प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ p. ३
  • युद्धले जत्तिकै ज्यान लिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्धले जत्तिकै ज्यान लिन्छ
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • विजय तथा विपत्ति
    ब्यूँझनुहोस्‌!—१९९८
  • क्षयरोगविरुद्ध नयाँ अभियान
    ब्यूँझनुहोस्‌!—१९९९
  • घातक मित्रता
    ब्यूँझनुहोस्‌!—१९९८
  • फेरि क्षयरोगको प्रकोप!
    ब्यूँझनुहोस्‌!—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ p. ३

युद्धले जत्तिकै ज्यान लिन्छ

तेइस वर्षीया मेरीलिनले आफ्नो वजन घटेको र जीउ फतक्कै गलेको महसुस गर्न थालिन्‌। तर भर्खरै मात्र बच्चा पाएकी हुँदा उनले त्यसो भएको होला भन्ठानिन्‌। एकनासले खोकी लागिरहेको कुरा पनि उनले डाक्टरलाई बताइन्‌। डाक्टरले नाक तथा घाँटीको खराबी भनेर एन्टिबायोटिक खाने सुझाउ दिए। पछि, निद्रामा खलखली पसिना आउन थाल्दा भने मेरीलिन साँच्चै चिन्तित भइन्‌। उनी फेरि डाक्टरकहाँ गइन्‌ र यसपटक भने डाक्टरले छातीको एक्सरे लिन लगाए।

एक्सरेमा टाटा देखिएको हुँदा तुरुन्तै उपचार गरिहाल्नुपर्थ्यो तर मेरीलिनलाई फोन गर्दा भेट्‌न सकिएन। मेरीलिनले यसो भनिन्‌, “डाक्टरले मेरी आमालाई फोन गरेर मेरो तुरुन्तै उपचार गरिहाल्नुपर्ने कुरा बताएछन्‌। आमा मकहाँ आउनुभयो र [डाक्टरकहाँ] तुरुन्तै गइहाल भन्‍नुभयो। डाक्टरले मलाई अर्को एउटा एक्सरे लिन लगाए र अस्पतालमै भर्ना गरे।”

आफूलाई क्षयरोग (टिबी) लागेको कुरा सुनेर मेरीलिन छाँगोबाट खसेझैं भइन्‌। अब मर्छु होला भन्ठानिन्‌ तर टिबीको औषधोपचार गरेपछि छिट्टै निको भइन्‌।

टिबी लागेको कुरा थाह पाएपछि मेरीलिन तीनछक पर्नुको कारण हामी बुझ्नसक्छौं। थुप्रै स्वास्थ्य पेशेवरहरूले समेत विकसित मुलुकहरूमा टिबी निर्मूल भइसक्यो भन्ठानेका थिए। लण्डनको एउटा उपचार केन्द्रमा कार्यरत स्वास्थ्य सेविकाले यसो भनिन्‌, “अन्य महामारीहरूजस्तै टिबी पनि उन्मूलन भइसक्यो भन्ठानेकी थिएँ। तर यहाँ काम गर्न आउँदा त टिबी रोगीहरू प्रशस्तै भएको र बाक्लो बस्तीमा त झनै बढी पो देखें।”

टिबी उन्मूलन भइसकेको ठाउँमा पनि यो देखा परिरहेको छ। जहाँ पहिलेदेखि नै थियो, त्यहाँ झनै अहिले यसले उत्पात मच्चाएको छ। टिबी उन्मूलन हुनुको साटो यसले युद्ध र अनिकालले जत्तिकै मानिसहरूको ज्यान लिइरहेको छ। यी बुँदाहरू विचार गर्नुहोस्‌:

▪ आधुनिक चिकित्सा जगत्‌का अद्‌भुत प्रगतिहरूको बावजूद गत सय वर्षको दौडान टिबीले लगभग २० करोड मानिसहरूको ज्यान लिएको छ।

▪ पृथ्वीको जनसंख्याको एक तिहाइ अर्थात्‌ झण्डै दुई अरब मानिसहरू टिबी बासिलस नाउँको ब्याक्टेरियाले संक्रमित भइसकेका छन्‌। यसबाहेक, प्रत्येक सेकेण्ड अर्को व्यक्‍तिलाई त्यो रोग सरिरहेको हुन्छ!

▪ सन्‌ १९९५ मा टिबीले ग्रस्त भइसकेका मानिसहरूको संख्या २.२ करोडजति थियो। झण्डै ३० लाख मानिसहरू मरे र तीमध्ये प्रायजसो विकासोन्मुख मुलुकका मानिसहरू थिए।

टिबी विरुद्ध लड्‌न प्रभावकारी औषधीहरू उपलब्ध भए तापनि यो रोगले मानिसजातिलाई पिरोल्न किन नछोडेको? के यो कहिल्यै निर्मूल हुन सक्ला? के यसबाट बच्ने कुनै तरिका छ? यसपछिको लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

New Jersey Medical School—National Tuberculosis Center

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने