प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जुलाई pp. १४-१५
  • मनन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मनन
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जुनसुकै विषयमा मनन गर्नु ठीक हो?
  • मनन गर्दा कस्तो लाभ हुन्छ?
  • मनन गर्दा कुन कुरामा होस पुऱ्‍याउनुपर्छ?
  • प्रार्थना र मनन—जोसिला सेवकहरूका लागि अत्यावश्‍यक
    हाम्रो राज्य सेवकाई—२०१०
  • मेरो चिन्तन
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • आध्यात्मिक कुराहरूमा मनन गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मेरो चिन्तन
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जुलाई pp. १४-१५
मनन गरिरहेका एक व्यक्‍ति

बाइबलको दृष्टिकोण

मनन

जुनसुकै विषयमा मनन गर्नु ठीक हो?

“म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु, र तपाईंका सबै शक्‍तिशाली कार्यहरूमाथि चिन्तन गर्नेछु।”—भजन ७७:१२, NRV.

मानिसहरू के भन्छन्‌?

सुखी र सन्तुष्ट हुनका लागि ध्यान गर्नुपर्छ भनी थुप्रै मानिसहरू भन्‍ने गर्छन्‌। ध्यान गर्ने थुप्रै तरिका छन्‌। तीमध्ये धेरैजसो तरिका प्राचीन समयको पूर्वीय धर्मका प्रचलनहरूबाट सुरु भएका हुन्‌। एक जना लेखकले ध्यान गर्ने विषयमा यसो लेखे: “राम्रोसँग सोचविचार गर्न दिमाग खाली गर्नुपर्छ।” तिनको भनाइअनुसार कुनै तस्बिर वा शब्दमा ध्यान केन्द्रित गरेर दिमागलाई अरू विचारबाट मुक्‍त गर्दा मनोशान्ति र आध्यात्मिक ज्ञान प्राप्त हुन्छ अनि सोचविचार गर्ने क्षमता पनि बढ्‌छ।

बाइबल के भन्छ?

बाइबलमा दिमाग खाली गरेर वा मन्त्र जपेर ध्यान गर्न भनिएको छैन। बरु हामीलाई परमेश्‍वरको गुण, स्तर र सृष्टिका कामहरू जस्ता हितकर विषयमा चिन्तनमनन गर्न आग्रह गरिएको छ। (१ तिमोथी ४:१५) परमेश्‍वरका एक विश्‍वासी जनले यसरी प्रार्थना गरे: “म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।” (भजन १४३:५) तिनले यसो पनि भने: “मेरो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातभरि तपाईंको ध्यान गर्छु।”—भजन ६३:६, NRV.

मनन गर्दा कस्तो लाभ हुन्छ?

“जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्‌, तर दुष्टले दिएको तत्काल जवाफमा दुष्ट्याइँ भरिएको हुन्छ।”—हितोपदेश १५:२८.

बाइबल के भन्छ?

हितकर विषयमा मनन गर्दा त्यसले हाम्रो व्यक्‍तित्वमा सुधार ल्याउँछ। साथै भावनाहरू वशमा राख्न र नैतिकवान हुन हामीलाई मदत गर्छ। यसो हुँदा हाम्रो बोली र व्यवहारमा बुद्धि र समझ झल्किन्छ। (हितोपदेश १६:२३) अनि हामी सुखी र सन्तोषजनक जीवन बिताउन सक्छौं। परमेश्‍वरको विषयमा निरन्तर मनन गर्ने व्यक्‍तिबारे बाइबलको भजन १:३ मा यसो भनिएको छ: “खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”

मनन गर्दा हाम्रो बुझ्ने क्षमता र स्मरणशक्‍तिमा पनि सुधार आउँछ। उदाहरणको लागि बाइबलको कुनै शिक्षा वा सृष्टिका कुराहरूबारे पढ्‌दा हामी रोचक तथ्यहरू थाह पाउन सक्छौं। तर जब हामी ती कुरामा मनन गर्छौं, तब ती कुराहरू एकअर्कासित वा विगतमा सिकेको कुनै कुरासित कसरी सम्बन्धित छन्‌ भनेर बुझ्न सक्छौं। जसरी डकर्मीले विभिन्‍न सामग्रीबाट एउटा सुन्दर घर बनाउँछ, त्यसरी नै मनन गऱ्‍यौं भने हामीले पनि आफूले सिकेका तथ्यहरूबाट दिमागमा एउटा सुन्दर चित्र कोर्न सक्नेछौं।

मनन गर्दा कुन कुरामा होस पुऱ्‍याउनुपर्छ?

“मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?”—यर्मिया १७:९.

बाइबल के भन्छ?

“भित्रबाट, मानिसको मनबाटै हानिकारक विचार निस्कन्छ, जसका उपज हुन्‌: अवैध यौनसम्बन्ध, चोरी, हत्या, आफ्नो पति वा पत्नीबाहेक अरूसित राखिने यौनसम्बन्ध, लालच, दुष्ट्याइँ, छल, छाडा आचरण, ईर्ष्यालु नजर, . . . मूर्खता।” (मर्कूस ७:२१, २२) त्यसैले आगो चलाउँदा होस पुऱ्‍याएजस्तै कस्तो कुराहरूमा मनन गर्ने भनेर पनि होसियार हुनैपर्छ। हानिकारक कुराहरूमा मनन गऱ्‍यौं भने त्यसले हाम्रो हृदयमा खराब इच्छा जगाउन सक्छ र ती खराब इच्छा बढ्‌दै गएपछि हामी गलत काम गर्न पुग्नेछौं।—याकूब १:१४, १५.

त्यसैले बाइबलले हामीलाई ‘जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू परमेश्‍वरको स्तरबमोजिम असल छन्‌, जुन कुराहरू चोखा छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌,’ तिनै कुराहरूमा मनन गर्न आग्रह गरेको छ। (फिलिप्पी ४:८, ९) यस्ता असल कुराहरूमा मनन गरेर यी कुराहरूले आफ्नो दिमाग भऱ्‍यौं भने हामीले राम्रा गुणहरू देखाउन सक्नेछौं। साथै, हाम्रो बोली मीठो हुनेछ र अरूसितको सम्बन्ध पनि न्यानो हुनेछ।—कलस्सी ४:६. (g14-E 05)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने