प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १२/८ पृ. २५
  • हात धोएपछि पुछ्‌न नबिर्सनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हात धोएपछि पुछ्‌न नबिर्सनुहोस्‌!
  • ब्यूँझनुहोस्‌!—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • स्वस्थ हुने तरिका
    ब्यूँझनुहोस्‌!—२०१५
  • तपाईंको स्वास्थ्यको रक्षा गर्ने ६ वटा तरिका
    ब्यूँझनुहोस्‌!—२००३
  • सबैभन्दा महान्‌ पुरुषले गर्नुभएको विनम्र सेवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • आफ्नो हात बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १२/८ पृ. २५

हात धोएपछि पुछ्‌न नबिर्सनुहोस्‌!

हामीलाई सर्दी वा अन्य संक्रामक रोगहरूले कसरी पक्रन्छ? सं.रा.-को संक्रमण तथा महामारी नियन्त्रणसम्बन्धी पेशेवरहरूको संघअनुसार कमसेकम ८० प्रतिशत रोगहरू हावाद्वारा होइन तर हाम्रो आफ्नै हातबाट सरिरहेका छन्‌। वास्तवमा, सधैं हात धुनु रोगहरूबाट बच्ने एक मात्र महत्त्वपूर्ण तरिका पनि मानिन्छ। तथापि, धेरैजसो मानिसहरू दिसा बसेर, नाक सफा गरेर अनि खाना खानुअघि हात धुने गर्दैनन्‌। कतिले चाहिं हात धोइस्‌, धोएँ भने जस्तो मात्र गरेकाले सम्भाव्य रोगवाहक कीटाणुहरू पखालिंदैनन्‌।

हात धोएपछि राम्ररी पुछ्‌नु पनि उतिकै आवश्‍यक छ। बेलाइतमा वेस्टमिन्स्टर विश्‍वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार प्रायः मानिसहरूले हात धोएपछि र त्यसमाथि अझ विशेषगरि हात सुक्खा पार्ने मेसिन प्रयोग गर्दा, राम्ररी सुकाउँदैनन्‌। अनि कतिले चाहिं मेसिनद्वारा हात सुकाएपछि आफ्नै लुगामा पुछ्‌ने गर्छन्‌। यसोगर्दा हातमा रहेका खतरनाक अनि सूक्ष्म कीटाणुहरू फैलिनसक्छन्‌। अनुसन्धानकर्ताहरूको अनुसार, हात धोएपछि प्रयोग गरेर फ्याँक्न सकिने कागजको रुमाल वा कसैले नचलाएको सफा कपडाको रुमालले पुछेर पुर्णरूपले सुकाउनु बेस हो।

सं.रा.-को रोग नियन्त्रण तथा रोकथाम केन्द्रले हात धुने सन्दर्भमा निम्न सल्लाहहरू दिएको छ:

• सधैं, बगिरहने गरम पानी र नरम साबुन प्रयोग गर्नुहोस्‌। यदि बगिरहने पानीको प्रबन्ध छैन र भाँडामा सारेर चलाउनु पर्ने स्थिति छ भने, प्रत्येक पल्ट भाँडा राम्ररी धोएर मात्र चलाउनुहोस्‌। भिजेको रुमाल चलाउँदा हात त्यति राम्ररी सफा हुँदैन।

• साबुनको फींज ननिस्केसम्म कम्तीमा १५ सेकेन्ड दुवै हातमा साबुन दल्नुहोस्‌। औलोको टुप्पा-टुप्पा र हत्केला अनि औलोको बीच-बीचमा साथै नङ भित्र समेत राम्ररी माडेर सफा गर्नुहोस्‌।

• बगिरहने गरम पानीमा हात धुनुहोस्‌।

• सफा कागज वा आफ्नै रुमाल मात्र चलाउने गर्नुहोस्‌, त्यसपछि सफा हातले फेरी धारा र रुमाल होल्डर नछुनुहोस्‌।

• नांगो हातले धाराको बिंड नछुन धारा बन्द गर्दा रुमालले समातेर बन्द गर्नुहोस्‌।

• बच्चाहरूले बगिरहने पानीमा हात धुँदा तिनीहरूको हात सजिलोसँग झुन्डाउन सक्ने उचाइमा उभिनुपर्छ। माथि उल्लिखित सल्लाह अनुरूप बच्चाको हात धुन मदत गर्नुहोस्‌ र मदत गरेपछि तपाईंको हात राम्ररी धुनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने