प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. २ pp. ४-६
  • प्रेतवादबारे बाइबलले के सिकाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेतवादबारे बाइबलले के सिकाउँछ?
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नराम्रो सुरुवात
  • के तन्त्रमन्त्र गर्नु हानिकारक छ?
    युवाहरू सोध्छन्‌
  • दुष्ट दूतहरूको प्रतिरोध गर्न यहोवाको मदत स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • किन यत्तिबिघ्न प्रेतविद्यामा चासो?
    ब्यूँझनुहोस्‌!—२०००
  • दुष्ट आत्माहरू शक्‍तिशाली छन्‌
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. २ pp. ४-६
एक दम्पती टेलिभिजनमा प्रेतवादसित सम्बन्धित चलचित्रको विज्ञापन हेर्दै

मनोरञ्जन जगत्‌ले प्रेतवादसित सम्बन्धित विषय तथा पात्रलाई रमाइलो तरिकामा प्रस्तुत गरे तापनि हामी यसका खतराहरूदेखि होसियार हुनुपर्छ

आवरण लेख | अलौकिक शक्‍ति—यसको पछाडि कसको हात छ?

प्रेतवादबारे बाइबलले के सिकाउँछ?

थुप्रै मानिसहरू प्रेतवाद र अलौकिक शक्‍तिलाई एउटा भ्रम ठान्छन्‌ वा चलचित्र उद्योगका स्क्रिप्ट लेखकहरूको कल्पनाको उपज ठान्छन्‌। तर यससम्बन्धी बाइबलको दृष्टिकोण भने फरक छ। बाइबलले प्रेतवादसम्बन्धी स्पष्ट चेतावनी दिएको छ। जस्तै, व्यवस्था १८:१०-१३ मा यसो भनिएको छ: “भावी बताउने, जोखना हेर्ने, जादुगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने अथवा बिजुवा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌।” बाइबलमा किन यस्तो चेतावनी दिइएको छ? त्यहाँ थप यसो पनि भनिएको छ: “यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो . . . परमप्रभु तिमीहरूका परमेश्‍वरको सामने तिमीहरू सिद्ध हुनू।”

बाइबलले हर प्रकारका प्रेतवादलाई किन यसरी कडा शब्दमा निन्दा गर्छ?

नराम्रो सुरुवात

बाइबलले बताएअनुसार ईश्‍वरले पृथ्वी सृष्टि गर्नुभन्दा युगौंयुग अगाडि लाखौं-करोडौं अदृश्‍य जीवहरू अर्थात्‌ स्वर्गदूतहरू सृष्टि गर्नुभयो। (अय्यूब ३८:४, ७; प्रकाश ५:११) प्रत्येक स्वर्गदूतलाई स्वतन्त्र इच्छा अर्थात्‌ सही र गलत छुट्ट्याएर आफैले निर्णय गर्न सक्ने क्षमता दिइएको थियो। तिनीहरूमध्ये केहीले ईश्‍वरको विद्रोह गर्ने छनौट गरे। तिनीहरू स्वर्गको आफ्नो बासस्थान त्यागेर पृथ्वीमा आए। नतिजास्वरूप पूरै पृथ्वी ‘उपद्रवले भरियो।’—उत्पत्ति ६:२-५, ११; यहूदा ६.

ती दुष्ट स्वर्गदूतहरूले लाखौं मानिसहरूलाई बहकाइरहेका छन्‌ भनी बाइबल बताउँछ। (प्रकाश १२:९) भविष्यबारे थाह पाउने मानिसको स्वाभाविक इच्छाको तिनीहरूले फाइदा उठाइरहेका छन्‌।—१ शमूएल २८:५, ७; १ तिमोथी ४:१.

हो, कुनै-कुनै अलौकिक शक्‍तिले मानिसहरूलाई मदत गरेको जस्तो देखिएला। (२ कोरिन्थी ११:१४) तर वास्तविकता के हो भने ती दुष्ट स्वर्गदूतहरूले ईश्‍वरबारे सत्य कुरा बुझ्नदेखि रोक्न मानिसहरूको दिमागलाई अन्धो तुल्याउने प्रयास गरिरहेका छन्‌।—२ कोरिन्थी ४:४.

त्यसैले बाइबलअनुसार दुष्ट स्वर्गदूतहरूसित सम्पर्क गर्नु रमाइलोको कुरा नभई हामीलाई हानि गर्ने कुरा हो। येशूका सम्भाव्य चेलाहरूले पनि यस्ता गतिविधिबारे सत्य कुरा थाह पाएपछि प्रेतवादसित सम्बन्धित “आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए।” तिनीहरूले ठूलो मोल बराबरको पुस्तकहरू नष्ट गरे।—प्रेषित १९:१९.

एक महिला अलौकिक शक्‍तिबारे लेखिएको किताब पढ्‌दै

“किशोरीहरूले बोक्सीविद्यामा झन्‌झनै विश्‍वास गर्नुको कारण टेलिभिजन, चलचित्र र किताबहरूमा बोक्सीहरूलाई सुन्दर र आकर्षक रूपमा प्रस्तुत गरिएकोले हुन सक्छ।”—ग्यालप युथ सर्भे, २०१४

आज पनि धेरैले प्रेतवादसित सम्बन्धित गतिविधि या मनोरञ्जनमा कुनै भाग नलिने निर्णय गरेका छन्‌। उदाहरणको लागि, रेखाa १२ वर्षकी हुँदा तिनलाई आफूले भविष्य बताउन सक्छु वा आइपर्न लागेको खतराबारे जानकारी दिन सक्छु जस्तो लाग्थ्यो। तासको पत्ता हेरेर तिनले स्कुलका साथीहरूको भविष्य बताउन थालिन्‌। तिनको अनुमान सही साबित हुँदै जाँदा तिनलाई तन्त्रमन्त्र रमाइलो लाग्न थाल्यो।

रेखालाई आफूले ईश्‍वरको वरदान पाएकोले मानिसहरूको भविष्य बताउन सकेको जस्तो लाग्थ्यो। तिनी यसो भन्छिन्‌, “म तासको पत्ता हेरेर अरूको भविष्य बताउन सक्थें। म आफ्नो भविष्य पनि थाह पाउन चाहन्थें तर सक्दिनथें। यसले गर्दा मनमा अशान्ति छायो।”

मनमा थुप्रै प्रश्‍न आएकोले रेखाले ईश्‍वरलाई प्रार्थना गरिन्‌। पछि यहोवाका साक्षीहरूसित तिनको भेट भयो र तिनले बाइबल अध्ययन गर्न थालिन्‌। भविष्य बताउन सक्ने आफूसित भएको क्षमता ईश्‍वरबाट आएको होइन रहेछ भनेर तिनले बाइबलबाट सिकिन्‌। ईश्‍वरसित मित्रता गाँस्न चाहनेहरू प्रेतवादसित सम्बन्धित सबै कुराबाट अलग्गै बस्नुपर्छ भनेर पनि तिनले सिकिन्‌। (१ कोरिन्थी १०:२१) नतिजा कस्तो भयो? रेखाले तन्त्रमन्त्रसित सम्बन्धित सामग्री र किताबहरू फ्याँकिन्‌। अहिले तिनी बाइबलबाट सिकेको सत्य कुरा अरूलाई बाँड्‌ने काममा भाग लिन्छिन्‌।

रोहितलाई किशोर छँदा अलौकिक पात्रहरूबारे लेखिएको उपन्यास पढ्‌न खुब रमाइलो लाग्थ्यो। तिनी भन्छन्‌, “मेरै उमेरका ती काल्पनिक दुनियाँका पात्रहरूको ठाउँमा आफूलाई राखेर हेर्न एकदमै रमाइलो लाग्थ्यो।” रोहितलाई जादुगरी र तन्त्रमन्त्रसित सम्बन्धित किताबहरू पढ्‌ने बानी बस्दै गयो। तिनी भन्छन्‌, “जिज्ञासाको कारण त्यस्ता किताबहरू पढ्‌ने वा त्यस्ता फिल्महरू हेर्ने इच्छा पलायो।”

बाइबल अध्ययन गरेर रोहितले आफूले पढ्‌ने कुरा होसियार भई जाँच्नुपर्ने आवश्‍यकता बुझे। तिनी भन्छन्‌, “मैले प्रेतवादसित सम्बन्धित सबै कुराको सूचि बनाएँ र ती कुराबाट टाढै बसें। मैले एउटा महत्त्वपूर्ण पाठ सिकें। बाइबलको १ कोरिन्थी १०:३१ मा यसो भनिएको छ, ‘सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर।’ अहिले म आफैलाई यस्तो प्रश्‍न सोध्छु, ‘कतै मैले पढ्‌ने यो सामग्रीले गर्दा परमेश्‍वरको महिमा नहुने पो हो कि?’ त्यस्तो अवस्थामा म त्यो सामग्री पढ्‌दिनँ।”

एक महिला jw.org वेबसाइट हेर्दै

बाइबललाई बत्ती भनेर वर्णन गरिएको छ। यसले प्रेतवाद वास्तवमा के हो भनेर छर्लङ्‌ग पार्छ। (भजन ११९:१०५) यतिमात्र नभई यसले भूतप्रेतको कुनै प्रभाव नहुने संसारबारे प्रतिज्ञा गर्छ। यसले सबै मानवजातिलाई फाइदा पुऱ्‍याउनेछ। भजन ३७:१०, ११ मा यसो भनिएको छ, “थोरै बेरपछि दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

प्रेतवाद के हो?

ज्योतिषशास्त्र, बोक्सीविद्या, तन्त्रमन्त्रजस्ता गतिविधि प्रेतवादका रूप हुन्‌। संसारका थुप्रै ठाउँका मानिसहरू धामी-झाँक्रीको माध्यममार्फत दुष्ट स्वर्गदूतहरूसित सम्पर्क गर्न खोज्छन्‌। अरू थुप्रै मानिसचाहिं भविष्यबारे थाह पाउन अलौकिक शक्‍तिको प्रयोग गर्छन्‌। तिनीहरू तारा नक्षत्र हेर्छन्‌, शकुन अपशकुन हेर्छन्‌, गोलाकार काँच प्रयोग गरेर भविष्य हेर्छन्‌ अनि अरूको हात हेर्ने वा आफ्नै हात हेराउने गर्छन्‌।

किताब, पत्रपत्रिका अनि चलचित्रमा प्रेतवादलाई रमाइलो तथा अहानिकारक कुराको रूपमा देखाइन्छ। केही सञ्चार विज्ञहरूको अनुसार टेलिभिजन कार्यक्रम र चलचित्रमा अलौकिक कार्यलाई जसरी देखाइन्छ, त्यसले मानिसहरूको सोचाइलाई ठूलो प्रभाव पारेको छ।

बाइबलले वास्तवमा के सिकाउँछ?

हामी तपाईंलाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १० पढेर अझ धेरै कुरा सिक्न आग्रह गर्छौं। यो किताब तपाईंले jw.org/ne मा गएर निश्‍शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने