प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १/८ पृ. १६-१७
  • कर्णप्रिय युगल गायकहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कर्णप्रिय युगल गायकहरू
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घण्टीचरा
  • आजीवन जोडीहरू
  • तिनीहरू काम गर्दा सुसेली हाल्छन्‌
  • के तपाईंलाई त्यो गीत कता कता सुन्‍नु भएजस्तो लाग्यो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • वर्तमान समयको उपासनामा संगीतको भूमिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको प्रशंसा गाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • हर्षोल्लासका साथ गाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १/८ पृ. १६-१७

कर्णप्रिय युगल गायकहरू

केन्याका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

दुई गायकहरू आफ्नो गीत गाउन तम्तयार थिए। मूल गायकले आफ्नो शिर झुकाउँदै मधुरो अनि सुरिलो आवाजमा गाउन थाल्यो र यो आवाजको प्रतिध्वनि शीतल बिहानीमा टाढा टाढासम्म गुञ्जियो। त्यसपछि, दोस्रो गायकले पनि भलादमी ढंगले शिर झुकाए अनि दुवैले एकै चोटि सुरिलो आवाजमा धुन निकाले। गीत झन्‌ झन्‌ सुरिलो हुँदै गएपछि दुइटा आवाज एउटैजस्तो सुनिन थाल्यो। म हर्षले अवाक्‌ भएँ र तिनीहरूको यस्तो सुरिलो उच्च गुणस्तरीय आवाज सुनेर मोहित भएँ।

यी उस्तादहरूको प्रस्तुति मानिसहरूले खचाखच भरेको नाचघरमा गरिएको होइन। बरु, केन्यामा मेरो घर छेवैको रूखको हाँगामा बसेका दुई पक्षीले गाएका हुन्‌। गीत सिद्धिएपछि यी पंक्षीहरू ठाडो बसे, पखेटा फैलाए अनि भुर्र उडे।

भनिन्छ, “उस्तै प्रकारका चराहरू सँगै बस्छन्‌।” अचम्मको कुरा त के छ भने, कतिपय चराहरू एकसाथ गीत गाउन मन पराउँछन्‌ र त्यो पनि एकदमै तालमा ताल, सुरमा सुर मिलाएर! ती चराहरूको युगल गायन यस्तो मिलेको हुन्छ कि यो गीत सुन्‍ने व्यक्‍तिले दुइटा चराको आवाज हो भनेर छुट्ट्याउनै सक्दैन। यो सोर सुनेर वैज्ञानिकहरूसमेत झुक्किएका छन्‌। तसर्थ, हालै आएर मात्र चराहरूले युगल गायन गर्ने चलनै रहेछ भनेर थाह पाएका हुन्‌।

घण्टीचरा

उष्ण ठाउँमा पाइने बुबु चरा विशेष गरी एउटा निपुण गायक हो। अफ्रिकी महादेशमा पाइने यस चराको आवाज बाँसुरीको जस्तो सुनिन्छ र यो दुइटा धातु जुधाउँदा आउने आवाज जस्तै हुन्छ। त्यसैकारण यो चरालाई सामान्यतया घण्टीचरा भनिन्छ। बुबुको कालो टलक्क टल्केको शिर, गर्दन र पखेटा हुन्छ। यसको छाती र पखेटाचाहिं हिउँजस्तो सेतो हुने हुँदा कालो र सेतो रंगको भिन्‍नता स्पष्टै छुट्टिन्छ। बुबु चरा सधैं जोडी मिलाएर बस्ने गर्छ र भाले, पोथी दुवैको रंग उस्तै हुन्छ।

बाक्लो जंगल वा झाडीबाट हिंड्‌ने सबैले बुबु चरा छ भन्‍ने कुरा टाढैबाट अलग्गै थाह पाउनसक्छन्‌। अक्सर, भालेले घण्टीको जस्तो आवाज चाँडचाँडो निकाल्छ। यसको जवाफमा पोथीले तुरुन्तै क्वी क्वी भन्‍ने चर्को आवाज निकाल्छे। कहिलेकाहीं एउटा चराले लामो राग तान्‍न थाल्दा यसको जोडीले एउटा सुरमा गाउँछ र बीचमा कतै नरोकी गाउँछन्‌।

वैज्ञानिकहरूले समेत यस्तो तालमेल कसरी हुनसक्छ भनेर राम्ररी बुझ्नसकेका छैनन्‌। कसै कसैको विचारमा कुनै कुनै अवसरमा “जति तिखाऱ्‍यो, उति तीखो हुन्छ” भन्‍ने कहावत नै लागू भएको होला भन्छन्‌। भालेपोथी दिनदिनै सँगसँगै गीत गाउँछन्‌। त्यसैले त तिनीहरू त्यति सुरिलोसँग गाउन सक्छन्‌।

चाखलाग्दो कुरा, बुबु चराको इलाकाअनुसार फरक फरक “लवज” हुन्छ। तिनीहरूले स्थानीय लवज तथा अन्य चराहरूका गीत नक्कल गर्ने हुनाले यसो भएको हुनसक्छ। यसो गर्नुलाई आवाज नक्कल गर्ने भनिन्छ। त्यसकारण, दक्षिण अफ्रिकाका जंगलहरूमा सुनिने बुबु चराका गीतहरू र पूर्वी अफ्रिकाको ग्रेट रिफ्ट उपत्यकामा सुनिने गीत एकदमै फरक हुन्छ।

आजीवन जोडीहरू

जीवनका कठिनाइहरू नामक पुस्तकमा डेभिड आटेनबरो यस्तो टिप्पणी गर्छन्‌: “यी युगल जोडी आजीवन त नहोला तर धेरै समयसम्म नियमै जस्तै गरी सँगै बस्ने कुरा हृदयस्पर्शी छ।” यस्तो बलियो बन्धन हुनुको कारण के हो? आटेनबरो अझ यसो भन्छन्‌: “एउटा तरिका अभ्यास गरेको गऱ्‍यै गरेर, हाँगामा सँगै बस्दा पनि गाह्रो युगल गीतहरू गाएर आफ्नो बन्धनलाई बलियो बनाउँछन्‌। अनि कहिलेकाहीं, आफ्नो जोडी नहुँदा आफ्नो सहयोगीको भाग पनि आफैले गाउने गर्छन्‌।”

ती गीतहरूले गर्दा घना जंगलमा एकअर्कालाई भेट्टाउन पनि मदत पाउँछन्‌। भालेले आफ्नो पोथी भेट्टाउन एउटा लामो सांगीतिक गीत गाउँछ अनि पोथी जतिसुकै टाढा भए तापनि साथ दिन्छे। तिनीहरूको ताल मिलेको सुन्दा पहिल्यै तयारी गरेर गाएको जस्तो लाग्छ।

तिनीहरू काम गर्दा सुसेली हाल्छन्‌

के तपाईंलाई गीत सुन्दै काम गर्न मजा लाग्छ? थुप्रै चराहरूलाई पनि मजा लाग्छ। चराहरूको व्यक्‍तिगत जीवन भन्‍ने पुस्तकमा माइकल ब्राइट भन्छन्‌, गीत सुन्‍ने अन्य चराहरूलाई शारीरिक असर पार्दछ अनि गीत सुनिसकेपछि “भाले या पोथी चराहरूको मुटुको धड्‌कन बढ्‌छ।” त्यति मात्र कहाँ हो र, भाले चराको गीत सुनेपछि केही पोथी चराहरूले “चाँडचाँडो गुँड बनाए” र “अण्डा पनि अलि धेरै पारे।”

वैज्ञानिकहरूले यी उष्ण प्रदेशमा पाइने बुबु जस्ता अन्य युगल जोडीहरूको मनमोहक गुणहरूबारे धेरै कुरा पत्ता लगाउनेछन्‌ भन्‍ने कुरामा कुनै सन्देह छैन। तर तिनीहरूका रोमाञ्चक गीतहरूले जेसुकै प्रमाणित गरे तापनि हामीले तिनीहरूले पूरा गर्ने एउटा विशेष उद्देश्‍यलाई चाहिं कहिल्यै बेवास्ता गर्नु हुँदैन। कृतज्ञ पुरुष तथा स्त्रीहरूलाई यिनीहरूको गीतले आनन्द दिन्छ! वास्तवमा, त्यस्तो सुमधुर संगीतले हामीलाई “आकाशका चराहरू[का]” सृष्टिकर्ताको प्रशंसा गर्न उत्प्रेरित गर्छ।—भजन ८:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने