प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ११/८ पृ. १६-१७
  • एकान्तपनको मोल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकान्तपनको मोल
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एकान्तपन—किन मूल्यवान्‌ छ?
  • परमेश्‍वरसित घनिष्ठ हुन एकान्तपनको सदुपयोग गर्नुहोस्‌
  • संयमी हुनु आवश्‍यक छ
  • तपाईँको सोचाइलाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • एकाकीपन कसरी हटाउने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • मनन
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ११/८ पृ. १६-१७

बाइबलको दृष्टिकोण

एकान्तपनको मोल

एक पटक येशू “डाँड़ामा अलग्गै प्रार्थना गर्नालाई उक्लनुभयो। अब साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो।” (मत्ती १४:२३) अर्को पटक “जब दिन भयो तब उहाँ निस्केर एकलासको ठाउँमा जानुभयो।” (लूका ४:४२) यी शास्त्रपदहरूले येशू ख्रीष्ट एकान्तपन खोज्नुहुन्थ्यो र ती अवसरहरूको मोल गर्नुहुन्थ्यो भन्‍ने प्रमाण दिन्छ।

येशूले जस्तै एकान्तपनको मोल गर्ने अन्य व्यक्‍तिहरूको उदाहरण पनि बाइबलमा छ। भजनरचयिताले सुनसान रातमा पहरा गर्नुपर्दा आफ्नो महान्‌ सृष्टिकर्ताको महानता मनन गर्थे। त्यस्तैगरि, येशू ख्रीष्ट बप्तिस्मा दिने यूहन्‍नाको मृत्युको खबर पाउनेबित्तिकै “एउटा एकान्त ठाउँमा जानुभयो।”—मत्ती १४:१३; भजन ६३:६.

कोलाहलले भरिएको आधुनिक जीवनमा कारणवश वा छनौटको कारण त्यति एकान्तपन खोजिंदैन। पछिल्लो पटक कहिले तपाईं एक्लै बस्नुभएको थियो, के तपाईंलाई याद छ? एउटी विवाहिता भन्छिन्‌: “म आजसम्म कहिल्यै एक्लै बसेकी छैन।”

तर के एकान्तपन साँच्चै आवश्‍यक छ त? छ भने, एकान्तमा चुपचाप समय बिताउँदा त्यसलाई कसरी लाभकारी तथा इनामदायी तरिकामा प्रयोग गर्न सकिन्छ? अनि एकान्तपनको सम्बन्धमा सन्तुलनले कस्तो भूमिका निर्वाह गर्छ?

एकान्तपन—किन मूल्यवान्‌ छ?

बाइबल हामीलाई परमेश्‍वरका पुरातन समयका मानिस इसहाक “साँझपख . . . खेतमा निस्केका थिए,” भन्छ। किन? “ध्यान गर्न।” (उत्पत्ति २४:६३) एउटा शब्दकोशअनुसार ध्यान गर्नुको अर्थ “फुर्सतमा आरामसित सोच्नु” हो। यसको अर्थ “निकै लामो समयसम्म गहिरिएर सोच्नु हो।” गहन जिम्मेवारी वहन गर्न लागेका इसहाकले यसरी एकाग्रचित्त भई ध्यान गर्दा स्पष्टसित सोच्न, आफ्नो विचारहरू सुव्यवस्थित गर्न तथा प्राथमिकताहरू निर्धारण गर्ने मदत पाएको हुनुपर्छ।

मानसिक स्वास्थ्य विशेषज्ञअनुसार ‘एकान्तपनलाई त्यसको दायरामा राख्न सकेको खण्डमा त्यसले हाम्रा विचारहरूलाई व्यवस्थित गर्न र अझ राम्ररी ध्यानकेन्द्रित गर्न मदत गर्छ।’ यसो गर्नु स्फूर्तिदायी, सुदृढ पार्ने र स्वास्थ्यवर्धक हुनसक्छ भनेर थुप्रैले पुष्टि दिनसक्छन्‌।

मनन गर्ने व्यक्‍ति विचारशील तथा मृदुभाषी हुन्छ। यस्ता राम्रा परिणामहरूले बोल्दा वा कुनै काम गर्दा विवेकशील हुन उत्प्रेरित गर्छ र एकअर्कासँग सुमधुर सम्बन्ध गाँस्न मदत गर्छ। उदाहरणका लागि, मनन गर्न जान्‍ने मानिसले चुप लाग्नुपर्ने समयमा चुप लाग्न जानेको हुन्छ। झट्टै बोल्नुको साटो उसले आफ्ना शब्दहरूले गर्नसक्ने असर पहिल्यै विचार गर्छ। बाइबलका प्रेरित लेखक सोध्छन्‌, “हतारिएर बोल्ने मानिस तँ देख्छस्‌?” तिनी अझै यसो भन्छन्‌: “त्यसको भन्दा त एउटा मूर्खको निम्ति धेरै आशा हुन्छ।” (हितोपदेश २९:२०, नयाँ संशोधित संस्करण) जिब्रोको यस्तो अविवेकी प्रयोगको औषधी के हो? बाइबल भन्छ: “जवाफ दिनअघि धर्मीहरू सोच्दछन्‌।”—हितोपदेश १५:२८; तुलना गर्नुहोस्‌ भजन ४९:३.

मसीहीको लागि एकान्तपनमा शान्त भई ध्यान गर्नु आध्यात्मिक तवरमा हुर्कन चाहिने अत्यावश्‍यक तत्त्व हो। अतः प्रेरित पावलका यी शब्दहरू सुहाउँदा छन्‌: “यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।”—१ तिमोथी ४:१५.

परमेश्‍वरसित घनिष्ठ हुन एकान्तपनको सदुपयोग गर्नुहोस्‌

एक अंग्रेज लेखक भन्छन्‌: “एकान्तपन परमेश्‍वरसित भेट्‌ने प्रेक्षालय हो।” कहिलेकाहीं येशूले पनि आफ्ना सँगी मानवहरूबाट पन्छिएर परमेश्‍वरलाई प्रार्थना गर्न एकान्तपनमा बस्नुपर्ने आवश्‍यकता महसुस गर्नुभयो। यसको एउटा उदाहरण बाइबलमा यसप्रकार वर्णन गरिएको छ: “उज्यालो हुनभन्दा धेरै अघि बिहानै उठेर उहाँ बाहिर एकलासको ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।”—मर्कूस १:३५.

भजनसंग्रहमा परमेश्‍वरको ध्यान गरिएको बारम्बार उल्लेख गरिएको छ। यहोवालाई सम्बोधन गर्दै राजा दाऊदले भने: “मैले तपाईंको सम्झना गर्दा।” आसापका शब्दहरू पनि यस्तै छन्‌: “म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” (भजन ६३:६; ७७:१२) यसरी ईश्‍वरीय गुण तथा व्यवहारहरूमाथि मनन गर्दा प्रशस्त आशिष्‌हरू पाइन्छ। यसले परमेश्‍वरप्रतिको मूल्यांकनलाई बढाउँदै उहाँसित नजिकिन मदत गर्छ।—याकूब ४:८.

संयमी हुनु आवश्‍यक छ

हो, एकान्तपनको सन्दर्भमा पनि संयमी हुनुपर्छ। एकान्तपन फाइदाजनक भए तपानि सधैं एकान्तपन खोज्नु खतरनाक हुन्छ। सधैं एक्लै बस्ने व्यक्‍तिले आफूलाई संगति, कुराकानी, स्नेह जस्ता आधारभूत मानव आवश्‍यकताबाट वञ्चित गराइरहेको हुन्छ। यसबाहेक, खाली एक्लै बस्नु मूख्याँई अनि स्वार्थ पलाउन दिनु पनि हो। बाइबलको हितोपदेश यस्तो चेताउनी दिन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” (हितोपदेश १८:१) एकान्तपनको सदुपयोग गर्न एक्लै बस्दा आइपर्नसक्ने खतराहरूलाई पनि चिन्‍नुपर्छ।

येशू तथा अन्य बाइबलकालीन आध्यात्मिक पुरुषहरूजस्तै आज मसीहीहरू एकान्तपनको कदर गर्छन्‌। हो, तीनथुप्रो जिम्मेवारी तथा चिन्ताहरूले लादिएको बेला एकान्तपनमा ध्यान गर्न पाउनु पनि चुनौती हुनसक्छ। यद्यपि, हरेक मूल्यवान्‌ कुरामा लागू भएजस्तै एकान्तपनको सन्दर्भमा पनि “समयको अवसर विचार” गर्नैपर्छ। (एफिसी ५:१५, १६) तब भजनरचयिताले जस्तै हामी पनि यसो भन्‍नसक्छौं: “हे परमप्रभु, मेरो चटान र मेरो उद्धारक, मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।”—भजन १९:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने