प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ११/८ pp. ११-१२
  • उपचारसम्बन्धी तपाईंको छनौट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपचारसम्बन्धी तपाईंको छनौट
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चाल्नुपर्ने महत्त्वपूर्ण कदमहरू
  • खोजको सफलता
  • सुस्वास्थ्य–नयाँ मोड?
    ब्यूँझनुहोस्‌!—२०००
  • वैकल्पिक उपचार—किन धेरैले प्रयोग गर्छन्‌
    ब्यूँझनुहोस्‌!—२०००
  • वैकल्पिक उपचारविधिका
    ब्यूँझनुहोस्‌!—२०००
  • उपचारविधिसम्बन्धी छनौट—के त्यसले केही फरक पार्छ?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ११/८ pp. ११-१२

उपचारसम्बन्धी तपाईंको छनौट

वैकल्पिक औषधीसम्बन्धी पुस्तकमा डा. इजाडोर रोजनफिल्डले यो बुँदालाई यसरी जोड दिए: “कुनै एउटा समूहलाई एक प्रकारको स्वास्थ्य सेवा वा साधनको उपयोग गर्दा यसले ‘राम्रो’ गर्नेछ भन्‍ने आश्‍वासन दिइएको छ भने पचास प्रतिशतजसोमा राम्रै गर्नेछ।”

यसलाई प्लासिबो असर भनिन्छ। यसको मतलब हो, मान्छेको विश्‍वास छ भने चिनीको गोली पनि प्रभावकारी हुन्छ। यो प्लासिबो असरले गर्दा दुखाइ, बमन, थकान, रिंगटा, चिन्ता र निराशाजस्ता मान्छेको दिमागले नियन्त्रण गर्ने लक्षणहरू निको पार्नसक्छ। यो तथ्यले के देखाउँछ?

एउटा हो, आफूले पाइरहेको उपचारविधिद्वारा रोग निको हुनु या नहुनुमा विश्‍वासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसबाहेक, यस्तो उपचारले रोगको मूल कारण हटाउँछ वा केवल लक्षणहरू निको पारिरहेको हो, त्यो पत्ता लगाउनु बुद्धिमानी हो। यस्तो उपचारविधिका असरहरूलाई प्रयोगशालामा परीक्षण र एक्सरे इत्यादि द्वारा पत्ता लगाउन सकिन्छ।

यद्यपि, कुनै एउटा उपचारविधि रोज्नुको साथसाथै अरू काम पनि गर्न सकिन्छ।

चाल्नुपर्ने महत्त्वपूर्ण कदमहरू

कुनै निर्णय गर्नुअघि अनुसन्धान गर्नु बुद्धिमानी हो। प्रश्‍नहरू सोध्नुहोस्‌। कस्तो परिणाम आशा गर्न सकिन्छ? फाइदा र बेफाइदा के के हुन्‌, कति खर्च लाग्ला अनि उपचार कति लामो होला? आफूले अपनाउने विचार गरेको उपचारविधि प्रयोग गरिसकेका मानिसहरूसित कुरा गर्नुहोस्‌। त्यसले फाइदा गऱ्‍यो कि गरेन सोध्नुहोस्‌। तर नबिर्सनुहोस्‌, मानिसहरूका व्यक्‍तिगत अनुभवहरू गलत पनि हुनसक्छन्‌।

कुनै एउटा सामान्य उपचारविधिको सफलता शत प्रतिशत छैन भने पनि असामान्य उपचारविधिको तुलनामा त्यही उपचार गर्नु बेस हुनसक्छ। यस्तो उपचारबाट हुनसक्ने हानिबारे द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-मा प्रकाशित रिपोर्टले देखायो। यो पत्रिकामा दुई जना जवान व्यक्‍तिहरूमा क्यान्सर रोग देखा परेको विवरण थियो। तिनीहरूले आधुनिक उपचारको साटो वैकल्पिक उपचार रोजे। ती दुईमध्ये एक जनाको मृत्यु भयो।

पुरानो वा घातक रोग लागेका बिरामीहरू भने गलत उपचारविधिहरू प्रवर्धन गर्ने ठगहरूको सिकार हुनदेखि सतर्क हुनुपर्छ। एउटै औषधीले थुप्रै रोग निको पार्छ भन्‍ने आश्‍वासन दिइँदा होसियार हुनुहोस्‌। हालै एउटा भिटामिनले “श्‍वासप्रश्‍वास समस्या र सुस्ततादेखि लिएर घातक समस्याहरू पनि निको पार्छ” भनेर विज्ञापन गरिएको थियो। त्यो “भिटामिन” के हो भनी जाँच्दा त केवल नुन पानी पो रहेछ।

हो, कुनै कुनै प्रकारका वैकल्पिक उपचारहरूले स्वास्थ्यमा सुधार गर्छ। तथापि, व्यावहारिक आशा मात्र गर्नुहोस्‌। पोषिलो भोजन, पर्याप्त निद्रा, प्रशस्त व्यायाम र चिकित्सा उपचार छनौट गर्दा सजग हुनु बुद्धिमानी हो।

खोजको सफलता

कुनै पनि मानव उपचारले सबै प्रकारको बिमारी र अन्ततः मृत्युलाई हटाउन सक्दैन भन्‍ने कुरा स्पष्ट छ। यसको कारण हो, हाम्रो सुरुको मातापिता, प्रथम मानव आदमबाट हामीले यो जन्मजात पाएका छौं। (अय्यूब १४:४; भजन ५१:५; रोमी ५:१२) विभिन्‍न प्रकारका चिकित्सा उपचारहरू मदतकारी होलान्‌ तर ती सबै मानव आयु लम्ब्याएर केही सीमित समयको लागि मनोरम बनाउने अस्थायी प्रबन्ध मात्र हुन्‌। तथापि, अस्वस्थताको भरपर्दो निवारण छ र लाखौंले पत्ता लगाइसकेका छन्‌।

त्यो उपचार हाम्रो सृष्टिकर्ता, यहोवा परमेश्‍वर अर्थात्‌ महान्‌ चिकित्सकले प्रदान गर्नुभएको छ। यहोवामाथि विश्‍वास राख्दै उहाँको पुत्र येशू ख्रीष्टले चढाउनुभएको छुडौतीको बलिदानद्वारा आफ्नो पापको माफी मागेर तपाईं पनि रोगमुक्‍त संसारमा पूर्णतया स्वस्थ हुन सक्नुहुन्छ र अनन्त जीवन पाउन सक्नुहुन्छ! (मत्ती २०:२८) बाइबलले प्रतिज्ञा गरेअनुसार त्यो नयाँ संसारमा “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४.

[पृष्ठ १२-मा भएको चित्र]

लाखौंले पूर्ण स्वस्थताको एक मात्र आशा पाएका छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने