प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 १०/८ pp. ३-४
  • किन यत्तिबिघ्न प्रेतविद्यामा चासो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन यत्तिबिघ्न प्रेतविद्यामा चासो?
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन यति धेरै मानिसहरू प्रेतविद्यामा लागिरहेका
  • दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • तपाईं किन प्रेतविद्याबाट अलग बस्नुपर्छ
    ब्यूँझनुहोस्‌!—२०००
  • प्रेतवादबारे बाइबलले के सिकाउँछ?
    ब्यूँझनुहोस्‌!—२०१७
  • दुष्ट आत्माहरू शक्‍तिशाली छन्‌
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 १०/८ pp. ३-४

किन यत्तिबिघ्न प्रेतविद्यामा चासो?

“मानिसको भौतिक शरीर मरे तापनि आत्मा अमर रहन्छ र अक्सर माध्यमको रूपमा काम गर्ने मानिसमार्फत त्यो आत्माले जीवित मानिसहरूसित कुराकानी गर्नसक्छ भन्‍ने विश्‍वास” भनी प्रेतविद्याको परिभाषा दिइएको छ।

सन्‌ १९९८ मा, मृत व्यक्‍तिहरूसित कसरी सम्पर्क राख्ने भनी बताइएको एउटा पुस्तक संयुक्‍त राज्य अमेरिकामा यति लोकप्रिय भयो कि त्यो छिट्टै न्यु योर्क टाइम्स-को सबैभन्दा धेरै बिक्ने पुस्तकहरूको सूचीको शिखरमा पुग्यो।

केही वर्षअघि मस्कोमा राजनीतिज्ञ र व्यापारीहरूबीच धामीसित छलफल गर्ने ठूलो लहर चल्यो। तिनीहरू त्यस्तो छलफलको निम्ति मोटो रकम तिर्नसमेत पछि परेनन्‌।

ब्राजिलमा प्रेतविद्यासित सम्बन्धित टेलिभिजनका धारावाहिक श्रृंखलाहरू निकै लोकप्रिय छन्‌।

अफ्रिका वा एसियामा बस्ने थुप्रै मानिसको लागि धामी झाँक्रीकहाँ जानु बजारमा सामानहरू बेचबिखन गर्न जानु जत्तिकै सामान्य छ।

किन यति धेरै मानिसहरू प्रेतविद्यामा लागिरहेका

थुप्रै मानिस आफ्नो प्रिय जनको मृत्युपछि सान्त्वनाको निम्ति प्रेतविद्याको सहारा लिन्छन्‌। तिनीहरूले धामी झाँक्रीमार्फत विशेष जानकारी हासिल गर्नसक्छन्‌ जुन मृत व्यक्‍तिहरूबाट आएजस्तो देखिन्छ। फलस्वरूप, त्यस्ता शोकाकुल मानिसहरू आफ्नो प्रिय मृत जन जीवितै छ भनेर विश्‍वस्त हुन्छन्‌ अनि मृत व्यक्‍तिहरूसित सम्पर्क राख्दा तिनीहरूलाई आफ्नो दुःख खप्न अलि मदत हुन्छ।

अरूचाहिं प्रेतविद्यातर्फ आकर्षित हुन्छन्‌ किनभने तिनीहरूलाई आत्माले रोग निको पार्न, गरिबी निवारण गर्न, रोमान्टिक प्रेममा सफल हुन, वैवाहिक समस्या समाधान गर्न वा जागिर पाउन मदत गर्छ भनेर बताइएको छ। अनि अरू थुप्रैचाहिं केवल खुलदुलीको कारण प्रेतविद्यामा लाग्छन्‌।

लाखौं मानिस प्रेतविद्यामा लाग्नुको अर्को कारण यस क्षेत्रका एक विशेषज्ञले भनेझैं तिनीहरूलाई प्रेतवाद “मसीहीधर्मको” “अतिरिक्‍त धर्म” हो भनेर सिकाइनु पनि हो। यसको एउटा राम्रो उदाहरण ब्राजिल हो।

संसारभरि नै सबैभन्दा धेरै रोमन क्याथोलिक ब्राजिलमा छन्‌ तर लेखक साँ बिडर्मानले भनेझैं “लाखौं विश्‍वासीहरूले एकभन्दा बढी वेदीमा बत्ती बाल्छन्‌ र कुनै अन्तर भएको महसुस गर्दैनन्‌।” वास्तवमा, ब्राजिलको समाचार पत्रिका भेजा-को रिपोर्टअनुसार ब्राजिलका ८० प्रतिशतभन्दा बढी बप्तिस्मा प्राप्त क्याथोलिकहरू प्रेतविद्याका केन्द्रहरूमा जानुका साथै मास पनि धाउँछन्‌। अझ त्यसमाथि केही पादरीहरूसमेत यस्ता प्रेतात्मासित सम्बन्धित जमघटहरूमा सामेल हुन्छन्‌। त्यसैले, थुप्रै विश्‍वासीले सान्त्वना र डोऱ्‍याइको निम्ति आत्मासित सम्पर्क राख्नु परमेश्‍वरबाट अनुमोदित हो भनेर विश्‍वास गर्नुको कारण बुझ्न गाह्रो छैन। तर के यो कुरा सही हो त?

[पृष्ठ ३-मा भएको पेटी/चित्र]

प्रेतविद्याका विभिन्‍न प्रकार

प्रेतविद्या अभ्यास गर्नुमा धामी झाँक्रीसित छलफल, मसान जगाउने वा तन्त्रमन्त्र पनि समावेश छ। प्रेतविद्याको एउटा लोकप्रिय भाग शकुनविद्या हो। यसबाट मानिसहरूले भविष्य अथवा अज्ञात कुराहरू प्रेतहरूको मदतद्वारा जान्‍न खोज्छन्‌। यसका केही रूपहरू हुन्‌, ज्योतिषविद्या, गोलाकार काँचलाई हेर्नु, हस्तरेखा शास्त्र, सपनाको अर्थ लाउने र तासको प्रयोगद्वारा जोखना हेर्ने चलन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने