प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ९/८ पृ. ३१
  • वन्यजन्तुले हाई काढ्‌नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वन्यजन्तुले हाई काढ्‌नु
  • ब्यूँझनुहोस्‌!—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२००२
  • हेर्नुहोस्‌ बडेमाको जलगैंडा!
    ब्यूँझनुहोस्‌!—२००३
  • सहनशीलता—अचाक्ली सहने र सहँदै नसहने
    ब्यूँझनुहोस्‌!—१९९७
  • अक्सिजनको यात्रा
    सृष्टि या संयोग
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ९/८ पृ. ३१

वन्यजन्तुले हाई काढ्‌नु

कसैले मानिसहरूकै सामु हाई काढ्यो भने तिनी अशिष्ट रहेछन्‌ या त तिनलाई असाध्यै पट्टाइ लागेको रहेछ भनी अरूले ठान्छन्‌। त्यसरी हाई काढ्‌नु अशिष्ट भए तापनि हाई काढ्‌नुमा धेरै फाइदाजनक कुराहरू छन्‌। हाई काढ्‌नु भनेको सास लिने स्वेच्छिक प्रक्रिया हो। दिनभरिको कामले लखतरान भएको समयमा हामी प्रायः साँझपख या बिहान ब्यूँझेपछि हाई काढ्‌छौं। लामो हाई काढ्‌नाले धेरै मात्रामा अक्सिजन लिनसक्छौं र क्षणिक समयको निम्ति भए पनि स्फूर्ति पाउँछौं। यो प्रायजसो सजग पार्ने प्रक्रिया पनि हो।

तर वायु सञ्चारको निम्ति मात्र नभई पशुप्राणीहरूले पनि हाई काढ्‌छन्‌ भनेर के तपाईंलाई थाहा छ? तिनीहरूले हाई काढ्‌नुको कारण एकदमै रोचक छ। उदाहरणका लागि, बाँदरहरूले कहिलेकाहीं केही सन्देश दिने हेतुले हाई काढ्‌छन्‌। एउटा बाँदरले अर्को प्रतिद्वन्द्वी बाँदरलाई वा आफूलाई आक्रमण गर्ला जस्तो देखिने जन्तुलाई मुख उघारेर तथा डरलाग्दोगरि दाँतहरू देखाएर चेताउनी दिन्छ। त्यसले यसो भनिरहेको हुन्छ: ‘मेरो टोकाइ खतरनाक छ है। नजीक नआऊ!’

अफ्रिकामा पाइने शिकारी बिरालोहरूले शिकार गर्नअघि अक्सर जीउ तन्काउने र हाई काढ्‌ने गरेको पाइएको छ। मानिसहरूमा जस्तै, बिरालोमा हाई काढ्‌दा एउटा शारीरिक प्रक्रिया हुन्छ अर्थात्‌ फोक्सोमा बढी मात्रामा हावा लिने काम हुन्छ। यसले गर्दा रगतमा अक्सिजनको मात्रा बढ्‌छ र त्यसलाई मुटुले शरीरमा चाँडचाँडो सञ्चार गर्छ। फलतः तेज रफ्तारमा कुदेर त्यसले शिकार गर्नसक्छ।

भनौं भने, माछाले समेत हाई काढेको पाइएको छ। प्राणीजगत्‌मा अन्तरदृष्टि (अंग्रेजी) नामक पुस्तक के बताउँछ भने माछाले कहिलेकाहीं “छिटोछिटो चहलपहल गर्न हाई काढ्‌छ। . . . उत्तेजित हुँदा या शत्रु तथा आहारा देख्दा अथवा चहलपहल गरिरहन पर्दा पनि माछाले हाई काढ्‌ने गर्छ।”

सम्भवतः सबैभन्दा विशिष्ट रूपले हाई काढ्‌ने त जलगैंडा वा बेहिमोथ नै होला। यो बडेमानको प्राणीले त्यसको ओडारजस्तो मुख अपत्यारिलो किसिमले १५० डिग्रीसम्म उघार्नसक्छ। बूढो जलगैंडाले हाई काढेरै पोखरीका सबैलाई दादागिरी देखाउँछ। साथै आफू बस्ने नदीमा आउन आँट गर्नेलाई पनि यसै गरेर धम्क्याउँछ।

सबैको हाई कढाइ सिंह गर्जेझैं डरलाग्दो त नहोला। तापनि चाहे निद्राले होस्‌, धम्की दिन अथवा बल जमाउनको निम्ति नै हाई काढेको किन नहोस्‌, त्यसको कुनै उद्देश्‍य हुन्छ। पशुप्राणीहरू बनाउनुहुनेको यो एउटा अर्को आश्‍चर्यजनक सृजन कला हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने