प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ७/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर बहिराहरूको कसरी ख्याल राख्नुहुन्छ?
    थप लेखहरू
  • आफ्नो इलाकाका बहिराहरूलाई प्रचार गर्न सजग हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ७/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

यन्त्रमानवद्वारा मंगलग्रहको अन्वेषण मानिस र पशुहरूबीचको ठूलो भिन्‍नताबारे छलफल गरिएको श्रृंखलाबद्ध लेख पढेपछि सोही पत्रिकामा छापिएको “यन्त्रमानवद्वारा मंगलग्रहको अन्वेषण” भन्‍ने लेख पढें। (जुलाई ८, १९९८) कस्तो सटीक र सरल ढंगमा उक्‍त लेखले मानिस र पशुबीचको भिन्‍नता स्पष्टसित छुट्टयाएको थियो!

जि. डि. एम., संयुक्‍त राज्य

पैसा कमाउने “युवा जनहरू सोध्छन्‌ . . . म कसरी पैसा कमाउनसक्छु?” जस्तो जानकारीमूलक लेख प्रकाशित गर्न समय निकाल्नुभएकोमा धेरै धेरै धन्यवाद। (सेप्टेम्बर ८, १९९८) जागिर पाउन मलाई गाह्रो भइरहेको थियो। तर मैले तपाईंहरूले भन्‍नुभएझैं गरे र बल्ल जागिर पाएँ!

सि. डि., घाना

दुस्वपन “विश्‍वदर्शन”- मा “केटाकेटीहरूको दुस्वपन सामान्य” भन्‍ने शीर्षक अन्तर्गत दिइएका सल्लाहहरू मलाई साँच्चै चित्त बुझ्यो। (अक्टोबर ८, १९९८) मेरा बच्चाहरूले दुस्वपन देख्छन्‌ तर म तिनीहरूलाई त्यसबारे केही कुरा नगरी खुरुक्क सुत भन्‍ने गर्थें। तर अहिले त्यस सल्लाह पढेपछि यस समस्याको राम्ररी सामना गर्न सकेकी छु। कृपया यस्ता जानकारीमूलक लेखहरू प्रकाशित गरिरहनुहोस्‌।

आर. एन., जिम्बाबे

ध्यान दिने शिक्षकले सिकाइरहनुभएको बेला म उहाँको कुरामा ध्यानै दिन सक्दिन थिएँ। तर “युवा जनहरू सोध्छन्‌ . . . म कसरी ध्यान दिनसक्छु?” शीर्षक भएको लेख पढेपछि मैले आफ्नो बानीमा परिवर्तन ल्याउन सकेकी छु। त्यस लेख पढेपछि मेरो त्यो बानी हटाउनुका साथै अनुशासनमा पनि बस्न सकेकी छु।

एम. ए. एम., ब्राजिल

म हतपती ध्यान दिन सक्दिनँ। तर मैले अहिलेसम्म ध्यान दिन अलिकति उत्प्रेरणा र अनुशासनमा बसे पुग्छ भन्‍ने कुरा बुझेकै थिइनँ। मैले यसको लागि लगनशील भई प्रयास गर्नुपर्ने छ तर मलाई लाग्छ म सफल हुनेछु!

डि. आर. ए., संयुक्‍त राज्य

ब्यूँझनुहोस्‌!-मा थुप्रै जानकारीहरू हुन्छ र त्यो म जस्तो जवानहरूको लागि अत्यन्तै चाखलाग्दो छ। मैले यस लेखबाट लाभ उठाएँ किनभने मेरो ध्यान दिन नसक्ने समस्या थियो। मुरी-मुरी धन्यवाद।

एम. एन., इटाली

एड्‌स तपाईंहरूलाई “एड्‌स—के यसमाथि विजय प्राप्त गर्न सकिएला?” श्रृंखलाको (डिसेम्बर ८, १९९८) लागि म भित्र हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो लेख असाध्यै जानकारीमूलक थियो। म १९ वर्षको भएँ र एड्‌स तथा एच आइ भि-बारे स्कूल र घरमा धेरै कुरा सिकिसकें तर अझै राम्रोसित बुझेको थिइनँ। यस लेखबाट मैले आफ्नो विवाह जोडी छान्दा होसियार हुनुपर्ने र स्वच्छ नैतिक जीवन बिताउनु एकदमै महत्त्वपूर्ण छ भनी बुझें।

एस. टि., संयुक्‍त राज्य

तपाईंहरूको लेख जानकारीमूलक, सही र तथ्यपूर्ण थियो। मलाई एड्‌स लागेको दस वर्ष भइसक्यो। तपाईंहरूको प्रकाशनको मदतद्वारा मलाई एक जना साथीले बाइबलको ज्ञान दिइरहेको छ। यस्तो लेख प्रकाशित गर्ने साहस गर्नुभएको लागि धन्यवाद।

बि. डब्ल्यु., संयुक्‍त राज्य

एड्‌स-बारे लेखहरू पढ्‌न नसिध्याउञ्जेल मैले ब्यूँझनुहोस्‌! बन्दै गर्न सकिनँ। यस विषयमा त्यस्तो सही जानकारी मैले अहिलेसम्म पढेको थिइनँ। म एक परिचारिका भएकोले यो जानकारी एकदमै महत्त्वपूर्ण छ। मुरी-मुरी धन्यवाद।

डि. ई., जर्मनी

मेरो छोरा मसीही मार्गबाट तर्कियो र पछि फेरि तिनको होस फर्कंदा एड्‌स रोगले पूरा छोपिसकेको थियो। यसकारण म यस लेखको मूल्यांकन गर्छु। यहोवाको मदतद्वारा तिनी अहिले आध्यात्मिक तवरमा बलियो छन्‌। उपचारको कारण तिनको स्वास्थ्यस्थिति अहिले राम्रै छ। यस रोगबाट संक्रमित भएर पनि अहिलेसम्म थाह नभएको थुप्रै छन्‌। बिहे गर्ने सोचिरहेकाहरूलाई यो ठूलो चिन्ताको विषय हुनुपर्छ।

एन. जे., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने