प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १०/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९६
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १०/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

जन्तु कथा तपाईंहरूले प्रकाशित गर्नुहुने जीवजन्तुसम्बन्धी लेखहरू मलाई पढ्‌न मन पर्छ। मैले प्लेटिपसबारे कहिल्यै नसुनेकोले “रहस्यमय प्लेटिपस” लेख (जनवरी ८, १९९७) पढ्‌दा चकित भएँ! त्यसै अंकमा मानिस र पशुबीचको सुमधुर सम्बन्धबारे “गुनिलो कुदु” लेख पढेर म प्रभावित भएँ। मानिसजातिले पशुप्राणीप्रति प्रेम र आदर देखाउँदा कत्ति आनन्द लाग्छ!

एफ. ए., ब्राजिल

हृदयघात हामीलाई आध्यात्मिक निर्देशन दिनुका साथै हाम्रो शारीरिक सुस्वास्थ्यको पनि हेरचाह गर्ने संगठनभित्र हुन पाएकोमा म कृतज्ञ छु। “हृदयघात—त्यसबाट जोगिन के गर्न सकिन्छ?” (जनवरी ८, १९९७) श्रृंखलाले हृदयघातका लक्षणहरू कसरी चिन्‍ने, स्पष्ट पाऱ्‍यो। मेरा ससुरालाई ती लक्षणहरू भएको थाह पाउनासाथ हामीले स्थिति गम्भीर हुनसक्छ भन्‍ने बुझेर उहाँलाई अस्पताल कुदाइहाल्यौं। उहाँलाई हृदयघात भइरहेको रहेछ; अस्पतालमा २४ दिन राखेपछि उहाँ खतरामुक्‍त हुनुभयो।

ई. एस. ब्राजिल

मेरो बुबा १९९५ मा धमनी सुजनको कारण बित्नुभएको थियो। तसर्थ, यस अंकलाई पहिलो पटक देख्दा पढ्‌ने आँटै आएन। तथापि, मैले यसलाई एक महिनापछि पढें र हृदय रोगले गर्दा परिवारमा हुने पीडा अरूले पनि अनुभव गरेका रहेछन्‌ भनेर थाह पाउँदा सान्त्वना पाएँ।

एस. जे., क्यानाडा

गत जुलाई महिनामा घर-घर प्रचार गर्दा मेरा श्रीमान्‌ एक्कासि लड्‌नुभयो र अस्पताल कुदाउनुपऱ्‍यो। खुशीको कुरा, उहाँ खतराजनक स्थितिबाट बच्नुभयो। तपाईंका लेखहरू हाम्रोनिम्ति ठीक समयमै प्रकाशित भए। “परिवारलाई पनि समर्थन चाहिन्छ” भाग पढ्‌दा आँसु थाम्नै सकेनौं किनभने हामीले पनि त्यस्तै महसुस गरिरहेका छौं।

एम. ए., जापान

गत आइतबार देब्रे हात दुःखीरह्‍यो र औंलाका टुप्पाहरू लाटा भइरह्‍यो। यो साधारण दुखाइ र पीडा मात्र हो भन्ठानें। हृदयघातबारे तपाईंहरूको लेख पढ्‌दा ममा ती लक्षणहरू भएका थाह पाएँ! म अस्पतालको आपत्‌कालीन कक्षमा गएँ र डाक्टरहरूले मेरो मुटुको मुख्य धमनीमध्ये एक अवरुद्ध भएको पत्ता लगाए। त्यसको भोलिपल्ट तिनीहरूले शल्यक्रिया गरे। तपाईंहरूले ती लेख नलेख्नु भएको भए, पक्कै पनि म यस घडी यो पत्र लेखिरहेको हुन्‍नथिएँ।

एन. एस., संयुक्‍त राज्य

विशेषगरि, मलाई “हृदयघातका लक्षणहरू” पेटी अति मन पऱ्‍यो। यस कुराले मलाई तपाईंहरू हाम्रो समस्याप्रति चासो लिनुहुन्छ र नै ती समाधान गर्न आवश्‍यक कुराहरू हामीलाई दिनुहुन्छ भनेर बुझ्ने मौका दियो।

एम. बी., सिनेगल

मेरो बुबालाई हृदयघात भएको हुनाले हाम्रो घरको स्थिति अचम्म पाराले बदलेको छ। यस कठिन घडीमा ती लेखहरूले हामीलाई ठूलो सान्त्वना दिएका छन्‌।

पी. जी., इटाली

लुइ पास्चर म १२ वर्षको छु अनि तपाईंहरूलाई के बताउन चाहेको हुँ भने, “लुइ पास्चर—तिनका उपलब्धिहरूले पुष्टि गरेको तथ्य” (जनवरी ८, १९९७) भन्‍ने लेखको म मूल्यांकन गर्छु। हाम्रो विज्ञान कक्षामा हामी तिनीबारे अध्ययन गरिरहेका छौं। रिपोर्ट तयार पार्दा मैले यस लेखको सहायता लिएँ र थप १० अंक पाएँ!

ए. पी., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने