प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साक्षरता र स्वास्थ्य
  • औचित्यविहीन शिखर सम्मेलन
  • समानुभूति सिक्ने
  • चिप्लेकीराको आक्रमण
  • चीनको जनसंख्या १.२ अरब
  • भविष्यप्रति निराश युवाहरू
  • “स्मरण शक्‍ति” भएका वनस्पतिहरू
  • ढाड दुखाइको सामना गर्ने
  • उपद्रवी जीवाणुहरू
  • नयाँ जातका वनस्पतिहरू
  • के कम्प्युटर गेम खेल्नेहरूलाई खतरा छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०००
  • विश्‍व-स्वास्थ्य परिस्थिति—बढ्‌दो असमानता
    ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १/८ पृ. २८-२९

विश्‍वदर्शन

साक्षरता र स्वास्थ्य

युनेस्को-को (संयुक्‍त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन) तथ्यांकअनुसार उच्चस्तरीय साक्षरताले जीवनअवधि लम्याउनमा योगदान पुऱ्‍याउनसक्छ। युनेस्को सोर्सेस पत्रिकाले यस्तो टिप्पणी गर्छ, “लेखपढ गर्न जान्‍ने मानिसहरूले सरसफाइ तथा स्वास्थ्योपचारमा बढी ध्यान दिन्छन्‌। तिनीहरू भाग्यमा विश्‍वास गर्दैनन्‌ र बिरामी हुँदा चिकित्सककहाँ जाने बढी सम्भावना हुन्छ।” यद्यपि, साक्षरता लामो जीवनको प्रत्याशामा प्रभाव पार्ने कारकहरूमध्ये केवल एउटा कारक हो। यसमा “औषधोपचार, पारिवारको आर्थिक अवस्था र सामाजिक परिवेशले” पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

औचित्यविहीन शिखर सम्मेलन

विश्‍वभरिबाट लगभग २०,००० प्रतिनिधिहरू मार्च ६-१२, १९९५ का दिन कोपेनहेगेन, डेनमार्कमा संयुक्‍त राष्ट्रको तत्त्वावधानमा सम्पन्‍न “सामाजिक विकासको लागि विश्‍व शिखर बैठक” विषयक सम्मेलनमा एकत्रित भए। यसको उद्देश्‍य के थियो? विकासोन्मुख देशहरूमा गरिबी, बेरोजगारी तथा पृथक्करणलाई अन्त गर्ने उपायबारे छलफल गर्नु। तथापि, वित्तीय कमी नै अवरोध हो भनेर बुझ्न धेरै समय लागेन। धेरैजसो गरिब देशहरू धनी राष्ट्रहरूको ऋणमा चुर्लुम्म डुबेका जस्तो देखिन्छ। तिनीहरूले ब्याजसमेत तिर्न सक्दैनन्‌। आयोजक राष्ट्र डेनमार्कले धनी राष्ट्रहरूलाई तिनको अगुवाइमा चलेर अति गरिब राष्ट्रहरूको ऋण माफ गर्ने प्रस्ताव राख्यो। यद्यपि, समस्या के छ भने: अति गरिब राष्ट्रहरू हातहतियारको ऋणमा डुबेका छन्‌। तसर्थ, संयुक्‍त राष्ट्रको एक सल्लाहकार बताउँछन्‌, यदि ऋण मुक्‍त गरिए, तिनीहरूले झन्‌ बढी हातहतियार किन्‍ने मौका पाउनेछन्‌।

समानुभूति सिक्ने

केटाकेटीहरूमा समानुभूति अध्ययन गर्दा अरूको भावनाहरू बुझ्ने क्षमताबारे सिक्न सकिन्छ भन्‍ने कुरा अनुसन्धानकर्ताहरूले बताएका छन्‌। द न्यु योर्क टाइम्स-मा उद्धृत गरिएअनुसार क्यान्सस्‌ प्रान्तको म्यानहाटनस्थित विश्‍वविद्यालयको प्राध्यापक डा. मार्क ए. बार्नेट भन्छन्‌, “दुर्व्यवहारमा परेका केटाकेटीहरूले दुःखमा परेका अरू केटाकेटीहरूप्रति समानुभूति देखाउँदैनन्‌। तिनीहरूले दुःखमा परेको बच्चालाई देखे पनि त्योप्रति कुनै प्रतिक्रिया जनाउँदैनन्‌ वा त्यो बच्चालाई बेस्सरी हकार्छन्‌ या घचेट्‌छन्‌।” अर्कोतर्फ, तिनी अझ भन्छन्‌, “जुन बच्चाका भावनाहरूको कदर गरिएको हुन्छ, तिनले अरूका भावनाहरूप्रति बढी सकारात्मक प्रतिक्रिया देखाउँछन्‌।” तसर्थ, आमाबाबुहरूले आफ्ना छोराछोरीहरूको भावनाहरूलाई जोगाउनुको अतिरिक्‍त तिनीहरूलाई समानुभूतिशील हुन पनि सिकाउनु खाँचो छ। डा. बार्नेट भन्छन्‌, सामान्यत: समानुभूतिशील आमाबाबुले समानुभूतिशील छोराछोरी हुर्काउँछन्‌।

चिप्लेकीराको आक्रमण

छ वर्षअघि ग्यास्ट्रोपोडा नामक सुनौलो चिप्लेकीराहरू जिउँदै खानेकुराको रूपमा भियतनाममा आयात गरिन्थ्यो। चिप्लेकीराहरू उम्के भने त्यसले ठूलो समस्या खडा गर्नेछ भनेर त्यतिबेला वैज्ञानिकहरूले चेताउनी दिएका थिए। यो भनाइलाई समयले सही साबित गरेझैं देखिन्छ। केही चिप्लेकीराहरू उम्के र धान खाए। त्यसपछि, सरकारले चिप्लेकीराको आयातमाथि रोक लगाए। तैपनि, थुप्रै साना साना व्यापारिक संगठनहरूले यसको उत्पादन गर्न र बेच्न छोडेनन्‌। एशोसिएटेड प्रेस बताउँछ, अनौपचारिक भियातनामी समाचारअनुसार यी साना प्राणीहरूमध्ये केवल आठवटाले दिनभरमा १ वर्ग मिटर खेतको धान स्वाहा पार्नसक्छ! यी चिप्लेकीराहरूले ७७,००० एकड धानबाली नष्ट गरेको र यिनीहरू अधिक धान उब्जनी हुने प्रान्तमा फैलिएको कुरा प्रतिवेदनमा बताइएको छ। एउटा पोथी चिप्लेकीराले एक वर्षमा लगभग चार करोड अण्डा पार्नसक्छ।

चीनको जनसंख्या १.२ अरब

चाइना टुडे-को प्रतिवेदनअनुसार यस वर्षको प्रारम्भतिर चीनको जनसंख्या १.२ अरब पुग्यो। सन्‌ १९७० को दशकमा राष्ट्रिय परिवार नियोजन कार्यक्रम सुरु नगरिएको भए नौ वर्षअगाडि नै यति जनसंख्या पुग्थ्यो होला। तैपनि, हालैको वृद्धि दरलाई हेर्दा अर्को शताब्दीको प्रारम्भसम्म यहाँको जनसंख्या १.३ अरब पुग्नेछ। चिन, भौगोलिक तवरमा ठूला देशहरूमध्ये एउटा हो। तापनि यहाँको प्रतिव्यक्‍ति अन्‍न, मासु तथा अण्डाको उत्पादन अधिक विकसित देशहरूको भन्दा कम छ। यसको अतिरिक्‍त, प्रदूषण र अधिक जमीन ओगट्‌ने प्रवृत्तिले गर्दा खेतीपाती योग्य भूमि साँघुरिंदैछ भनी चाइना टुडे-ले बतायो।

भविष्यप्रति निराश युवाहरू

अष्ट्रेलियालाई “भाग्यमानी देश” भनिन्थ्यो। तर आज अष्ट्रेलियाका धेरै जवान मानिसहरू त्यो कुरामा सहमत छैनन्‌। दी अष्ट्रेलियन समाचारपत्रले १५ देखि १९ वर्षबीचको जवानहरूको अध्ययन गर्दा “अष्ट्रेलियाको आर्थिक अवस्था चाँडै नै अति नराम्रोगरि ह्रास भएर जानेछ भनेर तिनीहरूले पूर्वबोध गरेको” रिपोर्ट दिन्छ। सरकारी, क्याथोलिक तथा गैरसरकारी स्कूलका नवौं, दशौं र एघारौं कक्षामा पढ्‌ने विद्यार्थीहरूसित अन्तरवार्ता लिइएको थियो। समाचारपत्रले बतायो, “प्रतिवेदनअनुसार १५ र १६ वर्षे जवानहरूको वर्तमान पुस्ता भविष्यप्रति उत्सुक छैनन्‌ भनेर ‘स्पष्ट देखिन्छ।’ समाजमा हिंसा तथा बेरोजगारी बढ्‌दै गएको हुँदा भविष्यमा यो परिस्थिति अझ खराब हुने तिनीहरू विश्‍वास गर्छन्‌।” तिनीहरूको अन्दाजमा अबको दश वर्षपछि जीवन कस्तो हुनेछ भनेर सोध्दा, “आर्थिक स्थिति अझ बिग्रिने तथा व्यक्‍तिविशेषले आफ्नो आर्थिक स्थिति अनियन्त्रित हुनेछ भनी तिनीहरू धेरैले बयान गरे।”

“स्मरण शक्‍ति” भएका वनस्पतिहरू

आक्रमणकारीहरूलाई चेताउनी दिन धेरैजसो वनस्पतिहरूले रासायनिक पदार्थहरू निकाल्छन्‌। न्यु साइन्टिस्ट पत्रिकाको प्रतिवेदनअनुसार फेरि आक्रमण भएमा प्रतिरोधक विषालु पदार्थ तुरुन्तै निकाल्न केही वनस्पतिहरूले अघिल्लो आक्रमणलाई “स्मरण” गरिराखेको हुन्छ। झुसिल्कीरोले सुर्तीको पात खाँदा, पातमा जस्मोनिक अम्ल उत्पादन हुन्छ, जुन अम्ल जरासम्म फैलिन्छ। यसले निकोटिन तयार पार्छ र यो निकोटिन पातमा पुनः फर्केर पातलाई खान अयोग्य बनाउँछ। पुनः आक्रमण भए, जराद्वारा पहिल्यै प्राप्त अम्लद्वारा बोटले लगत्तै प्रतिक्रिया देखाउँछ। न्यु योर्क, बफलोस्थित स्टेट युनिभर्सिटीका ईन बल्डविन भन्छन्‌, “यसले वनस्पतिमा स्मरण शक्‍ति अवश्‍य छ भन्‍ने कुरा देखाउँछ।”

ढाड दुखाइको सामना गर्ने

क्यानाडाको द मेडिकल पोस्ट-अनुसार विश्‍वभरिका ९० प्रतिशत मानिसहरूलाई ढाडको तल्लो भागमा हुने पीडा “सामान्यतः, मानवजातिलाई असर गरिरहने अवस्था” हो। तथापि, प्रायजसो अवस्थामा महँगो औषधोपचारको आवश्‍यकता पर्दैन। हाडसम्बन्धी चिकित्सक गार्थ रसल भन्छन्‌, “अचानक वा तीव्रसित दुख्दा (साधारणतः शारीरिक कामकुरो गर्दा) ९०% जसो अवस्थामा केवल ढाडको मांशपेशी अचानक बटारिएको हुन्छ। र दुइ तीन दिन आराम गरे पीडा कम भइ हाल्छ।” त्यसपछि “हल्का व्यायाम तथा आफ्नो दैनिक कामकुरो सुरु गरे हुन्छ” भनी डा. रसल सल्लाह दिन्छन्‌।

उपद्रवी जीवाणुहरू

यु.एस.न्युज एन्ड वर्ल्ड रिपोर्ट-को एउटा लेखअनुसार “पुराना रोगहरू साथै नयाँ निक्लेका हैजाहरूले उपद्रव मच्चाइरहेछन्‌।” किन? स्वीट्‌जरल्याण्डको समाचारपत्र नोये जुर्कर जाइटुङ-अनुसार, मानिसहरूलाई रोगसमक्ष कमजोर बनाउने धेरै कारकहरू छन्‌। ती कारकहरूले रोगलाई विश्‍वभरि फैलाउँछ। परिणामस्वरूप, प्रतिरोधक क्षमता नभएका मानिसहरूमा रोग सर्दछ। यसको अतिरिक्‍त, यु.एस.न्युज-ले टिप्पणी गर्छ, “जीवाणु नाशक औषधीद्वारा पहिला सजिलै नाश गर्न सकिने जीवाणुहरूदेखि” सीडीसीका (रोग नियन्त्रण केन्द्र) मानिसहरू भयभीत छन्‌। “किनभने, त्यसले आजको नयाँ र सबैभन्दा शक्‍तिशाली औषधीहरूलाई समेत बेकाम पार्न थालेको छ।”

नयाँ जातका वनस्पतिहरू

बेलाइत र ब्राजिलका वनस्पतिशास्त्रीहरू नयाँ जातिका वनस्पतिहरू खोज्न उत्तर-पूर्वी ब्राजिलको एकमात्र पर्वतमा २० वर्षदेखि खोजयात्रा गरिरहेका छन्‌। अघि कहिल्यै पत्ता नलागेका आश्‍चर्यलाग्दो १३१ प्रकारका वनस्पतिहरूको तिनीहरूले खोजी गरेका छन्‌। यी जम्मै केवल १७१ वर्ग किलोमिटरको इलाकाभित्रै उम्रिएका थिए। समाचारपत्र फोल्या डे साउ पाऊलु-ले “अदनको बगैंचा” भनी नामाकरण गरेको यो क्षेत्र ब्राजिलको बाहिया प्रान्तस्थित १,९६० मिटर अग्लो पेको डास आल्मास पर्वतमा पर्छ। वनस्पतिशास्त्रीहरूले यी वनस्पतिहरू नयाँ जातिका हुन्‌ कि होइनन्‌, सो निश्‍चित गर्न संग्रह गरिएका केही ३,५०० प्रकारका स-साना वनस्पतिहरूको जाँच गरे। र तिनीहरू नयाँ जातिका प्रमाणित भए। बेलाइतको रोयल बोटानिक गार्डनका साइमन मायोले समाचारपत्रलाई बताए: “बीसौं शताब्दीको अन्ततिर यति धेरै प्रकारका वनस्पतिहरू पत्ता लाग्नु प्रभावशाली कार्य हो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने