प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १०/८ p. ३१
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १०/८ p. ३१

पाठकहरूका प्रतिक्रिया

भरोसा केही मित्र तथा आफन्तहरूको विश्‍वासघातले म निराश थिएँ। मलाई कसैको पनि विश्‍वास लाग्न छाड्यो। तर “तपाईं कसमाथि भरोसा गर्न सक्नुहुन्छ?” (फेब्रुअरी ८, १९९६) श्रृंखलाले मलाई भरोसासम्बन्धी निकै सन्तुलित दृष्टिकोण प्रदान गऱ्‍यो। यस्तो सामयिक जानकारीको लागि धन्यवाद।

ई. आइ., कोरिया

वर्षौंको दौडान मलाई मेरो बुबाले दुर्व्यवहार गर्नुका साथै दुइ पतिहरू र एक मसीही भाइद्वारा मैले धोका पाएको छु। अतः कसैलाई पनि भरोसा नगर्ने निष्कर्षमा पुगें। मलाई मानिसहरू चाहिंदैन भनेर विश्‍वस्त भएँ। तर यस लेखले मलाई अझ सन्तुलित हुन मदत दियो। भरोसा गर्नु मलाई असाध्यै गाह्रो लागे तापनि चेष्टा भने गरि नै रहेकी छु। कसमाथि भरोसा गर्नुपर्छ, त्यसबारे उप्रान्त एकदमै होशियार हुनेछु।

सी. एच., संयुक्‍त राज्य

माटर्होर्न मैले (फेब्रुअरी ८, १९९६) “अनुपम माटर्होर्न” लेख पढें। यस सुन्दर पर्वतको तस्बिरले मलाई साँच्चै मोहित पाऱ्‍यो! यस लेखले मलाई परमेश्‍वरको सृष्टिप्रति अझ धेरै मूल्यांकन गर्न उत्प्रेरित गऱ्‍यो।

जे. डब्ल्यु., संयुक्‍त राज्य

स्याउहरू “दिनमा एउटा स्याउ खानुहोस्‌, चिकित्सकलाई भगाउनुहोस्‌” (फेब्रुअरी ८, १९९६) लेखको लागि धेरै धेरै धन्यवाद। हाम्रो बारीमा १०० भन्दा धेरै स्याउका रूखहरू भएकोले यस लेखले मेरो चासो जगायो। यी रूखहरूलाई अझ फलदायी बनाउन हामी ती छिंवल्छौं र स्याहारसुसार गर्छौं। तपाईंहरूका सबै लेखहरूको शुद्धतालाई हामी मूल्यांकन गर्छौं। ती लेखहरूले स्फूर्ति र भरपर्दो जानकारी प्रदान गर्छन्‌।

पी. बी., संयुक्‍त राज्य

मनोविकृति “मनोविकृति—के यसले तपाईंको जीवन नियन्त्रण गर्छ?” (फेब्रुअरी ८, १९९६) शीर्षक भएको उत्तम लेखको लागि आभारी छौं। म बीस वर्षकी भएँ र मनोविकृतिले ग्रस्त छु। मलाई के भइरहेको छ, त्यसबारे जानकारी पाऊँ भनी यहोवालाई हर घडी प्रार्थना चढाएकी छु।

एम. ए. सी., स्पेन

पूर्ण-समय सुसमाचारकको हैसियतमा सेवा गर्दै अग्रगामी गर्न थालेको बेलातिर परमेश्‍वरबारे अनियन्त्रित र अनादरपूर्ण विचारहरू ममा उत्पन्‍न हुन थाल्यो। अक्षम्य पाप गरेको छु जस्तो लाग्थ्यो र धेरै पटक रोएँ। मेरा भावनाहरू पढेर अहिले म कस्तो महसुस गर्छु, तपाईंहरू कल्पना गर्न सक्नुहुन्‍न। यस समस्याले अरू पनि पीडित हुनसक्छन्‌ भनेर कहिल्यै सोचेको थिइनँ। हाम्रोनिम्ति सधैं तत्पर रहनुभएको लागि भाइहरूलाई धेरै धन्यवाद।

सी. बी., नाइजेरिया

आँशुले गह भिजाउँदै यो लेख दोऱ्‍याइ तेऱ्‍याइ पढिरहें। यसले मेरो अवस्थाबारे साँच्चै विस्तृत रूपमा बतायो! पागल हुँदैछु वा प्रेतहरूले पो मलाई वशमा पार्दैछन्‌ कि भन्‍ने लाग्थ्यो। अरू भाइहरू पनि त्यस्तै विकारले पीडित रहेछन्‌ भन्‍ने थाह पाउँदा सान्त्वना पाएँ।

के. टी., जापान

यस समस्यामा मदत पाउन बारम्बार यहोवालाई पुकारें। तर यसो गर्नु व्यर्थ र कुनै कुराले पनि मलाई मदत दिनसक्दैन भन्‍ने लागेकोले प्रार्थना नगर्ने निर्णय गरें। अहिले त आफ्नो अवस्था बुझेको छु र ढुक्क महसुस गर्छु। मलाई लाग्छ, यो लेख अति मायालु ढंगमा लेखिएको छ। यहोवाले साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ भनेर म निश्‍चित छु।

जे. एफ., चेक गणतन्त्र

सात वर्षअघिदेखि अहिलेसम्म मनोविकृत विचारहरूद्वारा म मानसिक तवरमा पीडित छु। यसले मलाई व्याकुल र निराश बनाएको छ। लज्जित र दोषी भावनाको कारण त्यसबारे कसैसित कुरा गर्नै सक्दिनँ। साँच्चै, आफूलाई पागल ठानें। यो लेखलाई पढ्‌दा विश्‍वास गर्नै सकिनँ। मैले भोगिरहेको कष्ट भोग्ने अरू पनि रहेछन्‌ भनेर थाह पाउँदा छक्कै परें! आँशुले गह रसायो। कुनै हालतमा पनि म एक्लो थिइनँ। मैले कुनै अक्षम्य पाप गरेको थिइनँ र यहोवा मसित क्रोधित हुनुहुन्‍नथ्यो।

एस. बी., दक्षिण अफ्रिका

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने