने पनि साना केटाकेटीहरू त्यसमा डुब्नसक्ने सम्भावना हुन्छ।
इ. भी., संयुक्त राज्य
तपाईंको सुझावको हामी मूल्यांकन गर्छौं।—सं.
म र मेरो छोरा उसलाई मन पर्ने खेलौना किन्ने कि नकिन्ने भनेर छलफल गर्दैथियौं। मलाई त्यो खेलौना उपयुक्त लागेको थिएन। केटाकेटी नै भएकोले उसलाई मेरो तर्क मान्न गाह्रो परिरहेको थियो। हामी कुरा गर्दै आफ्ना चिट्ठीपत्रहरू खोल्न थाल्यौं र त्यसबीच अवेक!-को ताजा अंक भेटायौं। “तपाईंको छोराछोरीले के खेल्दैछ भनेर के तपाईंलाई थाह छ?” लेख देखेर हामी दुवै छक्क पऱ्यौं। ती लेखहरूबाट प्रभावित भएर मेरो छोराले मेरो तर्क बुझ्यो।
डब्ल्यु. एफ., संयुक्त राज्य
लेखहरूका लागि धन्यवाद। म १३ वर्ष पुग्नै लागिसकें र मलाई खेलकुद, शिल्पकला, हस्तकला र पियानो बजाउन मनपर्छ। म सानी छँदा आफ्नो खेलौना आफै बनाउँथें। भिडियो गेम्सहरू खेल्नुभन्दा मलाई त्यो काम गर्नु रमाइलो लाग्थ्यो किनभने त्यसले मलाई सन्तुष्टि दिन्थ्यो। यी कुराहरू कति रमाइला हुनसक्छन् भनेर महसुस गर्न यी लेखहरूले अरू केटाकेटीहरूलाई मदत दियो होला भनी म आशा गर्छु।
के. एस., संयुक्त राज्य
जलगैंडा “जलगैंडाद्वारा छुटकारा!” नामक लेख प्रकाशित गरिदिनुभएकोमा धन्यवाद! (अक्टोबर ८, १९९४) जलगैंडाले हरिणलाई बचाएको विवरण पढेर म साह्रै प्रभावित भएँ। अन्यथा म पहिले जलगैंडा भनेको पानीमा बसेर आफ्ना ठूल-ठूला दाँतहरू देखाउन मुख आँ गरेर बस्ने बडेमानको जीउ भएको जनावर हो भनेर सोच्ने गर्थें। मलाई यो जनावर मन पर्दैन थियो तर यो लेखले मेरो सोचाइ परिवर्तन गऱ्यो।
वाइ. एच., जापान
विचार स्वतन्त्रता प्रायजसो म नराम्रा कुराहरूमा आफ्नो मन खेलाउँथें। त्यसैकारण “बाइबलको दृष्टिकोण: के बाइबलले विचार स्वतन्त्रतालाई प्रोत्साहित गर्छ?” (जून ८, १९९४) नामक लेख पढ्दा म अचम्मित भएँ। जानाजानी गलत कुराहरू सोच्दा यहोवा परमेश्वरले त्यसलाई पाप सम्झनु हुनेरहेछ भनेर मैले कहिल्यै महसुस गरेको थिइँन। मेरो टेढो सोचाइलाई सच्याउन मदत दिने स्पष्ट सल्लाह दिनुभएकोमा यहोवालाई धन्यवाद!
जे. पि., फिलिपिन्स
तनाव “बाइबलको दृष्टिकोण: तनावको सामना गर्न तपाईंलाईं कुन कुराले मदत गर्नसक्छ?” नामक लेखका लागि धेरै धन्यवाद। (सेप्टेम्बर ८, १९९४) म मसीही परिवारमा हुर्केको थिएँ तर किशोरावस्थामै मैले सच्चाइलाई त्यागें। अहिले म सच्चाइमा फर्केको तीन वर्ष भइसक्यो र मेरो विवाह पनि भइसक्यो तर तिनी विश्वासमा छैनन्। आफूले गरेका गल्तीहरू सोचेर म बारम्बार घोरिने गर्छु र यही कारणले गर्दा म अति तनावग्रस्त भएको थिएँ भनेर मैले महसुस पनि गरेको थिइँन। बितेका कुराहरूलाई मनमा खेलाएर केही फाइदा हुँदैन बरु भविष्यका लागि सोच्नुपर्छ भनेर बुझ्न मदत दिनुभएकोमा तपाईंहरूलाई धन्यवाद।
आर. एल., संयुक्त राज्य
‘सबै उमेरका मानिसहरू तनावग्रस्त हुन्छन्’ भनेर तपाईंहरूले उल्लेख गर्नुभएको थियो। म २१ वर्षकी हुँ र अति तनावग्रस्त छुँ। मांशपेशी बाउँडिने र तनावले गर्दा टाउको कटकटी दुख्ने रोगको कारण म आठ महिनाभित्र दुई पटक अस्पतालमा भर्ना भएँ। तर दुवै पटक मजस्तो जवान मान्छे तनावग्रस्त हुनै सक्दैन भनेर डाक्टरहरूले मलाई जवाफ दिएका छन्। त्यसैकारण तपाईंको लेख पढेर मैले अलिकता भए पनि सञ्चो महसुस गरें।
भि. पि., संयुक्त राज्य
भूगोलको पाठ म ११ वर्षिया हुँ र “टिटिकाका तालमा तैरिरहेका टापुहरू” नामक लेखको लागि म आफ्नो मूल्यांकन व्यक्त गर्न चाहन्छु। (जून २२, १९९४) टिटिकाका तालमा मानिसहरूको बसोबास छ कि छैन भनेर भूगोल कक्षामा शिक्षिकाले प्रश्न गर्नुभएको थियो। मेरा सबै सहपाठीहरूले छैन भनेर जवाफ दिए। तर मैले अवेक! पढिसकेकी हुँदा छ भनी जवाफ दिएँ। मलाई कसरी यो कुरा थाह भयो भनेर शिक्षिकाले प्रश्न गर्दा मैले उहाँलाई राम्रो साक्षी दिने मौका पाएँ।
एस. बि., इटाली