प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १२/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • डेंग—टोकाइबाट आउने ज्वरो
    ब्यूँझनुहोस्‌!—१९९८
  • के तपाईंलाई बिमाको आवश्‍यकता छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ १२/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

लेखले ज्यान बचाउँछ हामीले लेन्‍नी नाउँका मानिसलाई भेट्यौं र तिनले “डेंग—टोकाइबाट आउने ज्वरो” (अगस्त ८, १९९८) विषयको लेखले आफ्नी भतिजीको जीवन बचाएको कुरा बताए। तिनकी भतिजीलाई ज्वरोले चापेको धेरै दिन भइसकेको थियो। डाबरहरू देखापर्न थाले। तर तिनको परिवारले यसलाई दादुराका लक्षणहरू होलान्‌ भनेर बेवास्ता गरे। यो देखेपछि लेन्‍नीले डेंगबारे लेखिएको पत्रिका खोजेर डेंगका लक्षणहरूबारे वर्णन गरिएको भागलाई दोहऱ्‍याइ तेहऱ्‍याइ पढे। उसले त्यसपछि भतिजीलाई अस्पताल लैजानुपर्छ भनेर तिनका बाबुआमालाई विश्‍वस्त गराए। त्यहाँ डाक्टरहरूले तिनलाई डेंग ज्वरोले हुने रक्‍तस्राव भएको निदान गरे। त्यसपछि लेन्‍नीले आफ्नी भतिजीको जीवन बचाइदिएकोमा ब्यूँझनुहोस्‌!-को प्रशंसा गरे र गृह बाइबल अध्ययन गर्न राजी भए।

जे. एम. एल., फिलिपिन्स (g01 11/8)

इतिहास “इतिहासबाट हामीले के सिक्नुपर्छ?” भन्‍ने श्रृंखलाबद्ध लेखबारे म लेख्दैछु। (अप्रिल ८, २००१) यी लेखहरू अत्यन्तै उत्कृष्ट थिए। उक्‍त लेख पढिनसकुञ्जेल पत्रिका छोड्‌नै मन लागेन। आफ्नो पत्रिकाको लागि गर्नुहुने अनुसन्धानहरू अनि प्रस्तुत गर्नुहुने अथाह जानकारी तथा गुणस्तर देखेर म सधैं छक्क पर्छु।

एम. सी., अमेरिका (g01 11/22)

एकतर्फी प्रेम “युवा जनहरू सोध्छन्‌ . . . मैले उसलाई कसरी इन्कार गर्ने?” विषयक लेख पढ्‌दा आफैले भोगेको पीडा मैले महसुस गर्न थालें। (अप्रिल ८, २००१) मैले आफ्ना भावनाहरूलाई बेवास्ता गरें र हाम्रो विवाह भताभुंग भयो। त्यस लेखले बताएझैं, “कसैप्रति दया देखाउनको लागि मात्र विवाह गर्दा विवाह बन्धनको आधार बलियो हुन सक्दैन।”

ए. एम., संयुक्‍त राज्य (g01 11/22)

एक युवकले मलाई उसित डेटिङ गर्न आग्रह गरे तर हाम्रा लक्ष्यहरू फरक भएका हुनाले मैले इन्कार गरें। त्यसको बावजूद पनि उसले मलाई माया गर्छु भन्‍न थाल्यो। त्यसपछि मलाई के गरूँ कसो गरूँ हुन थाल्यो र उसलाई इन्कार गरें भने कतै म एक्लो हुन्छु कि भन्‍ने पीर पर्न थाल्यो। तर जब मैले यो पत्रिका पढें त्यसपछि मेरा भावनाहरू शान्त हुन थाले। मैले गरेको निर्णय सही थियो भनेर मैले थाह पाएँ।

एस. एन., जापान (g01 11/22)

यो लेख पाउनुभन्दा तीन दिनअघि एक जना केटाले मलाई यसो भने, “म तिमीलाई राम्रोसित चिन्‍न चाहन्छु।” मलाई त के गर्नु, कसो गर्नु भयो। म ऊप्रति आकर्षित भएको त थिएँ तर मेरो डेटिङ गर्ने उमेर पुगिसकेको छैन भनेर मलाई थाह थियो। “युवा जनहरू सोध्छन्‌ . . . आमाबुबा भन्‍नुहुन्छ मेरो डेटिङ गर्ने उमेरै पुगेको छैन, के गर्ने?” (फेब्रुअरी ८, २००१) विषयक लेख बारम्बार पढेपछि बल्ल मैले के गर्नुपर्ने रहेछ भनी बुझें।

आर. एस., सयुक्‍त राज्य (g01 11/22)

मैले मगनी गर्दा सही निर्णय गरें जस्तो लागेको थियो। मेरा आमाबाबु र परिपक्व मसीही साथीहरूले मैले जे गर्दैछु त्यो सही जस्तो त देखिंदैन भनेर सल्लाह दिनुभएको थियो तर मैले त्यसको वास्तै गरिनँ। एक महिनापछि मैले त्यो मगनी तोडें। परिस्थिति यस्तो गम्भीर हुनुअघि नै मैले त्यस प्रस्तावलाई इन्कार गर्न सकेको भए मैले र उसले दुःख भोग्नुपर्ने थिएन।

भी. टी., इटाली (g01 11/22)

घरबाट सुटुक्क भाग्नु “युवा जनहरू सोध्छन्‌ . . . राती घरबाट सुटुक्क भाग्नु गलत हो र?” (मार्च ८, २००१) भन्‍ने लेखको लागि धेरै-धेरै धन्यवाद। केही जवान मसीहीहरू कति अपरिपक्व हुन्छन्‌ भन्‍ने कुरा थाह पाउँदा दुःख लाग्यो। एउटी जवान केटी पार्टीमा जान घरबाट सुटुक्क भागिन्‌ र तिनी बलात्कारको सिकार भइन्‌। उसलाई बचाउने कोही पनि थिएन। कृपया हाम्रा जवानहरूलाई चेताउनी दिइरहनुहोला!

जे. एन., संयुक्‍त राज्य (g01 11/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने