प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ७/८ पृ. १४-१५
  • “अन्धकार युगमा ज्योतिको किरण”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अन्धकार युगमा ज्योतिको किरण”
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समाचार माध्यमहरूबाट लुकेन
  • प्रथम प्रदर्शन
  • “म अटल छु! म अटल छु! म अटल छु!”
    हाम्रो राज्य सेवकाई—२००१
  • “परीक्षाहरू आइपर्दा विश्‍वासी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • नाजीहरूले गरेको नरसंहारमा यहोवाका साक्षीहरूलाई के भयो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • निडर र निष्ठावान्‌ व्यक्‍तिहरूले नाजी सतावटसामु घुँडा टेकेनन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ७/८ पृ. १४-१५

“अन्धकार युगमा ज्योतिको किरण”

जर्मनीका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

नाजी युगमा यहोवाका साक्षीहरूको जीवन कस्तो थियो भनेर एक इतिहासकारले उपरोक्‍त ढंगमा वर्णन गरे। नाजी आक्रमण विरुद्ध यहोवाका साक्षीहरू स्थिर रहन्छन्‌ भिडिओ वृत्तचित्र प्रथम पटक जर्मनीस्थित राभेन्सब्रुक मेमोरियलमा देखाइएको थियो। यस भिडिओमा साहस र विश्‍वासको हृदयस्पर्शी विवरण छ। ती विवरण नाजी युगबाट बचेका २४ व्यक्‍तिहरूले आफ्नै मुखबाट व्यक्‍त गरेका छन्‌। साथै इतिहास र धर्मसम्बन्धी १० विद्वानहरूले त्यसबारे टिप्पणी गरेको कुरा पनि यसमा समावेश गरिएको छ।

राभेन्सब्रुक यातना शिविरमा एक समय यहोवाका सयौं साक्षीहरू बन्दी बनाइएका थिए। पचास वर्षअघि नाजी कैदबाट बचेका यहोवाका केही साक्षीहरू त्यस प्रथम प्रदर्शनमा उपस्थित थिए। त्यो वृत्तचित्रले यहोवाका साक्षीहरू, इतिहासकारहरू र साथै सरकारी अधिकारीहरूलाई समेत नाजीहरूले युरोपमा आतंकको राज फैलाएको ती अन्धकार दिनहरूको झलझली सम्झना गरायो। आफ्नो विश्‍वासलाई त्याग्नुभन्दा साहसपूर्वक ज्यान अर्पण गर्न चाहने यहोवाका सयौं साक्षीहरूको मसीही निष्ठाबारे मर्मस्पर्शी विवरणहरू सुन्‍न त्यहाँ लगभग ३५० जना उपस्थित थिए।

समाचार माध्यमहरूबाट लुकेन

प्रथम प्रदर्शनको दिन अर्थात्‌ नोभेम्बर ६, १९९६ को बिहान बर्लिन होटेलमा पत्रकार सम्मेलन सम्पन्‍न भयो। उक्‍त सम्मेलनमा पत्रकारहरूलाई त्यस भिडिओका केही अंशहरू देखाइएको थियो। त्यसपछि तिनीहरूलाई बुद्धिजीवीहरूका वक्‍तव्य सुनाइयो। जुन वक्‍तव्यमा ती बुद्धिजीवीहरूले कम प्रचलित तर इतिहासको महत्त्वपूर्ण पक्ष भन्दै नयाँ वृत्तचित्रको महत्त्वमाथि टिप्पणी गरेका थिए। नोएनगाम मेमोरियलका निर्देशक डा. डट्‌लेफ गार्बेले बताए: “चाहे हामी यहोवाका साक्षीहरू हौं या नहौं, हामीले कुनै पनि हालतमा बैजनी त्रिकोणसितै [साक्षी कैदीहरूले लगाएको प्रतीक] गाँसिएको कैदीहरूको इतिहासलाई बिर्सनु हुँदैन। त्यो, अन्धकार युगमा ज्योतिको किरण थियो।”

नाजी शासनबाट बचेका यहोवाका थुप्रै साक्षीहरूलाई स्थिर रहन्छन्‌ नामक वृत्तचित्रमा देखाइएको छ। तिनीहरूमध्ये केही त्यस पत्रकार सम्मेलनमा आफ्नो अनुभव बताउन उपस्थित थिए। आफूले भोगेका दुःखकष्ट सम्झंदै के तिनीहरू खिन्‍न थिए? थिएनन्‌ भनेर तिनीहरूको शान्त र प्रफुल्लित चेहराले नै झल्काउँथ्यो।

प्रश्‍नोत्तरको कार्यक्रम सिद्धिएपछि लगभग ६४ किलोमिटर टाढा राभेन्सब्रुक मेमोरियलमा स्थिर रहन्छन्‌ वृत्तचित्रको प्रथम प्रदर्शन हेर्न संवाददाताहरूलाई निम्ताइयो। प्रायः सबै आए।

प्रथम प्रदर्शन

मुटु कमाउने हेमन्त ऋतुको दिन, आकाश डम्म बादलले ढाकेको र सिमसिमे झरी तप्किरहेको थियो। तर राभेन्सब्रुक मेमोरियल नजीकै जीर्णोद्धार गरिएको नयाँ भवनभित्र भने त्यस चिसो मौसमको आभास पटक्कै थिएन, त्यहाँ त रोमाञ्चक वातावरण छाएको थियो। फाउन्डेशन फर द राभेन्सब्रुक, साक्सेनहाउसेन तथा ब्रान्डेनबर्ग मेमोरियलका तत्कालीन निर्देशक यर्गन डिटबर्नरले भने: “यहोवाका साक्षीहरूले राष्ट्रिय समाजवादको शासनकालमा देखाएको नैतिक साहसको कदर गरिनैपर्छ। . . . हामी यी व्यक्‍तिहरूको आदरभावसाथ सम्झना गर्छौं, जसले आफ्नो विश्‍वास त्यागेनन्‌ बरु दुःखकष्ट र मृत्युसमेत भोग्न तयार भए।”

ब्रान्डेनबर्ग, जर्मनीको लागि शिक्षा, युवा तथा खेलकुद मन्त्री आंगलिका पिटरले पठाएको पत्र पढेर सुनाइयो। त्यसमा यस्तो लेखिएको थियो: “आज यहोवाका साक्षीहरूको दृढताको उदाहरणलाई स्मरण गर्नु महत्त्वपूर्ण कुरा हो।” राभेन्सब्रुक मेमोरियलका निर्देशक डा. जीग्रित याकोबीटले भनिन्‌: “उत्कटतासाथ रमाउँदै म यस प्रदर्शनको प्रतीक्षा गरिरहेकी छु। मेरो विचारमा यो सबैको लागि विशेष दिन हो।”

त्यसपछि भिडिओ देखाउन बत्ती मधुरो पारियो। नाजी यातनाबाट बचेका त्यहाँ उपस्थित आठ देशका व्यक्‍तिहरूले मात्र होइन तर सम्पूर्ण श्रोतागणले जर्मन इतिहासको पानाभरि रंगिएको त्यस कष्टदायी दुःख र विजयको युगलाई झन्डै ७८ मिनेटसम्म यथार्थ रूपमा फेरि देखे। त्यस्तो डरलाग्दो स्थितिमा यी साधारण मानिसहरूले प्रेम र विश्‍वासका असाधारण कार्यहरू गरेको कुरा बताउँदा थुप्रैले आँशु थाम्न सकेनन्‌।

प्रशंसाको करतल ध्वनि गुञ्जिसकेपछि इतिहासकार योआकिम गोर्लिजले ब्रान्डेनबर्गमा मृत्युदण्ड पाएर मर्ने एक साक्षीका अन्तिम शब्दहरू पढेर सुनाए। गोर्लिजले दुइ हप्ताअघि मात्र ब्रान्डेनबर्ग मेमोरियल एण्ड आर्काइभमा अनुसन्धान गर्दा त्यो लेखोट भेट्टाएका थिए। तिनी त्यस संस्थाका निर्देशक हुन्‌। यस विश्‍वासी मसीहीले आफ्ना सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिंदै लेखेका शब्दहरू पढेर सुनाउँदा गोर्लिजको स्वर काँपिरहेको थियो। गोर्लिजले अन्तमा भने: “महिला तथा सज्जनवृन्द, यहोवाका साक्षीहरूबारे यस चलचित्रले हाम्रो शैक्षिक कार्यमा महत्त्वपूर्ण योगदान पुऱ्‍याउनेछ भन्‍ने मेरो आशा छ।”

इतिहासकार वुल्फ ब्रेबेकले भने, “यस चलचित्र मार्फत हामीले एउटा नयाँ अमूल्य धन पाएका छौं। त्यो हो, ती मर्ने र बच्ने व्यक्‍तिहरूको हतपत सुन्‍न नपाइने मौखिक विवरण।” डा. गार्बेले अझ भने: “यी ती मानिसहरूका अनुभव हुन्‌ जसलाई परमेश्‍वर र बाइबलका प्रतिज्ञाहरूप्रतिको भरोसाले त्यस डरलाग्दो समयसित जुझ्न शक्‍ति दियो।”

कार्यक्रमको अन्तमा नाजी शासनबाट बचेका केही साक्षीहरूले फेरि एक पल्ट श्रोतागणसमक्ष दुइचार शब्द बोले। उपस्थित सबैलाई यी प्रबल मसीहीहरूसित अझै पनि त्यही बलियो विश्‍वास छ भन्‍ने तथ्य प्रस्ट भयो। जुन विश्‍वासले तिनीहरूलाई अनेकौं परीक्षाको दौडान सशक्‍त बनाएको थियो।

त्यस प्रथम प्रदर्शन देखाइएको समयदेखि यता यहोवाका साक्षीहरू र स्थिर रहन्छन्‌ वृत्तचित्रबारे ३४० भन्दा बढी लेखहरू जमर्नीभरिका समाचारपत्रहरूमा प्रकाशित भएका छन्‌। राष्ट्रिय रेडियो केन्द्रलगायत थुप्रै रेडियो कार्यक्रमहरूले राम्रा रिपोर्टहरू प्रस्तुत गरे।

अन्ततः स्थिर रहन्छन्‌ वृत्तचित्र कम्तीमा २४ भाषाहरूमा उपलब्ध हुनेछन्‌। शैक्षिक कक्षामा प्रयोग गर्न मिल्ने संशोधित अनुवाद पनि समयमा प्रकाशित गरिनेछ। भिडिओ विमोचन भएदेखि थुप्रै शिक्षकहरूले पूर्वाग्रह, साथीसँगीको दबाब र अन्तस्करणजस्ता महत्त्वपूर्ण कुराहरूबारे जवान व्यक्‍तिहरूलाई बुझाउन स्थिर रहन्छन्‌ वृत्तचित्रलाई पाठ्यक्रममा समावेश गरिरहेका छन्‌।

घृणा र विश्‍वासघातले यो संसार टुक्रिरहेको बेला निष्ठाको यो कहानी जनसमक्ष प्रस्तुत गर्न पाउनु एकदमै समसामयिक होइन र? हो, यी विश्‍वासी मसीहीहरूले भोगेका दुःखकष्ट त्यसै खेर गएको छैन।—हिब्रू ६:१०.

[पृष्ठ १५-मा भएको चित्र]

बर्लिन पत्रकार सम्मेलन। बायाँदेखि: डा. डेटलेफ गार्बे, नाजी संहारबाट बचेकाहरू सिमोन लिब्सटर र फ्रान्ज वोल्फार्ट अनि इतिहासकार वुल्फ ब्रेबेक

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने