प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. ६-८
  • बेरोजगारी किन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेरोजगारी किन?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • बेरोजगारीको महामारी
    ब्यूँझनुहोस्‌!—१९९६
  • बेरोजगारीबाट स्वतन्त्रता कसरी अनि कहिले?
    ब्यूँझनुहोस्‌!—१९९६
  • यहोवाले तपाईंलाई कुनै रीतिले छोड्‌नुहुनेछैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. ६-८

बेरोजगारी किन?

धेरै देशका मानिसहरू जीविकोपार्जनका लागि लखतरान होऊञ्जेल काम गर्न वाध्य हुन्छन्‌। कहिलेकाहीं तिनीहरूले कम तलबमा जोखिमपूर्ण कामसमेत गर्नुपर्ने हुन्छ। केही समयअघिसम्म ठूलो कम्पनी वा सरकारद्वारा सञ्चालित विभागमा जागिर पाएपछि अवकाश नपाऊञ्जेल त्यो नोकरी सुरक्षित रहनेछ भनेर थुप्रै देशका मानिसहरू सोच्ने गर्थे। तर आज कुनै पनि स्थितिमा आफूलाई मन पर्ने जागिर र सुरक्षा दिनसक्ने व्यवसाय संगठन वा निगमहरू देखिंदैन। किन?

समस्याका कारणहरू

चाहे कलेजको डिग्री हासिल गरेका होऊन्‌ या नहोऊन्‌, हजारौं जवानहरूले पहिलो जागिरसमेत पाउन सक्दैनन्‌। उदाहरणका लागि, इटालीमा बेरोजगारहरूमध्ये एक तिहाइभन्दा धेरै १५ र २४ वर्षबीचका मानिसहरू छन्‌। काम गर्दै गरेका र जागिर सुरक्षित राख्न प्रयास गरिरहेकाहरूको औसत उमेर बढ्‌छ। त्यसैले जवान मानिसहरूलाई पहिलो पटक जागिर पाउन असाध्यै कठिन हुन्छ। पहिलो जागिर खोज्ने स्त्रीहरूको बढ्‌दो संख्याबीच पनि बेरोजगारीको दर उच्च छ। यसरी पहिलो जागिर पाउन संघर्ष गरिरहेका नयाँ कामदारहरूको संख्या आश्‍चर्यलाग्दो छ।

प्रथम औद्योगिक यन्त्रको प्रयोग हुन थालेदेखि प्राविधिक परिवर्तनले कामदारहरूको खाँचोलाई कम गरेको छ। थुप्रै मानिसहरूले थकित होऊञ्जेल लामो समयसम्म काम गर्नु परेको हुँदा यन्त्रहरूले कामलाई कम वा थोरै समयमा समाप्त गर्छ भनेर कामदारहरूले आशा गरेका थिए। यन्त्रको प्रयोगले उत्पादनमा वृद्धि भयो र धेरै प्रकारका खतराहरूलाई हटायो। तर यसका साथै त्यसले जागिरको संख्या पनि घटायो। नयाँ सीपहरू नजानेसम्म ती जागिरबाट निकालिएका मानिसहरू दीर्घकालीन बेरोजगार हुने खतरामा पर्छन्‌।

साधारणतया मानिसहरू उपभोग गरेर गरी नसक्ने अति धेरै उत्पादित व्यापारिक वस्तुहरूले थिचिएको महसुस गर्छन्‌। यसबाहेक कम रोजगार भएकोले क्रेताहरू कम हुन्छन्‌। यसरी उपभोग गर्न सकिनेभन्दा धेरै वस्तुहरू व्यापारिक स्रोतहरूले उत्पादन गर्छन्‌। फलतः उत्पादनमा प्रत्याशा गरिएको वृद्धिलाई सँभाल्न स्थापना गरिएका ठूल-ठूला उद्योगहरू आर्थिक तवरमा कमजोर भएकोले बन्द हुँदैछन्‌ वा अर्को रूपमा परिवर्तन गरिंदैछ। यस्ता प्रवृत्तिहरूले गर्दा मानिसहरू बेरोजगारीको शिकार बन्छन्‌। आर्थिक ह्रासमा कामदारहरूको माग कम हुन्छ। अनि यो आर्थिक ह्रासको दौडान गुमेको जागिर व्यापारिक क्रियाकलाप वृद्धि भएको समयमा पुनः प्राप्त गर्न मुश्‍किलै पर्छ। स्पष्टतया, बेरोजगारीको कारण एउटा होइन थुप्रै छन्‌।

सामाजिक महामारी

बेरोजगारी जोसुकैमाथि आइपर्ने हुनाले यो सामाजिक महामारी हो। केही देशहरूले अहिले कार्यरत मानिसहरूको जागिर सुरक्षित गर्न धेरै प्रकारका प्रक्रियाहरूको प्रबन्ध गरेका छन्‌। उदाहरणका लागि, कम तलबमा कम काम। तथापि, यसले गर्दा रोजगार खोज्ने नयाँ मानिसहरूले हतपत्त जागिर पाउँदैनन्‌।

रोजगारी र बेरोजगार यी दुवै प्रकारका मानिसहरूले जागिरसम्बन्धी समस्याहरूको बारम्बार विरोध गर्छन्‌। तर बेरोजगारहरूले नयाँ जागिरको माग गर्छन्‌ भने, जागिरेहरूले चाहिं आफ्नो जागिरको सुरक्षा गर्ने प्रयास गर्छन्‌। यी दुइ वर्गका विचारहरू सधैं सहमत हुँदैन। इटालीको पत्रिका पानोरामा बताउँछ, “जागिर खानेहरूलाई फाल्तु समयमा पनि काम गर्न बोलाइन्छ। जागिर नभएकाहरू चाहिं बेरोजगार नै रहन्छन्‌। समाज दुइ समूहमा विभाजित होला भन्‍ने डर छ . . . एकातर्फ चौबीसै घण्टा काम गर्ने जागिरेहरू अनि अर्कोतर्फ मान्य नभएका बेरोजगारहरू। ती बेरोजगारहरू प्रायः पूर्णतया अरूको दयामा निर्भर छन्‌।” एक विशेषज्ञ भन्छन्‌, युरोपमा मुख्यतः जागिर नभएकाहरूले भन्दा जागिर भएकाहरूले आर्थिक वृद्धिको उपभोग गर्छन्‌।

यसबाहेक, बेरोजगारी स्थानीय आर्थिक स्थितिसित सम्बन्धित छ। त्यसैले जर्मनी, इटाली तथा स्पेनजस्ता देशहरूका विभिन्‍न क्षेत्रका आवश्‍यकताहरूबीच ठूलो भिन्‍नता पाइन्छ। के कामदारहरू नयाँ सीपहरू सिक्न वा अर्को क्षेत्र वा अर्को देशमा सर्न समेत इच्छुक छन्‌? प्रायः काम पाउने अन्तिम उपाय नै यो हुनसक्छ।

यसका कुनै समाधानहरू छन्‌?

सबैभन्दा ठूलो आशा आर्थिक सुधारमाथि गरिएको छ। तर केही मानिसहरू सन्देह गर्छन्‌। अनि तिनीहरू सोच्छन्‌, लगभग सन्‌ २००० नपुगी यो सुधार हुनेछैन। अरूको विचारमा चाहिं सुधार सुरु भइसक्यो। तर त्यसले कुनै ठोस प्रगति गर्न सकेको छैन भनेर हाल इटालीको रोजगारमा आएको पतनले प्रमाणित गर्छ। आर्थिक सुधारमा बेरोजगारी कम हुनैपर्छ भन्‍ने छैन। सामान्य वृद्धि हुँदा व्यवसाय संगठनले थप नयाँ कामदारहरू चलाउनुभन्दा कार्यरत कामदारहरूलाई नै प्रयोग गर्न रुचाउँछ। फलस्वरूप, “रोजगारविहीन आर्थिक वृद्धि हुन्छ।” अझ, नयाँ जागिरको संख्याभन्दा बेरोजगारहरूको संख्या प्रायः छिटो बढ्‌छ।

आज राष्ट्रिय अर्थव्यवस्था विश्‍वव्यापी भइरहेको छ। केही अर्थशास्त्रीहरू सोच्छन्‌, ती उत्तर अमेरिकी स्वतन्त्र व्यवसाय सम्झौता (एनएएफटीए) र एसिया-प्रशान्त आर्थिक सहयोग (एपीइसी) जस्ता ठूल-ठूला नयाँ अन्तरराष्ट्रिय व्यवसाय क्षेत्रहरूले पनि विश्‍वको अर्थव्यवस्थालाई बढावा दिएको छ। तथापि, यो प्रवृत्तिले गर्दा जहाँ सस्तोमा श्रमिकहरू पाइन्छ, त्यहीं यसलाई स्थापित गर्न ठूल-ठूला निगमहरू उत्प्रेरित हुन्छन्‌। फलस्वरूप, औद्योगिक राष्ट्रहरूले कामहरू गुमाउँछन्‌। त्यसको साथै कम कमाइ हुने श्रमिकहरूले आफ्नो कमाइ झन्‌ घटेका देख्छन्‌। धेरै देशहरूले यी व्यवसाय सम्झौताहरू विरुद्ध हिंसात्मक ढंगमा समेत विरोध प्रदर्शन गर्नु कुनै अचम्म होइन।

विशेषज्ञहरूले बेरोजगारीको सामना गर्ने थुप्रै सुझाउहरू देलान्‌। यस्ता सुझाउहरू अर्थशास्त्री तथा राजनीतिज्ञ वा कामदारहरूको सुझाउमा निर्भर भएका हुनाले केही त विरोधाभासपूर्णसमेत हुन्छन्‌। कतिपयले कर कम गरेर कम्पनीहरूलाई कर्मचारीहरू बढाउने प्रस्ताव दिन्छन्‌। केहीले बृहत्‌ सरकारी हस्तक्षेपको सल्लाह दिन्छन्‌। अरू चाहिं काम बाँड्‌ने र काम गर्ने समय घटाउने सुझाउ दिन्छन्‌। जागिरबाट खारिज हुने स्थितिलाई रोक्न सुझावित उपायहरू यी नै हुन्‌। यो केही ठूला कम्पनीहरूमा लागू गरिसकिएको छ। तैपनि गत शताब्दीको दौडान सबै औद्योगिक राष्ट्रहरूमा काम गर्ने समय क्रमशः कम गरिंदै आए तापनि बेरोजगारी भने कम भएको छैन। अर्थशास्त्री रिनेटो ब्रुनेटो किटान गरेर भन्छन्‌, “अन्ततः प्रत्येक नीतिको लाभभन्दा खर्च धेरै साबित हुन्छ।”

पत्रिका एल एस्प्रेसो-ले यस्तो निष्कर्ष निकाल्छ, “हामीले आफूलाई धोखा दिनु हुँदैन। समस्या कठिन छ।” के समाधान गर्न नसकिने छ? के बेरोजगारी समस्याको समाधान छ?

[पृष्ठ ८-मा भएको पेटी]

पुरानो समस्या

बेरोजगारी पुरानो समस्या हो। शताब्दीयौंदेखि मानिसहरू इच्छा नहुँदा नहुँदै पनि कहिलेकाहीं कामविहीन भएका छन्‌। ठूलो निर्माण योजनामा एक पटक काम सकिएपछि त्यहाँ कार्यरत हजारौं श्रमिकहरू अरू कतै काम नपाइञ्जेल बेकार रहन्छन्‌। त्यस समय तिनीहरूले झन्‌ असुरक्षित जीवन बिताउँछन्‌।

मध्य युगको दौडान “आधुनिक समयमा जस्तो बेरोजगारीको समस्या नभए तापनि” बेरोजगारहरू थिए। (ला डीसोकुपास्योने नेला स्तोरिया [इतिहासमा बेरोजगारी]) तथापि, त्यति बेला काम नगर्नेलाई मुख्यतः बेकामको लम्फू वा घर न थरको व्यक्‍ति ठानिन्थ्यो। प्राध्यापक जोन ब्रुनेट बयान गर्छन्‌, १९ औं शताब्दीपछि बेलायती विश्‍लेषकहरूले “बेरोजगारलाई मुख्यतः राती गल्लीहरूमा सुत्ने वा हिंड्‌ने ‘बदमाश’ र घरथर नभएका मानिसहरूसित मिलाए।”—अल्छी हातहरू (अंग्रेजी)।

“बेरोजगारी एउटा अलग्गै कटु घटना तथा समस्या हो भनेर १९ औं शताब्दीतिर वा २० औं शताब्दीको सुरुमा बोध भयो। सन्‌ १८९५ मा बेरोजगारीको अध्ययन गरेर समस्या सुल्झाउने विशेष सरकारी आयोग गठन गरियो। एउटा हो, “रोजगारीको कमीले तनाउ” भन्‍ने विषयमा गठन गरिएको बेलाइती लोक सभाको चुनाउ समिति। जागिरविहीन हुनु सामाजिक महामारी भएको थियो।

विशेष गरेर प्रथम विश्‍वयुद्धपछि यो नयाँ जानकारी नाटकीय ढंगमा बढ्यो। युद्धको कारण हातहतियारको उत्पादनले व्यवहारिक ढंगमा बेरोजगारीलाई हटायो। सन्‌ १९२९ मा सुरु भएर विश्‍वको सबै औद्योगिक आर्थिक व्यवस्थालाई असर गर्ने महामन्दीको सुरु १९२० दशकतिर पश्‍चिमी मुलुकहरूमा भएको थियो। दोस्रो विश्‍वयुद्धपछि धेरै देशहरूले नयाँ आर्थिक तथा रोजगारको वृद्धि अनुभव गरे। तर आर्थिक सहयोग तथा विकास संगठन भन्छ, “आजको बेरोजगारी समस्याको सुरु १९६० दशकको मध्यतिर भएको भनी पत्ता लाउन सकिन्छ।” सन्‌ १९७० दशकको तेल संकट र कम्प्युटरको प्रयोगमा आएको द्रुत तथा अचम्मलाग्दो विस्तारले श्रम बजारलाई नराम्रो असर गऱ्‍यो। पहिले सुरक्षित मानिएको श्‍वेत-ग्रिवी तथा व्यवस्थापन क्षेत्रमा समेत बेरोजगारीको कठोर आक्रमण सुरु भएको छ।

[पृष्ठ ७-मा भएको चित्र]

थुप्रै जागिरको मागले बेरोजगारी समस्या समाधान हुनेछैन

[चित्रको स्रोत]

Reuters/Bettmann

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने