प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ७/८ पृ. २२
  • फटेंग्राको प्रेम गीत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फटेंग्राको प्रेम गीत
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ गीत
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको स्तुतिगान गाऔं
  • सानो कानको रहस्य पत्ता लाग्यो
    ब्यूँझनुहोस्‌!—२००३
  • सँगै मिलेर गाऔँ राज्यगीत!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ७/८ पृ. २२

फटेंग्राको प्रेम गीत

पचास मिलिमिटर वा त्योभन्दा पनि सानो लम्बाइको फटेंग्रा त्यति आकर्षक देखिंदैन। यद्यपि, यसको गीतले संसारभरिका करोडौं मानिसहरूको ध्यानाकर्षण गर्न सकेको छ। यो सानो जीवले कसरी गाउँछ अनि गाउनुको कारण के हो?

चाखलाग्दो कुरा, फटेंग्राका लगभग २,४०० प्रजातिहरूमध्ये भाले जातिले मात्र गाउँछन्‌। भाले फटेंग्राले घाँटीबाट नभई पखेटाबाट धुन निकाल्छ। एउटा इन्साइक्लोपीडियाले वर्णन गरेअनुसार भाले फटेंग्राले आफ्नो पखेटामा हुने ५० देखि २५० वटा तीखा धारहरू रगडेर तीखो आवाज निकाल्छ। ती धारहरू प्रति सेकेन्ड कति चोटि ठोकिन्छन्‌ त्यसैअनुसार यसको आवाज फरकफरक हुन्छ। यसरी फटेंग्राको विशेष प्रकारको गीत चारैतिर सुन्‍न सकिन्छ।

तर भाले फटेंग्राले आफ्ना मानव श्रोताहरूलाई मनोरञ्जन दिन मात्र गीत गाउँदैन! हो, त्यतिको लागि मात्र गाउँदैन! यस संगीतकारले धुन बजाउनुको प्रमुख अभिप्राय आफ्नो सम्भाव्य जोडीलाई सुनाउनु पनि हो। एक्सप्लोरिङ द सिक्रेट्‌स अफ नेचर पुस्तक यसरी बताउँछ: “जोडी खोज्ने क्रममा यस सिपालु सन्देशवाहक भाले फटेंग्राले तीनवटा भिन्‍नाभिन्‍नै गीत गाउँछन्‌: आफ्नो उपस्थितिको सूचना दिन, मायाप्रीति गाँस्न र आफ्नो प्रतिद्वन्द्वीलाई भगाउन।” कुनैकुनै फटेंग्राले पोथी आफूप्रति आकर्षित नभएसम्म गीत गाउन छोड्‌दैन। आफ्ना अघिल्ला खुट्टाहरूमा भएका “कान[बाट]” गीत सुनेको भरमा पोथी टाढै बसेर भालेसित मायाँप्रीति गाँस्न चाहँदिनन्‌। त्यसैले, तिनी त्यो आवाज आएतिर नजिकिन्छे भने पोथी आएको संकेत पाउनासाथै, भाले फटेंग्रा पनि मायाप्रीतिको गीत एकनासले गाइरहन्छ। यो गीतले गर्दा पोथी उक्‍त भालेप्रति मोहित हुन्छे र दुवै फटेंग्राको मिलन हुन्छ।

पूर्वी एसियामा केही मानिसहरू भाले फटेंग्राको गीतबाट मोहित भएको कारण उनीहरू त्यसलाई घरमा पाल्ने गर्छन्‌। अरूचाहिं फटेंग्राहरू जहाँजहाँ पाइन्छन्‌ त्यहींत्यहीं गएर त्यस्तो संगीतको आनन्द उठाउँछन्‌। जहाँ भएपनि, यी साना फटेंग्राहरूले चालै नपाई संसारभरिका मानिसहरूलाई मोहित गरेर आफ्ना रचनाकारको प्रशंसा गर्छन्‌। (g01 6/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने