प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ५/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • छोरा कि छोरी जन्माउने
  • केटाकेटीको तोते बोली हानिकारक
  • चीनले पानीको प्रदूषणलाई रोक्दैछ
  • अध्ययन कार्यक्रमले अपराध दर घटाउन मदत गर्छ
  • ओलम्पिक र गरिबी
  • बढ्‌दो गरिबी
  • दिनहुँ फलफूल खानुहोस्‌
  • हितैषी मित्र
  • धूम्रपानभन्दा खतरनाक?
  • गुणस्तरीय कफी—रूखदेखि तपाईंको कपसम्म
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ५/८ पृ. २८-२९

विश्‍वदर्शन

छोरा कि छोरी जन्माउने

पपुलर साइन्स पत्रिकाले बताएअनुसार “बाबुको शुक्रकीट छुट्याएर छोरा कि छोरी जन्माउने निर्णय गर्न सकिन्छ। किनभने, शुक्रकीटको प्रकारद्वारा केटा या केटी भनेर पत्ता लाग्छ।” प्रथमतः, शुक्रकीटलाई एकदमै चम्किलो रंगद्वारा रंगाइन्छ। त्यसपछि, Y (पुरुष) शुक्रकीटबाट X (स्त्री) शुक्रकीट छुट्याउन लेसर किरण प्रयोग गरिन्छ। पुरुष र स्त्रीको शुक्रकीटमा भएको भिन्‍नता र साधारणतया प्रयोगशालामा ‘रगत परीक्षणको लागि प्रयोग गरिने औजारले X शुक्रकीटलाई धनात्मक विद्युतीय आवेश र Y शुक्रकीटलाई ऋणात्मक विद्युतीय आवेश दिएको कम्प्युटरमा देखिन्छ। त्यसपछि, विपरीत विद्युतीय आवेशको अन्तिम जडान बिन्दुहरू प्रयोग गरेर शुक्रकीटहरूलाई खिंचेर छुट्याइन्छ।’ विशेषगरि जीवजन्तु व्यवसाय प्रविधि विकास गर्ने वैज्ञानिकहरूको भनाइअनुसार यो शुक्रकीट छुट्याइने प्रक्रिया प्रायः ९० प्रतिशत सही छ। त्यसपछि, अण्डाणुहरूलाई गर्भाधान गराउन छानेको शुक्रकीट प्रयोग गरिन्छ अनि “त्यसपछि, छोरा या छोरी जे मन पर्छ, त्यसैको भ्रूण गर्भमा राखिन्छ।” तथापि, अहिलेसम्म यस प्रक्रियाद्वारा एउटा मानिस मात्र जन्माउन सकिएको छ।

केटाकेटीको तोते बोली हानिकारक

केटाकेटीहरूले तोते बोली बोलेको हामी सबैलाई रमाइलो लाग्छ। थुप्रै आमाबाबुले स्नेह देखाउँदै तोते बोलीमा नै बच्चासित कुरा गर्छन्‌। तथापि, यसले बच्चाको बोली विकासमा हानि पुऱ्‍याउँछ भनेर ब्राजिल निवासी वाक्‌ विशेषज्ञ एलीआनी रेजीना कारास्कु भेजा पत्रिकामा लेख्छिन्‌। कारास्कु बताउँछिन्‌, आमाबाबुले बच्चाको गलत उच्चारण दोऱ्‍याउँदा “गलत उच्चारण गर्ने तरिकामा टेवा पुग्छ।” तिनले बताएअनुसार यसले बोल्ने समस्याहरू खडा गर्नसक्छ। यसले बालकको सामाजिक सम्बन्धमा पनि असर गर्छ भनेर तिनी अझ भन्छिन्‌। “यस्तो केटाकेटी आफूलाई [हाँसोको पात्र] बनाउने परिस्थितिहरूबाट पर रहेर अक्सर एकलकाँटे, डरछेरुवा र असुरक्षित महसुस गर्ने हुन्छन्‌।” स-साना केटाकेटीले गलत शब्दोचारण गर्नु सामान्य कुरा हो अनि त्यसलाई निरन्तर सुधार्नु आवश्‍यक छैन भनेर कारास्कु औंल्याउँछिन्‌। तर तिनीहरूसित सही शब्दोचारण गरेर बोल्नुपर्छ र “तिनीहरू बुद्धिमान्‌ हुनुका साथै तिनीहरूसित सिक्ने क्षमता छ” भनी सम्झनु महत्त्वपूर्ण छ।

चीनले पानीको प्रदूषणलाई रोक्दैछ

चीनको राष्ट्रिय पर्यावरण सुरक्षा एजेन्सीको प्रवक्‍ताले बताएअनुसार, “पानीको प्रदूषण चीनको अति ठूलो समस्या हो र यसलाई कम गर्नु अति नै जरुरी छ।” तसर्थ, चिनियाँ सरकारले चीनको सबैभन्दा प्रदूषित नदी र ताललाई प्रदूषण मुक्‍त गर्न कदम चालिरहेको छ भनेर चाइना टुडे पत्रिकाले प्रतिवेदन दिन्छ। उदाहरणका लागि, देशको सबैभन्दा प्रदूषित नदीहरूमध्ये हुवाइमा फोहर मैला फ्याँक्न रोक्नको लागि सरकारले “हुवाइ उपत्यकाका ९९९ स-साना कागज कारखानाहरू बन्द गरेको छ।” अनुमानित १ करोड ५४ लाख मानिसहरू हुवाइ उपत्यकामा बस्छन्‌ र त्यो उपत्यका अन्‍न र उर्जा उत्पादन गर्ने चीनको मुख्य प्रान्त हो।

अध्ययन कार्यक्रमले अपराध दर घटाउन मदत गर्छ

बेलाइत, ब्य्राडफोर्डमा सरकारले स्कूले केटाकेटीको पढ्‌ने क्षमतामा सुधार ल्याउन बनाएको कार्यक्रमले स्पष्ट परिणामहरू निकालिरहेको छ भनेर त्यहाँको समाचारपत्र दि इन्डिपेन्डेन्ट-ले प्रतिवेदन दिन्छ। यस अध्ययन कार्यक्रमले पढ्‌ने कौशलता बढाउनमा मात्र नभई अपराध कम गर्न पनि मदत पुऱ्‍याएको छ! उत्तम पढाइसम्बन्धी साझेदारीको प्रमुख जोन वाट्‌सन बताउँछन्‌, “घर फोरेर चोर्ने थुप्रै जवानहरू स्कूल भगुवाहरू नै हुनुपर्छ। केटाकेटीहरू पढ्‌न सक्षम भएमा सम्भवतः तिनीहरू स्कूलप्रति अवश्‍य चासो राख्छन्‌ र तिनीहरू स्कूलबाट भाग्ने सम्भावना कम हुन्छ। तिनीहरू सडक र गल्लीहुँदो डुलिहिंड्‌ने नहुनाले घर फोरेर चोरी गर्दैनन्‌।”

ओलम्पिक र गरिबी

स्वीट्‌जरलैण्डको इएनआइ बुलेटिन-को प्रतिवेदनअनुसार “ओलम्पिकमा केही देशहरूले जितेका थुप्रै पदकहरूका साथै उक्‍त खेलहरूको सुविधाको निम्ति खन्याइएको मुष्ठ रकम र खेलकुदको खर्चले गरिबी हटाउँछु भन्‍ने संसारको वचनबद्धतामाथि प्रश्‍न खडा गरेको छ।” अस्ट्रेलियाको विश्‍वदर्शन एजेन्सीका ग्रेग फुट भन्छन्‌, “यसको अर्थ, हामीले मानव दक्षताको अद्‌भुत करतुतहरूको प्रशंसा वा सराहना गर्नु हुँदैन भन्‍ने होइन।” तिनी अझ भन्छन्‌, “तर, हाम्रो प्राथमिकता सही नै हो के त भनेर सोध्नुपर्छ। किनकि विशिष्ट खेलाडीहरूलाई सन्तुलित खानेकुरा खुवाउन अत्यधिक खर्च गर्दा छिमेकी मुलुकहरूमा चाहिं लाखौं मानिसहरू भोकको चपेटामा परिरहेका हुन्छन्‌।” एटलान्टाको दुइ हप्ते ओलम्पिकको दौडान विश्‍वभरि अनुमानित ४९,००,०० केटाकेटीहरू भोक र रोकथाम गर्न सकिने रोगले मरे।

बढ्‌दो गरिबी

भनिन्छ, आधारभूत आवश्‍यकताहरू पूरा गर्न नसक्ने विश्‍वभरिका थुप्रै अर्थात्‌ वर्षमा ३७० अमेरिकी डलरभन्दा कम्ती कमाउने गरिबहरू लगभग १.३ अरब छन्‌ र यो संख्या विश्‍व जनसंख्याको लगभग एक तिहाइ हो। अधिकांश मानिस विकासोन्मुख देशमा बस्छन्‌। विशेषगरि, यी मानिसहरूले प्रशस्त खानेकुरा, स्वच्छ पानी, स्वास्थ्योपचार, भनेजस्तो आवास, शिक्षा र जागिर पाएका हुँदैनन्‌। समाजमा तिनीहरूलाई प्रायजसो त्यति महत्त्वको नठानिनुका साथै तिनीहरू आफ्ना ती नाजुक स्थितिहरूमा कुनै हेरफेर ल्याउन सक्‍तैनन्‌। संयुक्‍त राष्ट्र विकास कार्यक्रमअनुसार आफ्ना आधारभूत आवश्‍यकताहरू पूरा गर्न नसक्नेगरि गरिबीमा पिल्सिएका थुप्रै मानिसहरूको संख्या वर्षेनी झन्डै २.५ करोडको दरले बढिरहेको छ।

दिनहुँ फलफूल खानुहोस्‌

एघार हजार मानिसलाई गरेको १७ वर्षे अध्ययन ब्रिटीश मेडिकल जर्नल-मा प्रकाशित भएको थियो र त्यस अध्ययनले बताएअनुसार दिनहुँ ताजा फलफूल खाँदा हृदयसम्बन्धी रोगको खतरालाई कम गर्न सहयोग पुग्छ। ती अध्ययन गरिएकाहरूमध्ये दिनहुँ ताजा फलफूल खानेहरूमा हृदयघातबाट मृत्यु हुने सम्भावना २४ प्रतिशत कम र मन्द हृदयाघातबाट मृत्यु हुने सम्भावना ३२ प्रतिशत कम भएको पाइयो। प्रायः कम्ती फलफूल खानेहरूको तुलनामा दिनहुँ फलफूल खानेहरूमध्येमा २१ प्रतिशत मृत्यु कम भएको पाइयो। भोजनमा फलफूल समावेश नहुँदा कुनै कुनै मानिसहरूमा हृदयघात र हृदयसम्बन्धी संवहन रोगहरू बढ्‌छ भनेर बेलाइत र स्पेनका वैज्ञानिक टोली बताउँछ। स्वास्थ्य राम्रो बनाउन दिनको कम्तीमा पाँच डाडु तरकारी र फलफूल खान अनुसन्धानकर्ताहरू अहिले सिफारिश गर्छन्‌। ब्रिटीश मेडिकल जर्नल-ले बताएअनुसार ताजा फलफूल र तरकारी नपाएमा फ्रिजमा राखेको फलफूल र तरकारी पनि स्वास्थ्यको लागि त्यतिकै लाभकारी हुन्छ।

हितैषी मित्र

जर्मनीमा १० मध्ये नौ मानिसले आफ्नो हितैषी मित्र छ भन्छन्‌ भनेर नासोइच नोय प्रेस बताउँछ। यस कुरा प्रयोगसिद्ध वैज्ञानिक तथा सामाजिक अनुसन्धानसम्बन्धी संस्थाले गरेको सर्वेक्षणले पुष्टि पारेको हो। यस सर्वेक्षणमा १६ देखि ६० वर्षबीचका १,००० भन्दा बढी मानिसहरूसित अन्तरवार्ता लिइएको थियो। चिरकालीन मित्रताको लागि चाहिने तत्त्वहरूमध्ये खुलस्त कुराकानी र इमानदारी अति महत्त्वपूर्ण रहेछ भनेर मानिलिइयो। यस्तो मित्रतालाई अवफादारी र विश्‍वासघातले छिन्‍नभिन्‍न पार्छ भन्‍ने कुरामा अन्तरवार्ता लिइएका प्रायजसो सबै मानिसहरू एकमत थिए। समाचारपत्रले बताएअनुसार “१६ प्रतिशतले मात्र आवश्‍यकता पर्दा असल मित्रबाट ऋण पाउने आशा गर्छन्‌।” अर्कोतिर, अधिकांशले चाहिं बिरामी परेको बेला मित्रबाट पाएको सहयोग अति मूल्यवान्‌ भएको स्वीकारे।

धूम्रपानभन्दा खतरनाक?

क्यानाडाको तथ्यांकअनुसार “शारीरिक कसरतबिनाको जीवनशैलीले धूम्रपानले भन्दा दुइ गुणा बढी स्वास्थ्यमा हानि पुऱ्‍याउँछ” भनेर द मेडिकल पोस्ट प्रतिवेदन दिन्छ। सम्भवतः प्रायः सत्तरी लाख क्यानाडावासीले धूम्रपानको कारण गम्भीर स्वास्थ्य समस्या र अकाल मृत्यु भोग्नु परे तापनि व्यायामको कमीले गर्दा लगभग १ करोड ४० लाखदेखि लिएर २ करोड ७० लाख मानिसले त्यस्तै प्रकारका स्वास्थ्य समस्याहरू भोगिरहेका छन्‌। समय, शक्‍ति र उत्प्रेरणाको कमी नै नियमित व्यायाममा बाधा पुऱ्‍याउने प्रमुख तत्त्वहरू हुन्‌ भनेर बताइन्छ। साथै, शारीरिक कसरतबिनाको जीवनशैली भएका मानिसहरूले प्रायः बोसो बढी र फलफूल तथा तरकारी कम खान्छन्‌। “मुटुलाई अत्यधिक फाइदा पुऱ्‍याउन हालमा राखिएको लक्ष्य नै कम्तीमा ३० मिनेट जति ठिक्कको वा निकै कडा व्यायाम मानिसहरूलाई गराउनु हो” भनेर पोस्ट भन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने