प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ पृ. ८-९
  • विश्‍वव्यापी समाधान-के यो सम्भव छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वव्यापी समाधान-के यो सम्भव छ?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • टिबी निवारणमा भावी कार्यक्रम
  • क्षयरोगविरुद्ध नयाँ अभियान
    ब्यूँझनुहोस्‌!—१९९९
  • विजय तथा विपत्ति
    ब्यूँझनुहोस्‌!—१९९८
  • फेरि क्षयरोगको प्रकोप!
    ब्यूँझनुहोस्‌!—१९९६
  • घातक मित्रता
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ पृ. ८-९

विश्‍वव्यापी समाधान-के यो सम्भव छ?

क्षयरोग (टिबी) विश्‍वव्यापी समस्या हो र यसलाई विश्‍वव्यापी समाधान चाहिन्छ भन्‍ने कुरामा विशेषज्ञहरू सहमत छन्‌। टिबी कसैको सहयोगबिना कुनै एउटा मुलुकले मात्र नियन्त्रण गर्नसक्ने रोग होइन किनभने प्रत्येक हप्ता करोडौं मानिसहरू अन्तरराष्ट्रिय सीमा वारपार गर्ने गर्छन्‌।

अन्तरराष्ट्रिय सहयोग, मतलब धनी मुलुकहरूले गरिब मुलुकहरूलाई मदत गर्नु खाँचो छ भन्‍ने धेरै मानिसहरूको विश्‍वास छ। किनभने टिबीले गरिब मुलुकहरूलाई सबैभन्दा बढी पिरोलेको छ। डा. अराता कोचीको भनाइअनुसार “आफ्नो देशमा क्षयरोग फैलनुअगावै धनी मुलुकहरूले अल्प विकसित मुलुकहरूलाई क्षयरोग रोकथाम गर्न मदत गर्नु बेस हो।”

तर धनी मुलुकहरूको आफ्नै जल्दोबल्दो समस्याहरूले गर्दा क्षयरोगप्रति त्यति ध्यान दिन सकेका छैनन्‌। केही गरिब मुलुकहरूले स्वास्थ्य सेवामा ध्यान नदिएर अस्त्र जम्मा गर्ने काममा पैसा फ्याँकिरहेका छन्‌। सन्‌ १९९६ को बीचसम्ममा विश्‍वका १० प्रतिशत टिबी रोगीहरूलाई मात्र डि ओ टि एस कार्यक्रमअनुसार उपचार गरिएको थियो र यो महामारीलाई अलिकता पनि कम गर्न सकेको छैन।

विश्‍व स्वास्थ्य संगठन यस्तो अवलोकन गर्छ: “टिबी निको पार्न चाहिने ज्ञान र सस्तो औषधी उपलब्ध भएको दशकौं भइसक्यो। अहिले संसारमा चाहिएको कुरा त शक्‍तिशाली, प्रभावशाली र करुणामय मानिसहरूले यी औषधीहरू सारा संसारभरि प्रभावकारी ढंगमा उपयोग भएका छन्‌ कि छैनन्‌ यकिन गर्न अझ भरमग्दूर प्रयास गर्नुपरेको छ।”

टिबी निवारणमा भावी कार्यक्रम

शक्‍ति र ओहदा भएका मानिसहरूले यो समस्या समाधान गर्लान्‌ भनेर के हामी निर्धक्क हुनसक्छौं? प्रेरणाद्वारा बाइबल भजनरचयिताले यसप्रकार लेखे: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” त्यसोभए कसमाथि भरोसा राख्ने? बाँकी पदहरू यसो भन्छन्‌: “याकूबका परमेश्‍वरलाई आफ्नो सहायक बनाउनेचाहिं सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्‍वरमा, हुन्छ। जसले स्वर्ग र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत्‌ थोक।”—भजन १४६:३, ५, ६.

पृथ्वीका रचयिता तथा सृष्टिकर्ताको हैसियतमा यहोवा परमेश्‍वरसित रोगबिमारहरू अन्त गर्ने शक्‍ति र बुद्धि दुवै छ। के उहाँसित करुणा छ? आफ्ना प्रेरित अगमवक्‍ता मार्फत यहोवा यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म [मेरा मानिसहरूलाई] करुणा देखाउनेछु। कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई जस्तै करुणा देखाउनेछु।”—मलाकी ३:१७, NW.

बाइबलको अन्तिम अध्यायमा प्रेरित यूहन्‍नालाई दिइएको दर्शन वर्णन गरिएको छ। तिनले “प्रत्येक महीना बाह्रै किसिमको फल फलाउने जीवनको रूख” देखे। यी प्रतीकात्मक रूख तथा फलहरूले आज्ञाकारी मानिसहरूलाई यस पृथ्वीमा सधैंभरि बाँच्न सम्भव बनाउने ईश्‍वरीय प्रबन्धहरूलाई चित्रण गर्छन्‌।—प्रकाश २२:२.

यूहन्‍ना अझ यसो लेख्छन्‌: “त्यस रूखका पातहरूचाहिं जाति जातिका मानिसहरूलाई निको पार्नाको निम्ति थिए।” यी प्रतीकात्मक पातहरूले परमेश्‍वरका आशिष्‌हरूलाई चित्रण गर्छन्‌ जसले मानवजातिलाई आध्यात्मिक तथा शारीरिक तवरमा निको पार्नेछन्‌। तसर्थ, परमेश्‍वरको धार्मिक शासन अन्तर्गत धर्मी नयाँ संसारमा टिबी सदाको लागि निर्मूल हुनेछ भनेर हामी निर्धक्क हुनसक्छौं।—प्रकाश २१:३, ४.

[पृष्ठ ८-मा भएको चित्र]

परमेश्‍वरले मानिसजातिको निम्ति स्थायी निवारणको प्रतिज्ञा गर्नुभएको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने