प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. ९-११
  • बेरोजगारीबाट स्वतन्त्रता कसरी अनि कहिले?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेरोजगारीबाट स्वतन्त्रता कसरी अनि कहिले?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जागिरको खोजीमा
  • भावनात्मक सहयोगको महत्त्व
  • बेरोजगारीको भूतबाट स्वतन्त्र
  • बेरोजगारीको महामारी
    ब्यूँझनुहोस्‌!—१९९६
  • बेरोजगारी किन?
    ब्यूँझनुहोस्‌!—१९९६
  • कसरी जागिर पाउने (र त्यो नगुमाउने!)?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. ९-११

बेरोजगारीबाट स्वतन्त्रता कसरी अनि कहिले?

आफ्नो सृष्टिकर्ताले जस्तै मानिसले काममा आनन्द अनुभव गर्नसक्छ। त्यसैकारण त्यसलाई “परमेश्‍वरको दान” भनिएको छ। (उपदेशक ३:१२, १३; यूहन्‍ना ५:१७) रुचिकर जागिरले हामीलाई खुशी दिन्छ र आफू उपयोगी तथा अरूका लागि आवश्‍यक भएको महसुस गराउँछ। मन नपरेको जागिर भए तापनि कसैले त्यो गुमाउन चाहँदैन। तलबी रोजगारीले ज्यालाको ग्यारेन्टी दिनुका साथै व्यक्‍तिको जीवनलाई स्थायित्व, उद्देश्‍य र व्यक्‍तित्वको भाव दिन्छ। अतः “बेरोजगारले अरू कुराभन्दा जागिर नै बढी रुचाउनु” अचम्मलाग्दो कुरा होइन।

जागिरको खोजीमा

श्रम बजारको परिस्थिति कति जटिल छ, त्यो हामीले जानी सकेका छौं। परिणामस्वरूप, जागिर खोज्नका लागि थुप्रै ग्राह्‍य तरिकाहरू छन्‌। जसलाई सरकारी सुविधाको हक दिइएको छ उसले सरकारले दिने बेरोजगारी सुविधाहरू जहाँ उपलब्ध छ प्रयोग गर्नसक्छन्‌। अनि जहाँ उपयुक्‍त छ त्यहाँ तिनीहरूले बेरोजगारी कार्यालयमा नाउँ दर्ता गरेर जे काम गर्न लाउँछ त्यही गर्छन्‌। अरूले आफ्नै रोजगार निकालेर जागिरे हुन्छन्‌। तर यसमा सावधानी अपनाउनुपर्छ। यसो गर्न चाहनेहरूले सुरुमा धेरै खर्च बेहोर्नुपर्छ। त्यो खर्च पूरा गर्न तिनीहरूलाई सजिलो नहोला। राजस्व तथा कर नियमहरू जान्‍नु र त्यसको कदर गर्नु पनि आवश्‍यक छ। कतिपय देशहरूमा ती नियमहरू असाध्यै कठिन हुन्छन्‌।—रोमी १३:१-७; एफिसी ४:२८.

केहीले जागिर पाउन अथक प्रयास गर्छन्‌। तिनीहरूले काइदा तथा दृढतासाथ यसमा आफूलाई समर्पित गर्छन्‌। अरू चाहिं स्थानीय समाचारपत्रमा कर्मचारी चाहिएको घोषणा दिने कम्पनीहरूमा आवेदन दिन्छन्‌। यीमध्ये केहीले निशुल्क जागिर-निवेदन घोषणाहरू छाप्छन्‌। ब्यूँझनुहोस्‌!-ले जवान तथा वयस्कहरू दुवैका लागि प्रायः यस विषयमा उपयोगी र व्यवहारिक सल्लाह दिएको छ।a—पेटीहरू हेर्नुहोस्‌, पृष्ठ ११.

आफूलाई मन नपर्ने जागिरलगायत सबै प्रकारका कामहरू गर्न तपाईं इच्छुक हुनैपर्छ। विशेषज्ञहरूअनुसार, जागिरको अन्तरवार्तामा सोधिने प्रथम प्रश्‍नहरू हुन्‌, पहिले काम गरेको छ कि छैन र काम नपाएको समयावधि। नियमित कामबाट निक्लेर लामो समयसम्म काम नपाएकाहरूप्रति सम्भाव्य जागिरदाताले नकारात्मक झुकाउ राख्छन्‌।

स्कूलमा बुद्धिमानीपूर्वक सीपहरू सिकेका व्यक्‍तिले पहिलो जागिर पाउने धेरै मौका पाउँछ। अर्थविज्ञानका शिक्षक आल्बर्टो मायोकी भन्छन्‌, “बेरोजगारीले विशेष गरेर सीप नभएका कामदारहरूलाई असर गर्छ।”

भावनात्मक सहयोगको महत्त्व

एउटा महत्त्वपूर्ण तत्त्व हो, सकारात्मक दृष्टिकोण। जागिर पाउने या नपाउने यस कुरामा निर्भर हुन्छ। बेरोजगारहरूले भावनात्मक सहयोगको ठूलो मूल्यांकन गर्छन्‌। यसले तिनीहरूलाई एकलकाँटे वा निरुत्साहित हुनदेखि रोक्न मदत गर्छ। यसबाहेक, जागिरेहरूसित आफूलाई तुलना गरेर आत्मसम्मान नगुमाउन पनि यसले तिनीहरूलाई सहायता दिन्छ।

कम पैसामा जीविका चलाउनु सजिलो हुन नसक्ला। स्टिफेनो भन्छन्‌, “जति चिन्तित भएँ त्यति नै आफ्नो समयको सही उपयोग गर्न कठिन भएको महसुस गरें।” फ्रान्सेस्को स्मरण गर्छन्‌, “मैले आफ्ना केही प्रिय मित्रहरूमा दोष भेट्‌न थालेपछि म साह्रै तनाउग्रस्त भएँ।” यस बेला परिवारको सहयोग महत्त्वपूर्ण हुन्छ। आय स्रोत नहुँदा जीवनस्तर घटाउन परिवारका सबै सदस्यहरू सहमत हुनुपर्छ। तेइस वर्षदेखि काम गर्दै आएको कम्पनीबाट निकालिएको ४३ वर्षीय फ्राङ्‌क भन्छन्‌: “मलाई नोकरीबाट निकालेदेखि मेरी पत्नी मप्रति सकारात्मक र प्रोत्साहनको स्रोत भइन्‌।” अर्मेन्डो विशेष गरेर आफ्नी “पत्नी किनमेलमा एकदमै सावधान भएकीले” पत्नीप्रति कृतज्ञ छन्‌।—हितोपदेश ३१:१०-३१; मत्ती ६:१९-२२; यूहन्‍ना ६:१२; १ तिमोथी ६:८-१०.

बाइबल सिद्धान्तहरूले हामीलाई सकारात्मक मनोवृत्ति राख्न तथा निकै महत्त्वपूर्ण मूल्यहरूलाई नभुल्न मदत दिन्छ। ब्यूँझनुहोस्‌!-ले अन्तरवार्ता लिएका माथि उल्लिखित व्यक्‍तिहरूले बाइबलबाट सान्त्वनादायी आश्‍वासन पाएका छन्‌। यसले तिनीहरूलाई परमेश्‍वरसित घनिष्ठ बनाएका छन्‌। (भजन ३४:१०; ३७:२५; ५५:२२; फिलिप्पी ४:६, ७) यहोवा परमेश्‍वरसित आत्मीय सम्बन्ध राख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। किनभने उहाँ भन्‍नुहुन्छ: “‘म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्यागनेछैनँ।’”—हिब्रू १३:५.

बेरोजगार होस्‌ या नहोस्‌, परमेश्‍वरको वचनले मानिसलाई दैनिक जीवनका लागि उपयोगी गुनहरू खेती गर्न प्रोत्साहित गर्छ। यहोवाका साक्षीहरूलाई जागिरका लागि खोज्नु तथा इमानदार कामदारहरूको हैसियतमा मूल्यांकन गर्नु कुनै आश्‍चर्यलाग्दो कुरा होइन। तिनीहरूले परिश्रमी तथा भरोसायोग्य हुनू तर अल्छी नहुनू भन्‍ने बाइबलको सल्लाह पालन गर्छन्‌।—हितोपदेश १३:४; २२:२९; १ थिस्सलोनिकी ४:१०-१२; २ थिस्सलोनिकी ३:१०-१२.

बेरोजगारीको भूतबाट स्वतन्त्र

काम नहुनुको आधारभूत जड मानव स्वार्थ र लोभ हो। बाइबलले भनेजस्तै “एउटा मानिसले अर्को मानिसलाई दुःख [दिएको छ]।”—उपदेशक ८:९.

मानव हैकमवादलाई हटाएर अहिले “आखिरी दिन[मा]” भएका बेरोजगारी तथा अरू समस्याहरूको समाधान गरि- नेछ। (२ तिमोथी ३:१-३) वास्तविक नयाँ संसारको खाँचो छ। हो, त्यस्तो संसार जहाँ धार्मिक मानव समाज न्यायी र निष्पक्ष शासनअन्तर्गत बस्न तथा काम गर्नसक्छन्‌। त्यहाँ फेरि लोभ हुनेछैन। (१ कोरिन्थी ६:९, १०; २ पत्रुस ३:१३) त्यसैकारण येशूले मानिसहरूलाई यस पृथ्वीमा परमेश्‍वरको राज्य आओस्‌ र उहाँको इच्छा पूरा होस्‌ भन्‍ने प्रार्थना गर्न सिकाउनुभयो।—मत्ती ६:१०.

मानवजातिका केही मुख्य समस्याहरूको अन्तबारे भविष्यसूचक रूपमा वर्णन गर्दै परमेश्‍वरको वचनले उहाँको राज्यका प्रभावहरू यसरी चित्रित गर्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, . . . छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌।” (यशैया ६५:२१-२३) बेरोजगारको भूत चाँडै सदाका लागि हराउनेछ। तपाईं परमेश्‍वरको समाधानबारे अझ धेरै जान्‍न चाहनुहुन्छ भने, तपाईंको इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌।

[फुटनोटहरू]

a हेर्नुहोस्‌, ब्यूँझनुहोस्‌! (अंग्रेजी) अक्टोबर २२, १९९४ को पृष्ठ १६-१८; अगस्त ८, १९९१, पृष्ठ ६-१०; जनवरी २२, १९८३, पृष्ठ १७-१९; र जून ८, १९८२, पृष्ठ ३-८.

[पृष्ठ ११-मा भएको पेटी]

घरमा काम निकाल्ने

• अरूका बालबच्चाको हेरचाह गर्ने

• घरमै रोपेको तरकारी वा फूलहरू बेच्ने

• कपडा सिलाउने, हेरफेर तथा टालटुल गर्ने

• ज्यालादारी गर्ने

• रोटी, केक आदि बनाउने तथा भोजन तयार पार्ने

• सिरक बनाउने, सिलाइ-बुनाइ गर्ने, श्रृंगारको चीज र माटाका भाँडाकुँडा बनाउने; अरू कारीगरीहरू

• कुर्सी, गद्दी आदिमा खोल लगाउने

• हिसाब-किताप राख्ने, टाइपिङ, घरेलु कम्प्युटर सेवाहरू उपलब्ध गराउने

• टेलिफोन सेवा

• कपाल काट्‌ने

• पैसा लिएर मानिसहरूलाई खान-बस्नका लागि राख्ने

• विज्ञापनदाताहरूका लागि ठेगाना र खामहरू भर्ने

• गाडी धुने र त्यसमा पालिश लगाउने (ग्राहकले तपाईंको घरमा गाडी ल्याउँछ)

• पशुहरूको सफाइ गर्ने र तिनीहरूलाई प्रशिक्षण दिने

• ताला मर्मत गर्ने र साँचो बनाउने (घरमा कारखाना)

• धेरैजसो यी कामहरूको विज्ञापन निश्‍शुल्क वा कम लागतमा समाचारपत्र वा अरू स्रोतहरूमा दिन सकिन्छ

[पृष्ठ ११-मा भएको पेटी]

घरबाहिर काम निकाल्ने

• अरूको घर हेरचाह गर्ने (छुट्टी बिताउन जाँदा मानिसहरूलाई घर हेरचाह गरिदिने मानिस चाहिन्छ।)

• सफाइ गर्ने: निर्माणपछि, अग्निकाण्डपछि, मानिस सरेपछि, स्टोर्स; कार्यालय; घर तथा अपार्टमेन्ट अनि घरेलु काम (अरूका घरहरूमा); झ्यालहरू (पसल तथा घर)

• मर्मत गर्ने: सबै प्रकारका उपकरण वा यन्त्रहरू (पुस्तकालयहरूमा सजिलोसित मर्मत गर्न सिकाउने पुस्तकहरू पाइन्छ)

• घरसम्बन्धी कामहरू: प्लास्टर गर्ने; दराज, ढोका, दलान आदि बनाउने; रंग लाउने; बार लाउने; छाना लाउने

• खेतको काम: अन्‍नबाली लाउने, फल टिपेर संग्रह गर्ने

• भित्री सजावट र बोटबिरुवाको हेरचाह: कार्यालयमा, बैंकमा, पसलको चोक तथा घर वा होटलका हलहरूमा

• सम्पत्ति प्रबन्ध: पाले, भवनको प्रबन्धक (कहिलेकाहीं निश्‍शुल्क बस्ने डेरा पाउन सकिन्छ)

• बिमा, जग्गा-जमीनको किनबेच

• गलैंचा लगाउने वा सफा गर्ने

• समाचारपत्र घर-घरमा पुऱ्‍याउने (वयस्क तथा बच्चाहरू), यस्तै अरू पुऱ्‍याउने कामहरू: विज्ञापन, नगरपालिकाहरूका लागि बिलहरू

• सार्ने, संचय गर्ने

• बगैंचा बनाउने, रूखलाई काँटछाँट गरेर मिलाउने, चउरको हेरचाह गर्ने, दाउरा चिर्ने

• स्कूल-बस ड्राइभर

• फोटोग्राफी (व्यक्‍ति तथा सार्वजनिक उत्सवहरू)

• मछुवाहरूका लागि बल्छीमा चारो राख्ने

• साटफेर गर्ने काम: विद्युतीय कामका लागि कार मर्मत कार्यहरू साटफेर, नाल वा पाइप मर्मतका लागि सिलाइ आदि।

[पृष्ठ १०-मा भएका चित्रहरू]

“छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।”—यशैया ६५:२२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने