पाठकहरूका प्रतिक्रिया
आगोले पोल्नुबाट बचावट “विश्वदर्शन” अन्तर्गत “पकाउँदा अपनाउनुपर्ने सावधानीहरू” भन्ने विषय पढ्दा मलाई अलि चित्त बुझेन। (डिसेम्बर ८, १९९८) (अंग्रेजी) त्यो लेखमा एउटा खबर पत्रिकाअनुसार अगाडि पट्टिको चुलोमा खाना पकाउने सल्लाह दिइएको थियो। तथापि, यो सल्लाह आमाबाबुलाई प्रायजसो दिइने मैले सुनेको सल्लाहसित मिल्दैन। बच्चाले नभ्याउने पछाडिको चुलो चलाउन सल्लाह दिइन्छ।
एम. बि., इंगल्याण्ड
हामी यस सुरक्षात्मक सुझाउको मूल्यांकन गर्छौं। हामीले रिपोर्ट गरेको समाचार विशेषतः वृद्धहरूको निम्ति थियो किनभने पछाडितिरको चुलो चलाउँदा तिनीहरूमध्ये कतिपयको बाहुला आगोले खाएको छ। स-साना बच्चाहरूका आमाहरूले त केटाकेटीले नभ्याउने पछाडितिरको चुलो चलाउनु नै बुद्धिमानी हुनेछ।—सम्पादक।
आकाशीय पिण्डहरूको कारण विनाश? म दस वर्षको केटो हुँ र मलाई “बाइबलको दृष्टिकोण: के आकाशीय पिण्डहरूको कारण हाम्रो पृथ्वीको विनाश हुनेछ?” भन्ने लेख रमाइलो लाग्यो। (जनवरी ८, १९९९) मैले हाम्रो पृथ्वी आकाशीय पिण्डहरू ठोक्किएर विनाश हुँदैन किनभने यहोवा हामी प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँचोस् भन्ने चाहनुहुन्छ भनी यस लेखबाट बुझें।
जे. पि., संयुक्त राज्य
धूम्रपान छोड्नुहोस्! “हामीले छोड्न सक्यौं भने तपाईंले पनि किन नसक्नु!” भन्ने लेख मलाई एकदमै मन पऱ्यो। (जनवरी ८, १९९९) धूम्रपान गर्ने एक जना व्यक्तिसित भर्खरै बाइबल अध्ययन सिद्धियो। तिनी सबै सभाहरूमा आउँछिन् तर यस लतले गर्दा तिनले आध्यात्मिकतामा त्यति उन्नति गर्न सकेकी छैनन्। धूम्रपान छोड्ने विषयका अरू लेखहरू मैले तिनलाई पढ्न दिएको छु तर आशा छ, यस लेखले तिनलाई यो लत छोड्न मदत गर्नेछ।
के. सि., संयुक्त राज्य
आमाबाबुबिना बाँच्नु “युवा जनहरू सोध्छन् . . . आमाबाबुबिना म कसरी बाचूँ?” जस्तो अत्युत्तम लेखको निम्ति धेरै धन्यवाद। (जनवरी ८, १९९९) हामी जवानहरूले आफ्नो आमाबाबु गुमाए तापनि यहोवाले हाम्रो रक्षा गर्नुहुन्छ भन्ने बुझ्न यस लेखले मलाई मदत गऱ्यो। मेरो आमाबाबु दुवै जना जीवितै हुनुहुन्छ तर उहाँहरूको मृत्यु भयो भने के गर्ने होला भन्ने विचार मनमा आइरहन्छ। ओरासियोको असल उदाहरणले मलाई निकै मदत गऱ्यो।
एम. जे., ट्रिनिदाड
सात छोराहरू हुर्काउँदा “सात छोराहरू हुर्काउने चुनौति तथा आशिष्हरू” लेखको निम्ति म धन्यवाद नदिई बस्न सक्दिनँ। (फेब्रुअरी ८, १९९९) म विधवा भएको कारण किशोरावस्थामा पुगेको बच्चालाई हुर्काउनु निकै चुनौतिपूर्ण भएको छ। यस लेख पढेपछि मात्र मैले मेरा बच्चाहरूको जीवनको यस अवधि पनि पार लाग्नेछ भनी थाह पाएँ।
ए. आर., संयुक्त राज्य
हामी पनि सात दिदी भाइबहिनी हौं। हालैसम्म हामी सबैले यहोवालाई एकताबद्ध भई सेवा गरिरहेका थियौं। तथापि, झन्डै छ महिनाअघि मेरो एक जना बहिनी बहिष्कृत भइन्। सुरुमा उक्त लेख देख्दा मलाई एक सफल परिवारको अनुभव पढ्नै मन लागेन। अनि सफल परिवारप्रति ईर्ष्यालु नभई त्यस लेखबाट लाभ उठाउन मैले प्रार्थना गरें। त्यस परिवारको पनि हाम्राजस्तै समस्याहरू रहेछन् र यहोवाले हाम्रो अवस्थाबारे चासो लिनुहुन्छ भनी थाह पाउँदा प्रोत्साहित भएँ। हामीसित आफ्नो अनुभव बाँड्नुभएकोमा डिक्म्यान परिवारलाई धन्यवाद दिन चाहन्छु। मेरा आमाबाबु र भाइबहिनीहरूले पनि यस लेखबाट प्रोत्साहन र सान्त्वना प्राप्त गरे होलान् भनी मलाई पूर्ण विश्वास छ।
डब्ल्यु. वाइ., जापान
सिंहहरू “सिंह—अफ्रिकाको रवाफिला यालयुक्त बिरालाहरू” लेखको निम्ति धन्यवाद। (फेब्रुअरी ८, १९९९) यो लेख मलाई एकदमै मन पऱ्यो किनभने मलाई पहिल्यैदेखि सिंह असाध्यै मन पर्छ। म तिनीहरू देखेर मोहित हुन्छु किनभने तिनीहरू सुन्दर हुनुका साथै साहसिक छन्। म एक दिन “जवान सिंह[सित]” बस्न चाहन्छु।—यशैया ११:६-९.
इ. ए. एस., ब्राजिल