प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ११/८ p. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ११/८ p. ३०

पाठकहरूका प्रतिक्रिया

घर छोड्‌ने छोराछोरी “जब छोराछोरीहरू घर छोडेर जान्छन्‌,” श्रृंखलाका लेखहरूबाट मैले सान्त्वना पाएँ। (फेब्रुअरी ८, १९९८) हाम्रा चार छोराछोरीमध्ये तीन जनाले तीन वर्षअघि घर छोडे। तिनीहरू एक न एक दिन घर छोडेर जानेछन्‌ भन्‍ने कुरा मनमा राख्दै हुर्काएकी भए तापनि तीनै जनाले एकै चोटी घर छोड्‌लान्‌ भनेर कहिल्यै सोचेकी थिइनँ! आमाबाबुको अनुभूतिलाई वाच टावर सोसाइटीले कदर गरेकोमा म साँच्चै मूल्यांकन गर्छु।

एम. एस., जापान

हाल मेरी पत्नी र म घरदेखि टाढा विशेष अग्रगामीको काम अथवा पूर्ण-समय सुसमाचारकको सेवा गर्दैछौं। टाढा भए पनि आमाबाबुलाई हामी अझै माया गर्छौं र उहाँहरू प्रिय हुनुहुन्छ भनेर कसरी देखाउने भन्‍ने विषयमा तपाईंहरूले दिनुभएको सल्लाह साँच्चै कामलाग्दो छ।

एम. एम. एस., ब्राजिल

म ११ वर्षकी केटी हुँ। घरको काममा सघाउपघाउ गर्नु वयस्क भएपछि कामलाग्ने तालिम हो जस्तो लाग्दैनथ्यो। यी लेखहरूले मेरा आँखा खुले। हामी जवानहरूको ख्याल गर्नुभएकोमा धन्यवाद।

डि. यु., युगोस्लाभिया

आमाबाबुको विरोध फेब्रुअरी ८, १९९८ को अंक भर्खरै प्राप्त गरें र मैले “युवा जनहरू सोध्छन्‌ . . . आमाबाबु मेरो विवाहमा सहमत हुनुभएन भने के गर्ने?” लेख पढें। छोरीले विवाह गर्न खोज्दा उसको विरोध गरेर मैले गल्ती गरें जस्तो लागेको थियो। तर उक्‍त लेखमा मलाई चिन्ता लागेका सम्पूर्ण कुराहरू समावेश थिए—कलिलो उमेर, भावी लोग्नेको व्यक्‍तित्व, अविश्‍वासीसित एकै हलोमा जोतिनसक्ने सम्भावना, एड्‌स सर्नसक्ने सम्भावना अनि सांस्कृतिक भिन्‍नता। यो लेख मेरी छोरीको मनमा गडोस्‌ भनेर म प्रार्थना गर्छु।

एन. बि., संयुक्‍त राज्य अमेरिका

कत्ति राम्रो लेख! तपाईंहरूले कत्ति कुशलतासाथ अति संवेदनशील विषयलाई छुनुभयो। यी विषयहरू पाठकले छर्लंगै बुझून्‌ भनेर तपाईंहरूले विविध विषयहरू अगाडि सार्नुभयो।

एस. सी., संयुक्‍त राज्य

म गत आठ वर्षदेखि पूर्ण-समय सुसमाचारकको सेवा गर्दैछु। मेरा आमाबाबु पनि मसीहीहरू नै हुनुहुन्छ। तर उहाँहरू मेरो विवाह गर्ने निर्णयसित सहमत हुनुहुन्‍न। यो मदतकारी लेखको निम्ति तपाईंहरूलाई मुरी मुरी धन्यवाद छ।

टि. सि. एफ., तान्जानिया

मसीही विविधता “के मसीही एकताको अर्थ हरेक कुरामा एकरूपता हो?” (मार्च ८, १९९८) लेखको लागि हार्दिक धन्यवाद। जति जति यहोवालाई चिन्दै गएँ, व्यक्‍तित्व विविधताको आनन्द उठाउनसक्ने उहाँको संगठनमा हुन पाएकोमा म उति उति रमाएँ।

आइ. पि., स्लोभेनिया

म १५ वर्ष पुगिसकेको छु र म नियमित तवरले ब्यूँझनुहोस्‌! पढ्‌छु। मलाई यो लेख साह्रै मन पऱ्‍यो। एक ठाउँमा प्रमोदवन र त्यो कस्तो हुनेछ भन्‍नेबारे बताइएको थियो। सिद्ध मानवहरू कस्ता होलान्‌ अनि के हामी सबैको रंगरूप अनि विचार एकैखाले होला भनेर म सोच्ने गर्थें। त्यहाँ मानव तथा जनावरहरूमा थुप्रै विविधता हुने रहेछ भनेर अब बल्ल बुझें।

जे. सि., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने