प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १/८ पृ. ८-११
  • जब सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्नेछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्नेछन्‌
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धार्मिक नयाँ संसारको जीवन
  • सधैंभरि बाँच्न योग्यको हुने
  • शान्तिमय नयाँ संसारमा जीवन
    शान्तिमय नयाँ संसारमा जीवन
  • आर-मागेडोन पश्‍चात्‌, एउटा पार्थिव प्रमोदवन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • अनन्त जीवन एउटा सपना मात्र होइन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • “स्वर्गमाझैं यस पृथ्वीमा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १/८ पृ. ८-११

जब सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्नेछन्‌

येशू ख्रीष्टले डाँडामा उपदेश दिनुहुँदा, सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय आउनेछ भनेर औंल्याउनुभएको थियो। भजन ३७ औं अध्याय उद्धरण गर्नुहुँदै येशूले आफ्नो उपदेश थाल्नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” बाइबलको उक्‍त भजनले यो सुन्दर परिस्थिति पृथ्वीमा कसरी बसालिनेछ, त्यो पनि वर्णन गर्छ: “किनकि कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।”—मत्ती ५:५; भजन ३७:९.

कस्तो उल्लेखनीय परिवर्तन्‌—पृथ्वीबाट सारा कुकर्मी हटाइने अनि एकअर्कालाई प्रेम गर्ने मानिसहरू मात्र बस्न पाउने! तर त्यो कसरी हुनसक्ला? येशूले डाँडामा दिनुभएको प्रख्यात उपदेशमै हामीलाई प्रार्थना गर्न सिकाउनुभएर त्यसको जवाफ दिनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) ध्यान दिनुहोस्‌ त, परमेश्‍वरको इच्छा कहाँ पूरा हुनेरहेछ। स्वर्गमा मात्र होइन पृथ्वीमा पनि। द क्रिश्‍चियन सेन्चुरी अझ जोड दिंदै भन्छ: “तपाईंको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पनि पूरा होस्‌ भनेर हामी प्रार्थना गर्छौं।”

त्यसोभए, येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभएको परमेश्‍वरको राज्य के हो त? अवश्‍य त्यो स्वर्गबाट शासन गर्ने वास्तविक सरकार हो। त्यसैकारण, त्यसलाई “स्वर्गको राज्य” पनि भनिन्छ। (मत्ती १०:७) यो राज्यको नियुक्‍त शासक वा सरकार परमेश्‍वरको पुत्र येशू ख्रीष्ट हुनुहुन्छ।

येशू मरियमको कोखबाट जन्मनुभन्दा धेरैअघि यहोवाको अगमवक्‍ता यशैयाले त्यस चमत्कारपूर्ण घटनाका साथै त्यसपछि हुने कुराहरूबारे यस्तो अगमवाणी गरे: “किनभने हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकका युद्धि निकाल्नुहुने, पराक्रमी परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” (यशैया ९:६, ७) येशूको मृत्यु अनि पुनरुत्थानपछि उहाँ स्वर्गमा आफ्नो पितासँग बस्नुभयो र राजाको हैसियतले शासन गर्ने आज्ञा नपाउञ्जेल पर्खनुभयो।—भजन ११०:१, २; हिब्रू १०:१२, १३; प्रकाश ११:१५.

त्यसोभए, घृणाले भरिएको यो पृथ्वीलाई अन्ततः के हुनेछ? बाइबलले कसरी त्यसको जवाफ दिन्छ, ध्यान दिनुहोस्‌। परमेश्‍वरको अगमवक्‍ता दानियलले यस्तो अगमवाणी गरे: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.

बाइबलको यो भविष्यवाणीले अवश्‍य पनि मानव गतिविधिहरूमा हुने ठूलो परिवर्तनलाई औंल्याउँदैछ। परमेश्‍वरको शासन स्वीकार्न नचाहने ढिट यो मानव संसारसहित पूरै रीतिरिवाजलाई पृथ्वीबाट हटाइनेछ। त्यसपछि के हुनेछ, अब ध्यान दिनुहोस्‌।

धार्मिक नयाँ संसारको जीवन

पुरानो संसार नष्ट हुँदा, बच्ने मानिसहरू पनि हुनेछन्‌। त्यसबारे बाइबल यसो भन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) हो, नूह र तिनको परिवार त्यतिबेलाको संसार नष्ट हुँदा बचेजस्तै परमेश्‍वरको इच्छाबमोजिम गर्नेहरू बच्नेछन्‌ र नयाँ संसारमा प्रवेश गर्नेछन्‌। प्रेरित पत्रुसले सोहीबारे यो लेखे: “उहाँको [परमेश्‍वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:५-७, ११-१३.

परमेश्‍वरको राज्यबाहेक अरू कुनै राज्य वा सरकार नहुने त्यस संसारबारे बाइबलले यो प्रतिज्ञा पनि गरेको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) धर्मीहरूले सफा पृथ्वीको उपभोग गर्न पाउनेछन्‌। साँच्चै त्यो कत्ति रमाइलो क्षण हुनेछ! बाइबलमा वर्णन गरिएका यी आशिष्‌हरू तपाईंले अहिलेसम्म जाँचेर हेरिसक्नुभएको छैन भने, कृपया हेरिहाल्नुहोस्‌। बाइबलको त्यस्तो आशिष्‌हरू प्राप्त हुँदा हुने अवस्थाबारे तपाईंले अघिल्ला पृष्ठहरूमा चित्रहरू हेर्न सक्नुहुन्छ।

हाम्रो सृष्टिकर्ताले उहाँको उपासना गर्ने जति सबैको हितको लागि त्यति सुन्दर कुराहरू साँच्नुभएको रहेछ भन्‍ने जानेर के तपाईंको मन गद्‌गद भएन र? निस्सन्देह, परमेश्‍वरले प्रथम मानव दम्पती सृष्टि गर्नुभएर पार्थिव प्रमोदवनमा राख्नुहुँदा त्यस्तै राम्रा कुराहरू पाऊन्‌ भनेर चाहनुभएको थियो। परमेश्‍वरले तिनीहरूलाई के भन्‍नुभयो ध्यान दिनुहोस्‌ त: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”—उत्पत्ति १:२७, २८.

आदम र हव्वाका छोराछोरीहरू हुनेथिए, अनि हुर्केपछि पार्थिव प्रमोदवनको रेखदेख गर्ने रमाइलो काममा तिनीहरूले पनि भाग लिनेथिए। आफ्नो साखा सन्तानहरूसित मिलेर अदनको बगैंचा यसरी फैलाउँदै जाने काम गर्न पाउनु कत्ति आनन्ददायी होला कल्पना गर्नुहोस्‌ त। निस्सन्देह, परमेश्‍वरले पनि पूरै पृथ्वी प्रमोदवन होस्‌ भनेर चाहनुभएको थियो। तर के परमेश्‍वरको यो उद्देश्‍य पूरा होला त? अवश्‍य! किनभने परमेश्‍वरले हामीलाई वचन दिनुभएको छ। उहाँ प्रतिज्ञा गर्नुहुन्छ: “मैले . . . यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।”—यशैया ४६:११; ५५:११.

धर्मशास्त्रमा वर्णन गरिएको पार्थिव प्रमोदवन जसको चित्र अघिल्ला पानाहरूमा तपाईंले देखिसक्नु पनि भयो, के तपाईं त्यहाँ सधैंभरि जीवन बिताउन चाहनुहुन्छ? तर इच्छा गर्दैमा सबैलाई त्यहाँ सधैंभरि बाँच्न दिइनेछैन, जुन स्वाभाविक कुरा पनि हो। त्यहाँ बस्न पूरा गर्नुपर्ने आवश्‍यकताहरू छन्‌। ती के हुन्‌?

सधैंभरि बाँच्न योग्यको हुने

सर्वप्रथम, परमेश्‍वरको नयाँ संसारमा बाँच्नेहरूले एकअर्कालाई प्रेम गर्न सिकेकै हुनुपर्छ र वास्तवमा परमेश्‍वरले त्यसो गर्न सिकाउनुभएको पनि छ। बाइबल यसो भन्छ: “आपसमा प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौ।” (१ थिस्सलोनिकी ४:९) त्यसोभए परमेश्‍वरले हामीलाई कसरी प्रेम गर्न सिकाउनुहुन्छ त?

मुख्यतः आफ्नो लिखित वचन, बाइबलद्वारा। मतलब, हामीले बाइबलमा उल्लिखित परमेश्‍वरका शिक्षाहरू स्वीकार्नु नितान्त आवश्‍यक छ। बाइबल अध्ययन गर्ने पूर्वेली विद्यार्थीले एकपटक यसो भने: “म बाइबलले प्रतिज्ञा गरेजस्तै सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समयको बाटो हेर्छु।”

आफ्नो पितालाई प्रार्थना गर्नुहुँदा येशूले हामीले पूरा गर्नुपर्ने एउटा महत्त्वपूर्ण आवश्‍यकता औंल्याउनुभयो। उहाँले भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने ३२ पन्‍ने पुस्तिकाले तपाईंलाई परमेश्‍वर र येशू ख्रीष्टलाई चिन्‍न मदत गर्नेछ। यस पत्रिकाको ३२ औं पन्‍नामा दिइएको कुपन भरेर अनि Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India, वा पृष्ठ ५ मा दिइएका कुनै ठेगानामा पठाएर तपाईंले त्यो पुस्तिका प्राप्त गर्न सक्नुहुन्छ।

[पृष्ठ ९-मा भएको चित्र/पेटी]

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू

विश्‍वव्यापी मायालु भ्रातृत्व

“परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” — प्रेरित १०: ३४, ३५.

अपराधमुक्‍त अनि युद्धरहित संसार

“दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌।” — हितोपदेश २: २२.

“[परमेश्‍वरले] पृथ्वीको अन्तसम्मै . . . युद्धहरू रोक्नुहुन्छ।” — भजन ४६: ९.

प्रशस्त भोजन

“पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” — भजन ७२:१६.

मानिस र जनावरबीच मेल

“ब्वाँसो चाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। . . . र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।” —यशैया ११:६.

रोग, वृद्धावस्था अनि मृत्युरहित संसार

“[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

मरिसकेका प्रियजनहरूको पृथ्वीमा पुनरुत्थान

“बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌। औ . . . पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने