प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ११/८ pp. ३-४
  • सुस्वास्थ्य–नयाँ मोड?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुस्वास्थ्य–नयाँ मोड?
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • थुप्रैले कस्तो विधि अपनाउँदैछन्‌?
  • वैकल्पिक उपचार—किन धेरैले प्रयोग गर्छन्‌
    ब्यूँझनुहोस्‌!—२०००
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • वैकल्पिक उपचारविधिका
    ब्यूँझनुहोस्‌!—२०००
  • उपचारसम्बन्धी तपाईंको छनौट
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ११/८ pp. ३-४

सुस्वास्थ्य–नयाँ मोड?

मानिसहरूले स्वास्थ्यमा जति अरू विषयमा त्यति ध्यान दिंदैनन्‌ होला। कहिलेकाहीं त, स्वास्थ्य कार्यकर्ताहरू जति छन्‌ धारणाहरू पनि त्यति नै छन्‌ जस्तो देखिन्छ। ब्यूँझनुहोस्‌!-ले यी लेखहरूद्वारा कुनै एउटाको पक्ष लिनुको साटो अहिले वैकल्पिक उपचारको रूपमा प्रचलित हुँदै गइरहेको औषधोपचारबारे छलफल गर्ने प्रयास गरेको छ। यहाँ छलफल गरेका वा अन्य स्वास्थ्य उपचार नै ठीक हो र त्यही अपनाउनुपर्छ भन्‍ने हाम्रो दाबी होइन। यहाँ थुप्रै प्रकारका उपचारविधिहरू उल्लेख गरिएका छैनन्‌। तीमध्ये कतिपय लोकप्रिय छन्‌ त कति विवादास्पद। हाम्रो विचारमा स्वास्थ्य शिक्षा सबैको लागि उपयोगी हुन्छ; स्वास्थ्य मामिलाहरूसम्बन्धी निर्णय गर्नु पूर्णतया व्यक्‍तिगत कुरा हो।

सबैजना स्वस्थ हुन चाहन्छन्‌। तर सुस्वास्थ्य त्यति सजिलै पाइने कुरा होइन भनेर थुप्रै मानिसले आफ्नो स्वास्थ्यसम्बन्धी गर्ने गुनासोबाट प्रस्ट हुन्छ। कसै कसैको विचारमा आज जति बिरामी मानिसहरू पहिले कहिल्यै थिएनन्‌।

रोगबिमारसित जुझ्न थुप्रै चिकित्सक औषधी कम्पनीहरूले तयार पारेर व्यापक प्रचारप्रसार गरेका औषधीहरू लेखिदिन्छन्‌। त्यसैकारण त्यस्ता औषधीहरूले विश्‍व बजारमा ठूलो स्थान ओगटेको छ र वर्षेनी दुई चार अरब डलरको व्यापार अहिले खरबौंको भएको छ। परिणाम के भएको छ?

चिकित्सकहरूले लेखिदिएका औषधीहरूले थुप्रैलाई फाइदा गरेको छ। यद्यपि, यस्ता औषधी सेवन गर्ने कतिपयको स्वास्थ्यमा कुनै फरक परेको छैन भने कसै कसैको अवस्था झन्‌ झन्‌ बिग्रँदै गएको छ। त्यसैले, अहिले कोही कोहीले बेग्लै प्रकारको उपचारविधि अपनाउन थालेका छन्‌।

थुप्रैले कस्तो विधि अपनाउँदैछन्‌?

साधारणतया आधुनिक, लोकप्रिय औषधोपचार गरिने मुलुकका थुप्रै मानिसहरूले वैकल्पिक वा परिपूरक उपचारविधि अपनाउँदैछन्‌। “चलनचल्तीको औषधोपचार र वैकल्पिक उपचारबीचको ठूलो पर्खाल अहिले भत्किंदै छ” भनी मे २००० को कन्ज्युमर रिपोर्ट-ले उल्लेख गऱ्‍यो।

नोभेम्बर ११, १९९८ को द जर्नल अफ द मेडिकल एसोसिएशन-ले (जामा) यस्तो टिप्पणी गऱ्‍यो: “वैकल्पिक उपचारविधिले रोग निदान प्रक्रियामा अवरोध खडा गर्छ भन्‍ने सोचाइ थियो। वैकल्पिक उपचारविधि अमेरिकाका चिकित्सा अध्ययन संस्थानमा पढाइँदैनथ्यो र अस्पतालहरूमा पनि प्रयोग गरिंदैनथ्यो। तर अहिले सञ्चारमाध्यम, चिकित्साजगत्‌, सरकारी निकाय र जनसाधारण यसप्रति निकै आकर्षित भएका छन्‌।”

तथापि, अहिलेको चलनलाई विचार गर्दै जर्नल अफ मानेज्ड केर फार्मेसी-ले १९९७ मा यसरी वर्णन गऱ्‍यो: “विगतमा परम्परागत चिकित्सकहरू वैकल्पिक औषधोपचार गर्न हिचकिचाउँथे तर अहिले अमेरिकाका हाभर्ड, स्टानफोर्ड, एरिजोना विश्‍वविद्यालय र येललगायत २७ वटा [हालैको रिपोर्टअनुसार ७५ वटा] चिकित्सा अध्ययन संस्थानले वैकल्पिक औषधोपचारलाई ऐच्छिक विषयअन्तर्गत राखेको छ।”

जामा-ले थुप्रै बिरामीले आफ्नो स्वास्थ्य सुधार्न के कस्तो प्रयास गरिरहेका छन्‌ भनेर रेकर्ड तयार पाऱ्‍यो। रिपोर्टमा यसो भनिएको थियो: “सन्‌ १९९० को तथ्यांकअनुसार आफ्नो प्रमुख स्वास्थ्य समस्याको लागि चिकित्सकको राय लिने ५ जना व्यक्‍तिमध्ये सालाखाला १ जनाले (१९.९%) वैकल्पिक उपचार पनि उपयोग गर्थे। यो प्रतिशत बढेर १९९७ मा हरेक ३ मा १ (३१.८%) जना पुगेको छ।” त्यही लेखले थप यसो भन्यो: “अमेरिकाबाहेक अरू देशहरूमा गरिएको राष्ट्रिय सर्वेक्षणबाट यो वैकल्पिक उपचार अरू विकसित राष्ट्रहरूमा पनि लोकप्रिय भएको देखिन्छ।”

जामा-अनुसार हालैको १२ महिने अवधिमा वैकल्पिक औषधोपचार गर्नेहरू क्यानाडामा १५ प्रतिशत, फिनल्याण्डमा ३३ प्रतिशत र अस्ट्रेलियामा ४९ प्रतिशत पाइयो। “वैकल्पिक उपचारविधिको माग यति धेरै हुनु उल्लेखनीय कुरा हो” भनेर जामा-ले मानिलियो। बिमा सुविधामा यी वैकल्पिक उपचारहरू प्राय समावेश नभएकोले पनि यो कुरा सही हो। त्यसकारण जामा-को उक्‍त लेखले निष्कर्षमा यसो भन्यो: “भविष्यमा बिमा सुविधाले यी वैकल्पिक उपचारलाई पनि समावेश गर्न थाल्यो भने यो उपचार अपनाउनेहरूको संख्या निकै बढ्‌नेछ।”

थुप्रै देशमा वैकल्पिक उपचारविधिलाई लोकप्रिय उपचारसित गाभ्ने चलन चलेको छ। रोयल लण्डन होमियोप्याथि हस्पिटलका डा. पिटर फिशरले बताएअनुसार परिपूरक औषधीका प्रमुख तरिकाहरू “थुप्रै ठाउँमा प्राय प्रचलित” भइसकेको छ। तिनको भनाइअनुसार “अब औषधीलाई परम्परागत र परिपूरक भनेर दुइटा वर्गमा छुट्याउन मिल्दैन। औषधी राम्रो वा नराम्रो मात्र हुन्छ।”

यसप्रकार, चिकित्सा क्षेत्रका थुप्रै पेसेवरहरूले परम्परागत औषधी र वैकल्पिक उपचारविधिको महत्त्व बुझ्न थालेका छन्‌। बिरामीले यो वा त्यो औषधोपचार अपनाउनै पर्छ भनी डाक्टरले जिद्दी गर्नुको साटो निवारण दृष्टिकोणबाट बिरामीलाई फाइदा गर्ने जुनसुकै उपचारविधि अपनाउने सुझाउ दिन्छन्‌।

वैकल्पिक वा परिपूरक औषधीका केही निवारण तरिकाहरू के हुन्‌? यीमध्ये कुनै कुनैको सुरुआत कहिले र कहाँ भयो? अनि आज किन थुप्रैले यो प्रयोग गर्दैछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने