प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ५/८ पृ. ३१
  • सानो कानको रहस्य पत्ता लाग्यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सानो कानको रहस्य पत्ता लाग्यो
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • फलफूलमा लाग्ने झिँगाको अचम्मको उड्‌ने क्षमता
    सृष्टि या संयोग
  • फटेंग्राको प्रेम गीत
    ब्यूँझनुहोस्‌!—२००१
  • तपाईंको श्रवण शक्‍ति—मूल्यांकन गर्नुपर्ने उपहार
    ब्यूँझनुहोस्‌!—१९९७
  • उड्‌ने उस्तादहरूको सानो रूप
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 ५/८ पृ. ३१

सानो कानको रहस्य पत्ता लाग्यो

“गत दशकमा जीववैज्ञानिकहरूले जनावरहरूले ध्वनि पत्ता लगाउने नयाँ प्रविधि पत्ता लगाए” भनी साइन्स न्युज बताउँछ। “एउटा परजीवी झिंगाको टाउको एकदमै सानो हुने हुँदा ध्वनि केन्द्रीकरण प्रणाली सञ्चालन गर्न असक्षम भए तापनि यसले आवाजको भरमा झ्याउँकीरीलाई पछ्याउँछ।” त्यस्तो कार्य प्रणाली अक्सर दुइटा कानको जालीबीचको दूरीमा निर्भर हुन्छ।

हालै सं.रा.अ.-को कर्नेल विश्‍वविद्यालयले गरेको अध्ययनअनुसार जोडिएका कानको जालीबीचको दूरी एक मिलिमिटरजति मात्र भए तापनि “ओर्मिया ओक्रासिया जातका पोथी झिंगाले लाटोकोसेरोले जस्तै २ कम्पास डिग्रीसम्म ठ्याक्कै पत्ता लगाउन सक्छ!” लाटोकोसेरोजस्तै झिंगाको यो तीक्ष्ण क्षमता त्यसको अद्‌भुत श्रवण साधनले गर्दा हो।

यो कीराको कानको जालीलाई पातलो झिल्लीले पुलजस्तो जोडेको हुन्छ र झुल्ने मेच र पखेटाजस्तै अघिपछि गर्न सक्छ। झ्याउँकीरीको आवाज झिंगाकहाँ पुगेपछि नजिकको जालीको कम्पन तुरुन्तै अर्कोसम्म पुग्छ अनि दोस्रोबाट ध्वनि तरंगहरू प्रस्टसित सुन्‍न सकिंदैन। यसर्थ, झ्याउँकीरीको नजिकै पर्ने झिल्लीको कम्पन बढी हुन्छ। यसले गर्दा झिंगाले सम्भाव्य सिकारलाई पत्ता लगाउन सक्छ।

यो आविष्कारको व्यावहारिक उपयोग के हो? अनुसन्धाताहरू यसले माइक्रोफोन र श्रवण सहायकजस्ता उपकरणहरूलाई अझ राम्रो बनाउन मदत गर्नेछ भन्‍ने विश्‍वास गर्छन्‌। उदाहरणका लागि “श्रोता फर्केको दिशाबाटै आएको ध्वनि संकलन गर्न सकिने” गरी श्रवण सहायकको डिजाइन गर्न सकिन्छ भनी रिपोर्ट बताउँछ। हो, यहोवाको अद्‌भुत सृष्टिमा निकै बुद्धि झल्कन्छ!—अय्यूब ४२:२. (g03 4/22)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

R. Hoy/Cornell University

Top two photos: R. Wyttenbach/ Cornell University

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने