प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जून पृ. ४
  • “म अटल छु! म अटल छु! म अटल छु!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म अटल छु! म अटल छु! म अटल छु!”
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • साक्षी दिने भिडियोहरूको असर
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित
    हाम्रो राज्य सेवा—२०११
  • निडर र निष्ठावान्‌ व्यक्‍तिहरूले नाजी सतावटसामु घुँडा टेकेनन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • शिक्षामूलक, उत्प्रेरणादायी र सुदृढ पार्ने सामग्रीहरू
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 जून पृ. ४

“म अटल छु! म अटल छु! म अटल छु!”

१ उक्‍त शब्दहरू नाजी विध्वंशबाट बचेका एक जना विश्‍वासी मसीहीले व्यक्‍त गरेका हुन्‌। यसले नाजी क्रूरताको बावजूद आफ्नो विश्‍वासमा अडिग रहने हजारौं जीवित अनि मृत साक्षीहरूको दृढ संकल्पलाई स्मरण गराउँछ। (एफि. ६:११, १३) तिनीहरूको साहस अनि विजयको हृदयस्पर्शी कथा जेहोभाज्‌ विट्‌नेसेज स्ट्याण्ड फर्म अगेन्स्ट नाजी एसल्ट नामक भिडियोमा प्रस्तुत गरिएको छ। मण्डलीका सबैलाई यो भिडियो हेर्न आग्रह गरिन्छ र यो भिडियो कस्तो लाग्यो अनि यसले कस्तो छाप पाऱ्‍यो एकअर्कालाई बताउनुहोस्‌।

२ निम्न प्रश्‍नहरूले तपाईंको सोचाइलाई असर गरून्‌: (१) यहोवाका साक्षीहरूले नाजीहरू विरुद्ध साहसी अडान लिनुको कारण के थियो? (२क) त्यतिबेला अभिवादन गर्ने सन्दर्भमा कस्तो तर्कवितर्क भयो र किन? (२ख) यसले साक्षी परिवारहरूलाई कस्तो असर गऱ्‍यो? (३) यातना शिविरमा कति जना साक्षीहरूलाई पठाइयो, तिनीहरू त्यहाँ कसरी चिनिन्थे र गेस्तापो अर्थात्‌ गुप्त प्रहरीहरूले तिनीहरूमाथि कस्तो व्यवहार गर्थे? (४) स्वतन्त्रताको लागि हाम्रा भाइहरूले कस्तो मूल्य चुकाउन मानेनन्‌? (५क) हिटलर शासनको अत्याचार विरुद्ध यहोवाका साक्षीहरूले कसरी अनि कहिले आवाज उठाए? (५ख) हिटलरले कस्तो प्रतिक्रिया देखाए? (६) भौतिक तथा आध्यात्मिक तवरमा एकअर्कालाई मदत गर्ने सन्दर्भमा यहोवाका साक्षीहरूको एकता कसरी तिनीहरू स्वयम्‌ र अरूहरूको लागि जीवनदायी साबित भयो? (७) यातना शिविरमा कुन राज्य गीत लेखियो? (८) विश्‍वासी पुरुष, स्त्री तथा जवानहरूले देखाएको कुनचाहिं उदाहरणले तपाईंलाई जस्तोसुकै परिस्थिति आइपरे तापनि यहोवाप्रति निष्ठावान्‌ रहिरहन प्रेरणा दिन्छ? (सन्‌ १९९९ यरबूक, पृष्ठ १४४-७ हेर्नुहोस्‌।) (९) यहोवाको साक्षी भएर संसारको भाग नहुने सन्दर्भमा तपाईंलाई यो भिडियो कस्तो लाग्यो?

३ स्ट्याण्ड फर्म भिडियोमा चित्रण गरिएको यहोवाका साक्षीहरूको साहसी अनि प्रोत्साहनजनक उदाहरणले चाहे साक्षी होऊन्‌ या नहोऊन्‌, सबै जवान मानिसहरूलाई भेदभाव, साथीहरूको दबाउ र अन्तस्करण जस्ता महत्त्वपूर्ण विषयहरूको सामना गर्न मदत दिनसक्छ। यदि तपाईं माध्यामिक वा उच्च माध्यामिक स्तरमा पढ्‌ने किशोर वा किशोरी हुनुहुन्छ भने, के तपाईं आफ्ना शिक्षक वा शिक्षिकालाई यो भिडियो कक्षामा देखाउने मौका दिनसक्नुहुन्छ? सम्भवतः यस भिडियोको एक प्रति तपाईं उहाँहरूलाई दिनसक्नुहुन्छ र यो भिडियो धेरैलाई थाह नभएको इतिहासको अंश हो अथवा नैतिक शिक्षाहरूले भरिएको वृत्तचित्र हो भनी बताउन सक्नुहुन्छ।

४ सही कुराको पक्षमा दृढ अडान लिई परमेश्‍वरलाई खुसी तुल्याउन ईश्‍वरीय शिक्षाले कसरी आध्यात्मिक बल प्रदान गर्छ, यस तथ्यलाई स्पष्ट पार्ने सशक्‍त साधन स्ट्याण्ड फर्म भिडियो हो। (१ कोरि. १६:१३) सच्चाइप्रति चासो हुने सबैलाई यो भिडियो देखाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने