प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ३/८ पृ. ३१
  • रेडियो विकिरण—चिन्ताको विषय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रेडियो विकिरण—चिन्ताको विषय
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • आणविक खतरा आखिरमा के यसको अन्त भयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • आणविक युद्ध—खतरा कसबाट?
    ब्यूँझनुहोस्‌!—२००४
  • आणविक युद्ध—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • चेर्नोबिलको अन्धकार माझ उज्ज्वल आशा
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ३/८ पृ. ३१

रेडियो विकिरण—चिन्ताको विषय

क्यानाडाको ग्लोबल एण्ड मेल नामक पत्रिकाको रिपोर्टअनुसार १९५० को दशकमा गरिएका आणविक परीक्षण पश्‍चात्‌ आणविक प्रतिक्रियाबाट निस्केको स्ट्रन्टियम ९० (एस आर९०) नामक तत्त्व बच्चाहरूको दाँतमा देखापऱ्‍यो। यसैले गर्दा त्यति बेला बच्चाहरूलाई क्यान्सर लागेको हो भनियो।

अहिले दशकौंपछि यू.एस. रेडिएसन एण्ड हेल्थ प्रोजेक्टमा संलग्न वैज्ञानिकहरू फेरि चिन्तित भएका छन्‌। यस प्रोजेक्टमा कार्यरत आन्तरिक औषधी विशेषज्ञ डा. ज्यानेट सरमन यसो भन्छिन्‌, “सन्‌ १९९० देखि यता जन्मेका बच्चाहरूका दाँतमा देखा परेको स्ट्रन्टियम ९० नामक तत्त्व, जमिनमा आणविक परीक्षण गर्दाको समयमा देखा परेको जत्तिकै मात्रामा छ।”

स्ट्रन्टियम ९० को स्रोत के हो? केही वैज्ञानिकहरू भन्छन्‌, यो तत्त्व विगतका आणविक दुर्घटनाहरू, आणविक भट्टीबाट निस्केका विकिरणहरू वा धेरै वर्ष पहिले गरिएको बम परीक्षणमा निस्केका हुन्‌।a यसको स्रोत जे भए तापनि प्रदूषित सागपात वा तरकारीहरू खाँदा र त्यस्तै घाँसपात खाएका गाईको दूध पिउँदा मानिसको शरीरमा स्ट्रन्टियम ९० जम्मा हुन्छ। स्ट्रन्टियम ९० रसायनिक रूपमा क्याल्सियमजस्तै भएको हुँदा मानिसहरूको हड्डीमा रेडियो विकिरण तत्त्व जम्मा हुन्छ, जसले हड्डीको क्यान्सर तथा ल्युकेमियाको खतरा बढाउँछ।

विकिरणले भावी पुस्तामाथि पार्न सक्ने असरमाथि चिन्ता व्यक्‍त गर्दै उक्‍त ग्लोब पत्रिका यसो भन्छ, “अणुशक्‍ति उत्पन्‍न गर्ने संयन्त्र खोल्दा त्यसबाट निस्कने [आणविक फोहोर] सुरुको अवस्थामा भन्दा दस लाख गुणा बढी सक्रिय हुन्छ। भट्टीबाट निकाल्ने बित्तिकै फ्युल बन्डल अत्यन्तै घातक हुन्छ र यसको एक मिटर [तीन फिट] पर उभिरहेको व्यक्‍ति विकिरणको असरले एक घण्टा भित्रै मर्छ।”

मानवजातिलाई रेडियो विकिरणको यस्तो खतरा भएको बेला के सुरक्षित भविष्यको आशा गर्नु व्यावहारिक होला र? सुरुमा पृथ्वी र यसमा भएका सजीव प्राणीहरूको सृष्टि गरिंदा सबै कुरा “साह्रै राम्रो थियो” भनी बाइबल बताउँछ। (उत्पत्ति १:३१) हाम्रो पृथ्वी अब चाँडै नै प्रमोदवन हुनेछ भन्‍ने बाइबलको प्रतिज्ञामा हामी ढुक्क हुनसक्छौं। त्यतिबेला रेडियो बिकिरणद्वारा खाना र पानी प्रदूषित हुनेछैन।—भजन ६५:९-१३; प्रकाश २१:१-४. (g01 2/08)

[फुटनोट]

a सन्‌ १९८६ मा चेर्नोबिल, युक्रेनको आणविक भट्टीमा भएको विस्फोटनपछि जर्मनका बच्चाहरूको दाँतमा स्ट्रन्टियम ९० नामक तत्त्व दश गुणा बढ्यो।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Photo: U. S. Department of Energy photograph

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने