प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १०/८ pp. २६-२७
  • कसरी असल नागरिक हुन सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसरी असल नागरिक हुन सकिन्छ?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अख्तियारवालाहरूप्रति मसीहीहरूको अधीनता
  • “हरेक असल काममा तत्पर रहुन्‌”
  • “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ”
  • परमेश्‍वर र सिजर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • प्रारम्भिक मसीही धर्म र सांसारिक राज्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उच्च अख्तियारवालाहरूप्रति हाम्रो सापेक्षिक अधीनता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • जे जे सिजरका हुन्‌ सिजरलाई दिने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १०/८ pp. २६-२७

बाइबलको दृष्टिकोण

कसरी असल नागरिक हुन सकिन्छ?

दोस्रो विश्‍वयुद्धपछिको कुरा हो, आफूलाई नियमपालक असल नागरिक ठान्‍ने युरोप तथा जापानका थुप्रै मानिसहरू विरुद्ध मुद्दा लाग्यो र युद्ध अपराधहरूको निम्ति तिनीहरूलाई दोषी ठहऱ्‍याइयो। ती दोषी ठहऱ्‍याइएका मानिसहरूमा उच्च ओहदाका सेना अधिकारीहरू, वैज्ञानिक तथा अन्य पेसेवरहरू थिए। तीमध्ये कसै कसैले असल नागरिकको हैसियतमा केवल आज्ञा पालन गरिरहेका थिए भनी आफ्नो सफाइ दिन खोजे। तथापि, ती स्वघोषित असल नागरिकहरूले मानवता विरुद्ध घोर अपराधहरू गरे।

अर्कोतर्फ राज्यको अख्तियारलाई बेवास्ता गर्ने मानिसहरू पनि छन्‌। कसैले खुलेआम सरकारी अख्तियार इन्कार गर्छन्‌ भने कसै कसैले आफू पक्राउमा पर्ने खतरा नभएसम्म जुनै पनि नियम तोड्‌न तयार हुन्छन्‌। निस्सन्देह, अख्तियारको अधीनमा बस्नुपर्छ नत्र भने अराजकता र भद्रगोल हुन्छ भनी प्रायः सबै सहमत हुन्छन्‌। तथापि प्रश्‍न उठ्‌छ, कुन हदसम्म निजामती सेवा तथा नियमकानुन पालन गर्नुपर्छ? राज्यप्रतिको आफ्नो जिम्मेवारीबारे सन्तुलित दृष्टिकोण राख्न प्रथम शताब्दीका मसीहीहरूलाई कुन कुराले मदत गऱ्‍यो भनी केही आधारभूत सिद्धान्तहरूलाई विचार गर्नुहोस्‌।

अख्तियारवालाहरूप्रति मसीहीहरूको अधीनता

प्रथम शताब्दीका मसीहीहरू स्वेच्छापूर्वक त्यतिबेलाका शासकहरू अर्थात्‌ “उच्च अख्तियारवालाहरूका” नियम तथा कानुनहरूको अधीनमा बसे। (रोमी १३:१) मसीहीहरूले “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू” सही ठाने। (तीतस ३:१) तिनीहरूले ख्रीष्टलाई आफ्नो स्वर्गीय राजाको रूपमा मानि लिए तापनि तिनीहरू मानव शासकप्रति पनि आज्ञाकारी थिए र राज्यको सुरक्षा व्यवस्थाप्रति कुनै खतरा थिएनन्‌। वास्तवमा तिनीहरूलाई सधैं “राजाको आदर” गर्न प्रोत्साहन दिइन्थ्यो। (१ पत्रुस २:१७) प्रेरित पावलले मसीहीहरूलाई यस्तो प्रोत्साहन समेत दिए: “यसकारण सबैभन्दा पहिले म अर्ती दिन्छु, कि अन्तरबिन्ती, प्रार्थना, विनम्र निवेदन, धन्यवादहरू सबै मानिसहरूका निम्ति, सब प्रकारका भक्‍ति र गम्भीरता हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं भनेर राजाहरू र उच्च पदाधिकारीहरूका निम्ति पनि गरिऊन्‌।”—१ तिमोथी २:१, २.

प्रथम शताब्दीका मसीहीहरूबाट कहिलेकाहीं करको नाउँमा ठूलो रकम माग गरिए तापनि कर्तव्यनिष्ठ भई सबै कर तिर्थे। यस सन्दर्भमा तिनीहरूले प्रेरित पावलले दिएका प्रेरित निर्देशन पछ्याए: “कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल” तिर। (रोमी १३:७) येशूका चेलाहरूको दृष्टिकोणमा रोमी सरकार तथा यसका अधिकारीहरूले परमेश्‍वरको अनुमति पाएर नै शासन गरिरहेका थिए। अर्को शब्दमा भन्‍ने हो भने समाजमा केही हदसम्म शान्ति अनि सुरक्षा व्यवस्था कायम राख्न “परमेश्‍वरका सेवक[को]” हैसियतमा सेवा गरिरहेका थिए।—रोमी १३:६.

“हरेक असल काममा तत्पर रहुन्‌”

प्रथम शताब्दीका मसीहीहरूलाई राज्यले लगाएको निजामती जिम्मेवारीहरू स्वीकार्न प्रोत्साहित गरिन्थ्यो। येशू ख्रीष्ट स्वयंले आफ्ना चेलाहरूलाई कहिलेकाहीं निजामती अधिकारीहरूले माग गरेभन्दा बढी गर्न इच्छुक हुने सल्लाह दिनुभयो। उहाँले भन्‍नुभयो: “यदि कसैले तिमीलाई आधा कोशसम्म जबरदस्त लैजान्छ भने, उसित एक कोशसम्मै जाऊ।” (मत्ती ५:४१) यस सल्लाह पछ्याउँदा मसीहीहरूले तिनीहरू सभ्य समाजबाट फाइदा मात्र उठाउन चाहँदैनन्‌ तर बदलामा केही दिन पनि चाहन्छन्‌ भनी प्रदर्शित गरे। तिनीहरू सधैं ‘हरेक असल काम गर्न तत्पर’ थिए।—तीतस ३:१; १ पत्रुस २:१३-१६.

तिनीहरू आफ्ना छिमेकीहरूलाई साँचो प्रेम गर्थे र तिनीहरूलाई हर तरिकामा मदत गर्न चाहन्थे। (मत्ती २२:३९) यस्तो प्रेम र उच्च नैतिक स्तरको कारण प्रथम शताब्दीका मसीहीहरूले आफ्नो समुदायमा असल नाउँ कमाएका थिए। आफ्ना छिमेकीहरू मसीहीहरू हुँदा मानिसहरू आनन्दित हुने प्रशस्त कारण थियो। (रोमी १३:८-१०) खराब कुराबाट अलग बसेर मात्र मसीहीहरूले प्रेम प्रदर्शित गरेनन्‌। तिनीहरूलाई आफू अग्रसर भएर अरूको चासो लिन र येशू ख्रीष्टले गर्नुभएझैं “[सँगी विश्‍वासीहरूतर्फ मात्र होइन तर सबैप्रति] भलाइको काम” गर्न प्रोत्साहित गरियो।—गलाती ६:१०.

“मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ”

तथापि, अख्तियारवालाहरूप्रति तिनीहरूको अधीनता सापेक्षिक थियो। तिनीहरूले आफ्नो अन्तस्करणलाई ठेस वा परमेश्‍वरसितको सम्बन्धलाई बाधा पुऱ्‍याउने केही पनि काम गर्दैनथे। उदाहरणका लागि, धर्मगुरुहरूले प्रेरितहरूलाई यरूशलेममा येशूबारे प्रचार नगर्न आज्ञा दिंदा तिनीहरूले यसो भन्दै इन्कार गरे: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२७-२९) मसीहीहरूले दृढतासाथ मूर्तिपूजक सम्राट उपासना गर्न इन्कार गरे। (१ कोरिन्थी १०:१४; १ यूहन्‍ना ५:२१; प्रकाश १९:१०) नतिजा कस्तो भयो? “मसीही भएकोले होइन तर नियम पालन गर्न इन्कार गरेकोले निन्दित भए” भनी इतिहासकार जे. एम. रबर्टस्‌ बताउँछन्‌।—छोटकरीमा विश्‍व इतिहास (अंग्रेजी)।

यो अवस्थामा चाहिं तिनीहरूले किन आज्ञा पालन गर्न इन्कार गरे? “उच्च अख्तियारवालाहरू[ले]” परमेश्‍वरकै अनुमतिमा शासन गरेका हुन्‌ तथा नियम कानुन कायम राख्न “परमेश्‍वरको सेवक[को]” रूपमा सेवा गरिरहेका हुन्‌ भनी तिनीहरूले मानि लिए। (रोमी १३:१, ४) तर मसीहीहरूले परमेश्‍वरको नियमलाई नै श्रेष्ठ ठाने। उहाँका अनुयायी हुनेहरूलाई येशू ख्रीष्टले यस सन्तुलित सिद्धान्त स्थापना गर्नुभएको थियो: “जे जे सिजरका हुन्‌ सिजरलाई, र जे जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ।” (मत्ती २२:२१) तिनीहरूले सिजरको नियमलाई भन्दा परमेश्‍वरको नियमलाई प्राथमिकता दिनुपर्थ्यो।

यही नै सही मार्ग थियो भनी थुप्रै मसीही भनौंदाहरूले उक्‍त उत्तम सिद्धान्तहरू पालन गर्न इन्कार गर्दा भएको नतिजाबाट प्रमाणित हुन्छ। उदाहरणका लागि, मसीहीजगत्‌का धर्मत्यागी नेताहरू “सरकारको कठपुतली भए र तिनीहरूलाई विशेष गरी सेनासित सम्बन्धित कामकुराहरूमा प्रयोग गरियो” भनी सैन्य इतिहासकार जोन किगन भन्छन्‌। तिनीहरूका समर्थकहरूले युद्धहरूको समर्थन गरेको हुँदा लाखौं निर्दोष व्यक्‍तिहरूको रगत बगाउन पुगे। किगन भन्छन्‌: “तिनीहरू असाध्यै जोसमा हुँदा परमेश्‍वरको नियमलाई पूर्णतया बेवास्ता गरे।”

तथापि, प्रथम शताब्दीका मसीहीहरूले सही सन्तुलन कायम राख्नेबारे उत्कृष्ट नमुना बसालेका छन्‌। तिनीहरू असल नागरिक थिए। तिनीहरूले आफ्नो निजामती कर्तव्य र जिम्मेवारी राम्ररी पूरा गरे। तर तिनीहरूले दृढता साथ स्पष्ट बाइबल सिद्धान्तहरू पालन गर्नुका साथै जीवनको हरेक पक्षमा बाइबल प्रशिक्षित अन्तस्करणअनुसारै हिंडे।—यशैया २:४; मत्ती २६:५२; रोमी १३:५; १ पत्रुस ३:१६.

[पृष्ठ २६-मा भएको चित्र]

“जे जे सिजरका हुन्‌ सिजरलाई, र जे जे परमेश्‍वरका हुन्‌ परमेश्‍वरलाई देओ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने