प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ३/८ पृ. ३-४
  • लामो इतिहास बोकेको व्यवसाय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लामो इतिहास बोकेको व्यवसाय
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बिमा भनेको के हो?
  • बिमाको सुरुआत
  • वर्तमान समयमा बिमा
  • के तपाईंलाई बिमाको आवश्‍यकता छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • सबैलाई चाहिने बिमा
    ब्यूँझनुहोस्‌!—२००१
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ३/८ पृ. ३-४

लामो इतिहास बोकेको व्यवसाय

छरछिमेकमा सबैभन्दा राम्रो र धेरै सरसामानले भरिएको फर्निचर कारखाना नै जोनको थियो। यसमा उनी गर्व गर्थे र मक्ख पर्थे। तर एक रातको कुरा हो, अचानक कारखानामा आगो लाग्यो। केही क्षणमै उनको अत्यन्त राम्रो कारखाना धूवैंधूवाँ भरिएको खरानीको थुप्रोमा परिणत भयो।

यो घटना हुनुअघि जोनले पसलको लगानीबाट केही रकम अग्नी बिमाको लागि छुट्याउने विचार गरेका थिए। यद्यपि, उनले यस्तो तर्क गरे: ‘म त्यति मूर्ख कहाँ छु र? यदि मेरो कारखानामा आगो नै लागेन भने बिमा गरेर बेकारमा मेरो पैसा किन खेर फाल्ने?’ तर आगो लाग्यो। यदि जोनले आफ्नो पसलको बिमा गरेको भए, सायद उनले आफ्नो कारखाना फेरि बनाउन सक्थे होलान्‌। तर बिमा नै नभएपछि कारखाना बनाउने त कुरै भएन।

बिमा भनेको के हो?

बिमा भनेको प्रतिफलको आशा गरिने लगानी नहुनसक्छ। न त यो जुवा नै हो। जुवाडेले जोखिम उठाउँछ जब कि बिमाले जोखिम विरुद्ध सुरक्षा प्रदान गर्छ। जोखिमको भार सामूहिक रूपमा उठाउने पद्धति नै बिमा हो।

पुरातन समयदेखि नै समुदायका मानिसहरू आपसमा मिलेर क्षति भोग्ने व्यक्‍तिलाई मदत गर्न केही रकम छुट्याउने गर्थे। करिब ३,५०० वर्ष अगाडि मोशाले इस्राएल राष्ट्रलाई “परदेशी, टुहुरा-टुहुरी र विधवा[लाई]” आफ्नो उब्जनीबाट समय समयमा केही भाग छुट्याउनू भनी निर्देशन दिएका थिए।—व्यवस्था १४:२८, २९.

बिमाको सुरुआत

बिमाको सुरुआत भएको हजारौं वर्ष भइसक्यो। बेबिलोनी नियमहरूको सँगालो हामुराबीको संग्रहमा बिमाको साखपत्रबारे उल्लेख गरिएको पाइन्छ र भनिन्छ, मोशाको नियमभन्दा यी पुराना हुन्‌। पुरातन समयमा सामुद्रिक मार्गबाट गरिने व्यापारको लागि पुँजी जुटाउन जहाजधनीहरूले साहूबाट ऋण लिन्थे। यदि जहाज क्षति भएमा जहाजधनीले ऋण तिर्नुपर्दैनथ्यो। अधिकांश जहाजहरू सकुशल फर्कने हुँदा धेरै जहाजधनीहरूले तिरेको ब्याजले गर्दा साहूहरूले नोक्सानी बेहोर्नु पर्दैनथ्यो।

यस्तो सामुद्रिक व्यापारले गर्दा नै संसारको सबैभन्दा प्रख्यात बिमा प्रबन्धक अस्तित्वमा आए। तिनी थिए लण्डनका लोएड। सन्‌ १६८८ तिर एडवार्ड लोएडले लण्डनका साहू तथा व्यापारीहरू अनौपचारिक रूपमा भेटेर छलफल गर्ने ठाउँमा कफी पसल चलाइरहेका थिए। तिनी, लगानीकर्ताहरूले निश्‍चित रकम वा बिमा शुल्क तिरी त्यस रकमको जोखिम उठाउन तैयार छु भन्‍ने सम्झौतामा हस्ताक्षर गरेर नाविकहरूसित बिमा सम्झौता गर्थे। अन्ततः सन्‌ १७६९ मा लोएड बिमाकर्ताहरूको औपचारिक समूह भयो अनि समयको दौडान सामुद्रिक जोखिमसँग सम्बन्धित बिमा गर्ने पहिलो संस्थाको रूपमा खडा भयो।

वर्तमान समयमा बिमा

आज मानिसहरूले बिमा गर्दा आफ्नो खतरा अरूले पनि बेहोरिरहेका हुन्छन्‌। आधुनिक बिमा कम्पनीहरूले आफ्ना ग्राहकहरूले भोग्न सक्ने सम्भाव्य हानि र नोक्सानीबारे जानकारी गराउन विगतमा पटक पटक भएका हानि तथा नोक्सानीका तथ्यांकहरू अध्ययन गर्ने गर्छन्‌, जस्तै, कलकारखानामा आगो लागेर भोग्नु परेका क्षति आदि। नोक्सानी भोग्नु परेको ग्राहकलाई बिमा कम्पनीले अरु थुप्रै ग्राहकले तिरेको रकमको कोशबाट क्षतिपूर्ति दिने गर्छन्‌।

के तपाईंलाई बिमाको आवश्‍यकता छ? यदि छ भने, कस्तो प्रकारको बिमा तपाईंको लागि ठीक होला? अनि तपाईंले बिमा गरेको होस्‌ या नहोस्‌, के कस्ता सतर्कताहरू अपनाएको खण्डमा सम्भाव्य जोखिमलाई पार लाउन सक्नुहुन्छ? (g01 2/22)

[पृष्ठ ३-मा भएको चित्र]

संसारको सबैभन्दा प्रसिद्ध बिमा प्रबन्धकको व्यवसाय एउटा कफी पसलबाट सुरु भयो

[स्रोत]

Courtesy of Lloyd’s of London

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने