प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १०/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धूम्रपानको क्षति अपूरणीय?
  • तनाउले मोटर दुर्घटनाको खतरा बढाउँछ
  • विश्‍व स्वास्थ्यको विजोग
  • केटाकेटीहरूको दुस्वपन सामान्य
  • धेरै टिभी, थोरै पढाइ
  • कुपोषित वृद्धहरू
  • बाइबल २,१९७ भाषामा उपलब्ध
  • कार्निभल उत्सवहरू सही वा गलत?
    ब्यूँझनुहोस्‌!—१९९६
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
  • तपाईंको स्वास्थ्यलाई कसरी जोगाउने
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १०/८ पृ. २८-२९

विश्‍वदर्शन

धूम्रपानको क्षति अपूरणीय?

हालसालै गरिएको अध्ययनअनुसार धूम्रपानले धमनीलाई पुऱ्‍याउने हानि स्थायी हुनसक्छ। अमेरिकी चिकित्सा संघको पत्रिका-मा (अंग्रेजी) अनुसन्धानकर्ताहरूले बताएअनुसार धूम्रपान गर्दा र धूम्रपानको धूवाँले पनि धमनीमा नराम्रो असर पुऱ्‍याउनसक्छ। यस अध्ययनले ४५ देखि ६५ वर्षबीचका १०,९१४ पुरुष तथा स्त्रीहरूको परीक्षण गरेको थियो। यस समूहमा धूम्रपान गर्नेहरू, धूम्रपान गर्न छाडेकाहरू, धूम्रपान नगर्ने तर अक्सर धूवाँमा बस्नुपर्नेहरू तथा धूम्रपान नगर्ने र अक्सर धूवाँ पनि नखानेहरू थिए। अनुसन्धानकर्ताहरूले अल्ट्रासाउन्डद्वारा घाँटीको धमनीमार्ग कत्ति बाक्लो भएको छ भनी परीक्षण गरे। यो परीक्षण तीन वर्षपछि फेरि गरियो।

अनुमान गरिएझैं नियमित तवरमा धूम्रपान गर्नेहरूको धमनी धेरै नै बाक्लो भइसकेको थियो। तेत्तीस वर्षदेखि दिनमा सरदर एक बट्टा चुरोट खानेहरूको ५० प्रतिशत बाक्लो भइसकेको थियो। पहिला धूम्रपान गर्नेहरूको धमनी धूम्रपान नगर्नेहरूको तुलनामा २५ प्रतिशतले साँघुरो भइसकेको थियो र धूम्रपान गर्न छोडेको २० वर्षपछि पनि धमनी साँघुरै थियो। धूम्रपान नगरे पनि धूवाँ खानुपर्नेहरूको धमनी पटक्कै धूवाँ खान नपर्नेहरूको भन्दा २० प्रतिशतले साँघुरो थियो। एउटा अध्ययनअनुसार संयुक्‍त राज्यमा मात्रै प्रत्येक वर्ष ३०,००० देखि ६०,००० मृत्युको कारण धूम्रपान नगर्ने तर सधैंजसो चुरोटको धूँवा खानुपर्नेहरू भएको अनुमान लगाइएको छ।

तनाउले मोटर दुर्घटनाको खतरा बढाउँछ

जर्मनीका स्वास्थ्य तथा सामाजिक सेवाका पेशेवर संघले गरेको अध्ययनअनुसार आफ्नो कामप्रतिको मनोवृत्तिले मोटर हाँक्ने तरिकामा निकै असर गर्छ। सुडोइच जाइटुंग-को रिपोर्टअनुसार आफ्नो कामले तनाउग्रस्त भएका मानिसहरू सडक दुर्घटनामा पर्ने खतरा धेरै हुन्छ। उक्‍त रिपोर्टअनुसार “आफ्नो हाकिम वा सहकर्मीप्रति गुम्सिरहेको रिसको कारण मोटर हाँक्दा ध्यान भंग हुनसक्छ।” काममा जाँदा वा फर्कंदा सडक दुर्घटनामा परेका ७५ प्रतिशत मानिसहरूले “ध्यानको कमी, यताउता धेरै ठाउँमा भ्याउनुपरेको, सधैं समयमा पुग्नुपर्ने दबाब वा तनाउलाई” दोष दिएको त्यस अध्ययनले देखाउँछ। अचाक्ली तनाउको समयमा पुरुषहरू दुर्घटनामा पर्ने सम्भावना धेरै भए तापनि त्यस अध्ययनले स-साना बच्चाहरूका आमाहरू विशेष खतरामा भएको पाए। उक्‍त अखबारले टिप्पणी गर्छ: “बच्चाहरूलाई समयमा स्कूलमा लिन जानुपर्ने वा दिउँसो भोजन तयार पार्नुपर्ने जस्ता कुराहरूले तिनीहरू अक्सर अत्यन्तै तनाउग्रस्त हुन्छन्‌।”

विश्‍व स्वास्थ्यको विजोग

विश्‍व स्वास्थ्य संघका डा. डेभिड ह्‍याम्यान भन्छन्‌, “हामी २१ औं शताब्दीमा प्रवेश गर्दा पनि विश्‍वभरि ३३ प्रतिशत मृत्यु संक्रामक रोगहरूको कारण हुनेछ।” यो समस्याको पछाडि थुप्रै कारणहरू छन्‌। जनसंख्या वृद्धि, असफल खोप कार्यक्रमहरू, घना आबादी, वातावरणीय परिवर्तन र विश्‍वभरि बिंग्रदो सार्वजनिक स्वास्थ्य सेवाले गर्दा यस्तो समस्या भएको हो भनी अमेरिकी चिकित्सा संघका पत्रिका-ले (अंग्रेजी) बताउँछ। अन्य पक्षहरूमा जबरजस्ती बसाइँ सराइ, शरणार्थी हुनुपर्ने र संसारको एक छेउदेखि अर्को छेउ यात्रा गर्नेहरूले संक्रामक रोगहरू फैलाउन मदत पुऱ्‍याइरहेको छ। डा. ह्‍याम्यान भन्छन्‌, “वास्तवमा यी रोगहरूको रोकथाम गर्न सकिन्छ, हामीसित साधनहरू उपलब्ध नभएका पनि होइनन्‌।”

केटाकेटीहरूको दुस्वपन सामान्य

अधिकांश केटाकेटीहरूलाई डरलाग्दा सपनाहरूले सताउँछ। मानहाइम, जर्मनीमा मानसिक स्वास्थ्यका केन्द्रिय संस्थानले गरेको अध्ययनअनुसार १० जना केटाकेटीमध्ये नौ जना डरलाग्दो सपना देखेर ब्यूँझेको बताउँछन्‌। तिनीहरूले प्रायः देख्ने दुस्वप्नहरू लखटेको, अग्लो ठाउँबाट खसेको वा युद्ध वा प्राकृतिक प्रकोपबाट प्रभावित भएको जस्ता हुन्छन्‌। अक्सर त्यस्ता सपनाहरू कल्पना र वास्तविक संसारको मिश्रण हो। केटाहरूले अक्सर सपनाहरू बिर्सन्छन्‌। अर्कोतर्फ, केटीहरूले तिनीहरूले देखेका सपनाहरूबारे कुरा गर्छन्‌ वा लेख्छन्‌। डरलाग्दा सपनाहरूको कारण उत्पन्‍न हुने चिन्ताबाट बच्न आफूले देखेको सपनाबारे बताउने, त्यसको चित्र बनाउने वा अभिनय गरेर देखाउन विशेषज्ञहरू सल्लाह दिन्छन्‌ भनी बर्लिनर जाइटुंग रिपोर्ट गर्छ। यी सुझाउहरू लागू गरेको खण्डमा केही हप्तामा सपनाहरू कमै देख्न थालिन्छ र त्यति डरलाग्दा पनि हुँदैनन्‌।

धेरै टिभी, थोरै पढाइ

ग्रीसको श्रव्यदृश्‍य सञ्चार माध्यम संस्थानले गरेको सर्वेक्षणअनुसार ग्रीसमा ३५ लाख घरपरिवारको निम्ति ३८ लाख टिभी सेटहरू छन्‌ र तीन परिवारमा एक परिवारको भिडियोक्यासेट रेकर्डर पनि छ। एथेन्सबाट प्रकाशित हुने टो भेमा अखबारअनुसार दिनहुँ ग्रीसबासीहरूले सरदर चार घण्टा टिभी हेर्ने गर्छन्‌ जुन १९९० को दाँजोमा साढे दुई घण्टा बढी हो। यसकारण, पढ्‌ने बानीमा असाध्यै कमी आउँदा कुनै छक्क मान्‍नुपर्दैन। एक सामान्य ग्रीक नागरिकले १९८९ मा ४२.२ अखबारहरू पढ्‌थ्यो तर १९९५ मा उक्‍त संख्या घटेर २८.३ पुगेको त्यस सर्वेक्षणले प्रकाश पाऱ्‍यो। त्यस्तैगरि, त्यही समयावधिमा पत्रिका पढ्‌ने पनि १० प्रतिशतले घट्यो।

कुपोषित वृद्धहरू

“वृद्धहरूले अक्सर पर्याप्त खाँदैनन्‌, त्यसैले बिरामी हुने सम्भावना धेरै हुन्छ” भनी फ्रान्कफर्ट, जर्मनीको नासोइच नोय प्रेस बताउँछ। दस युरोपेली राष्ट्रहरूमा ७० वर्ष नाघिसकेका २,५०० भन्दा बढी पुरुष तथा स्त्रीहरूमा गरिएको सर्वेक्षण पछि यो निष्कर्ष निकालिएको हो। थुप्रैले वृद्धहरूलाई धेरै खाना चाहिंदैन भन्ठान्छन्‌ तर क्यालोरीको कमी भयो भने रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ। यसबाहेक, वृद्धहरूको भोजन अक्सर त्यति पोषिलो हुँदैन किनभने एकै चोटि धेरै पकाउँछन्‌ र त्यही लामो समयसम्म खाइरहन्छन्‌। यस अलावा, विशेषगरि बेमौसममा तिनीहरू कमैले मात्र ताजा सागपात र फलफूलहरू खान्छन्‌। चिकित्सकहरूले वृद्ध बिरामीहरूलाई “नियमित तवरमा पोषिलो भोजन खान” सम्झाइ रहनुपर्छ भनी त्यस अध्ययनले अन्तमा बतायो। शारीरिक व्यायामले भोग जगाउने भएको हुनाले वृद्धहरूलाई व्यायाम गर्न प्रशिक्षण दिने सल्लाह पनि दिइयो।

बाइबल २,१९७ भाषामा उपलब्ध

“गत वर्ष बाइबलका केही अंशहरू थप ३० भाषामा अनुवाद गरियो, यसले गर्दा अब धर्मशास्त्र कुल २,१९७ भाषाहरूमा उपलब्ध छन्‌” भनी जेनेभा, स्वीजरल्याण्डको इ एन आइ बुलेटिन रिपोर्ट गर्छ। एस्परान्टोजस्तो रचना गरिएको भाषालगायत अब सम्पूर्ण बाइबल ३६३ भाषाहरूमा उपलब्ध छन्‌। युनाइडेड बाइबल सोसाइटीले (यु बि एस) कम्तीमा बाइबलको एउटा मात्र पुस्तक अनुवाद भएको भाषाहरूको पनि सूची राख्छ। यु बि एस-का महासचिव फर्गस म्याकडोनाल्डका अनुसार “परमेश्‍वरको वचन प्रत्येक मानिसहरूको मातृ भाषामा उपलब्ध गराउने” उद्देश्‍य छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने